Techie IT
२०८२ असार २, सोमबार
NepaliPatra logo
गृहपृष्ठनेपालसुशासनको अभियानबाट सरकार पछि हट्दैनः गृहमन्त्री श्रेष्ठ

सुशासनको अभियानबाट सरकार पछि हट्दैनः गृहमन्त्री श्रेष्ठ


वीरगञ्ज। उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुशासनको अभियानबाट सरकार कुनै पनि हालतमा पछि नहट्ने बताएका छन्। नेकपा माओवादी केन्द्र पर्साद्वारा आज आयोजित प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रममा उनले यस्तो बताएका हुन्।

जस्तोसुकै चुनौतीको सामना गरी सरकारले सुरु गरेको सुशासनको अभियानलाई निष्कर्षमा पुर्याई छाड्ने दृढता व्यक्त गरे।

‘सरकारले भ्रष्टाचार, अनियमितता र तस्करीका ठूला ठूला फाइलहरू खोलेर अनुसन्धान सुरु गर्दा भ्रष्ट, ठग र तस्करहरू सरकारको सुशासन अभियानलाई असफल बनाउन सक्रिय बनेर लागेका छन्,’ गृहमन्त्री श्रेष्ठले भने, ‘तर, सरकार कसैको धम्की, घुर्की र अवरोध गर्दैमा रोकिनेवाला छैन, जसरी पनि अगाडि बढ्छ।’

सरकारले भ्रष्टाचारका फाइलहरूको छानबिन गरी निष्कर्षमा पुर्याएर दोषीलाई कानुनी दायरामा ल्याइछाड्ने उनले बताए।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

खेती गर्ने समयमा यो वर्ष पनि रासायनिक मल अभाव

काठमाडौं । खेती गर्ने समयमा यो वर्ष पनि किसानले मल अभाव झेल्नुपरेको छ । बर्खे धान रोपाइँ र मकै खेतीका

हेवा खोलामा बेलिब्रिज खस्दा घाइते भएका ३ जना मजदुरको मृत्यु

पाँचथर । पाँचथरको हेवा खोलामा बन्दै गरेको बेलिब्रिज खस्दा घाइते भएका ३ जना मजदुरको मृत्यु भएको छ। मेची राजमार्गस्थित पाँचथरको

अत्यधिक गर्मी बढेपछि बेलौरीमा दुई दिन विद्यालय बिदा

कञ्चनपुर । बेलौरी नगरपालिकाले अत्यधिक गर्मी बढेपछि दुई दिन विद्यालय बिदा दिने निर्णय गरेको छ । गर्मीका कारण शिक्षक, विद्यार्थी

म्याग्दीको विकट गाउँ पात्लेका १२२ घरपरिवारलाई खानेपानी सुविधा

म्याग्दी । मालिका गाउँपालिका–३ पात्लेमा ‘एक घर, एक धारा’ को सुविधा पुगेको छ । ६५ लाख ५७ हजार दुई सय

म्याग्दीको डाडागाउँमा ‘एक घर, एक धारा’

म्याग्दी । मालिका गाउँपालिका–३ मा एक करोड १० लाखको लागतमा निर्माण भएको डाडागाउँ बोक्रे खानेपानी, सरसफाइ तथा स्वच्छता आयोजनाबाट दुई

अमेरिकामा नेपाली आप्रवासीलाई दिँदै आएको टीपीएस सुविधा खारेज

एजेन्सी । अमेरिकी ट्रम्प प्रशासनले नेपाली आप्रवासीलाई दिँदै आएको टेम्पररी प्रोटेक्टेड स्ट्याटस (टीपीएस) सुविधा २०२५ अगस्ट ५ मा अन्त्य हुने

Techie IT