Techie IT
२०८१ वैशाख २१, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठखेलस्लो ओभर रेटका कारण पहिलो पटक रातो कार्डको प्रयोग

स्लो ओभर रेटका कारण पहिलो पटक रातो कार्डको प्रयोग


एजेन्सी । क्रिकेटमा स्लो ओभर रेटका कारण पहिलो पटक रातो कार्ड देखाइएको छ । यो कार्ड क्यारेबियन प्रिमियर ९सिपिएल० लिगमा देखाइएको हो । आइतबार त्रिनबागो नाइट राइडर्स र सेन्ट किट्स एण्ड नेभिस प्याट्रियट्सबीचको खेल थियो ।

पहिले फिल्डिङ गर्ने टोली राइडर्सले रातो कार्ड पायो । राइडर्सले अन्तिम तीन ओभरमा ढिलो बलिङ गरेपछि आवश्यक ओभर रेटमा धेरै पछाडि थियो ।

जसका कारण १९ औं ओभरपछि अम्पायरले टोलीलाई रातो कार्ड देखाएका थिए । राइडर्सका कप्तान पोलार्डले अन्तिम ओभरमा स्पिनर सुनिल नारायणलाई मैदानबाट बाहिर पठाए । त्यसपछि नारायणले आफ्नो ४ ओभर पूरा गरिसकेका थिए ।अन्तिम ओभरमा १० खेलाडी मात्रै मैदानमा उत्रेका थिए ।

नियम अनुसार टी–२० क्रिकेटमा एक इनिङ ८५ मिनेटको हुन्छ । १७ औं ओभर ७२ मिनेट १५ सेकेन्डमा, १८ औं ओभर ७६ मिनेट ३० सेकेन्डमा, १९ औं ओभर ८० मिनेट ४५ सेकेण्डमा र २० औं ओभर ८५ मिनेटमा पूरा गर्नुपर्नेछ । सीपीएलका अधिकारीले भने, ‘हामी आफ्नो नयाँ सिजनमा नजर राख्नेछौँ र खेलको प्रत्येक इनिङ निर्धारित समयमा समाप्त गर्ने प्रयास गर्नेछौँ ।’

स्लो ओभर रेटका कारण रातो कार्ड देखाइएको क्रिकेटमा यो पहिलो पटक हो । यसअघि अन्तर्राष्ट्रिय क्रिकेटमा अम्पायर बिली बाउडेनले सन् २००५ मा न्युजिल्यान्डविरुद्धको टी–२० खेलमा अण्डरआर्म बल हान्दा अस्ट्रेलियाका बलर ग्लेन म्याकग्रालाई रातो कार्ड देखाएका थिए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

वेस्ट इन्डिज ‘ए’ ले १ खेलअघि नै शृङ्खला जित्याे

काठमाडाैँ । वेस्ट इन्डिज ‘ए’ सँगकाे टी–२० क्रिकेट शृङ्खलाकाे चाैथाे खेलमा नेपाल २८ रनले पराजित भएकाे छ । वेस्ट इन्डिज

एआईपीएस एसियाको कंग्रेस नेपालमा हुने

काठमाडौँ । एसियाली खेलकुद पत्रकार महासंघ (एआईपीएस एसिया)को २५औँ कंग्रेस आउँदो भदौ अन्तिम हप्ता नेपालमा हुने भएको छ । स्पेनको

वेस्ट इन्डिज ‘ए’ ले दियाे नेपाललाई २१० रनकाे लक्ष्य

काठमाडौँ । टी– २० क्रिकेट शृङ्खलाको चौथो खेलमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई २१० रनको लक्ष्य दिएको छ । कीर्तिपुरको

नेपालविरुद्ध पहिले ब्याटिङ गर्दै वेस्ट इन्डिज ‘ए’

काठमाडौँ । वेस्ट इन्डिज ‘ए’ र नेपालबीचको पाँच खेलको टी– २० सिरिजको चौंथो खेलमा पनि वेस्ट इन्डिज ‘ए’ ले टस

विश्वकप खेल्ने नेपाली टोली घोषणा

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले ट्वान्टी–२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा गरेको छ । बुधबार क्यानले टिमको घोषणा गरेको

राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण खेलका लागि इङ्ग्ल्यान्ड जाँदै

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण खेलका लागि आज इङ्ग्ल्यान्ड जाँदै छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का

Techie IT