Techie IT
२०८२ भदौ २७, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठखेलएसिया कपः नेपालले विश्वको नम्बर वान टोली पाकिस्तानसँग खेल्दै

एसिया कपः नेपालले विश्वको नम्बर वान टोली पाकिस्तानसँग खेल्दै


काठमाडौँ । एसिया कप क्रिकेट आज बुधबार देखि सुरु हुँदैछ । नेपालले आज उद्घाटन खेलमा पाकिस्तानसँ प्रतिस्पर्धा गर्दैछ ।

नेपालले इतिहासमै पहिलो पटक विश्व च्याम्पियन टोली पाकिस्तानसँग खेल्दै प्रतियोगिताको शुरुवात गर्ने भएको हो । ओडिआई क्रिकेट वरीयतामा शीर्ष स्थानको पाकिस्तान र तेस्रो स्थानको भारतसँग नेपालले पहिलो पटक प्रतिस्पर्धा गर्नेछ ।

नेपाली समयअनुसार दिउँसो ३ बजेर १५ मिनेटमा मुल्तान क्रिकेट रंगशालामा नेपालले पाकिस्तानविरुद्ध ऐतिहासिक खेल खेल्दैछ । नेपालका कप्तान रोहित पौडेल मुल्तानमा विश्व क्रिकेटका नम्बर एक ब्याट्सम्यान तथा पाकिस्तानका कप्तान बाबर आजमसँग टसका लागि जानेछन् । उक्त क्षण नेपाली क्रिकेटलाई विश्वले हेर्ने र चिन्ने समय रहेको छ ।

खेलअघि मंगलबार भएको पत्रकार सम्मेलनमा कप्तान पौडेलले नेपालले एशिया कपमा डेब्यू गर्न लागेकाले नेपाली क्रिकेटका लागि ठूलो उपलब्धि भएको बताउँदै नेपालीका लागि उत्सव जस्तै हुने बताएका छन् ।

रोहितले पाकिस्तानविरुद्ध खेल्न आफूहरु आतुर रहेको र प्रतिस्पर्धात्मक क्रिकेट खेल्ने बताएका छन् । ‘एसिया कप नेपालीहरूको ठूलो सपना हो । हामीबाट धेरै आशा गरिएको छ । पाकिस्तान हाम्रो लागि राम्रो प्रतिद्वन्द्वी हो । तैपनि हामी पाकिस्तानसँगको खेल प्रतिस्पर्धी बनाउन चाहन्छौँ’ राहितले भने ।

ब्याटिङ र बलिङमा नेपाली खेलाडी पनि कमजोर नरहेको बताउँदै रोहितले पाकिस्तानसँग ठूलो अनुभव रहेको जनाए । एक बल पनि नेपालको लागि महत्वपूर्ण रहने रोहितको भनाई छ । साथै, पाकिस्तानी खेलाडी मोहम्मद रिजवानले आफूहरूसँग अनुभव साटेको जनाउँदैपाकिस्तानसँगको खेलबाट धेरै कुरा सिक्ने रोहितले बताए ।

क्रिकेट इतिहासमै नेपालले पहिलो पटक रिभ्यु लिनसमेत पाउने एसीसीले जनाएको छ । खेलका दौरान अम्पायरको निर्णय चित्त नबुझेमा वा गलत लागेमा १५ सेकेण्डभित्र कप्तान रोहित पौडेलसँगै अन्य ब्याटरले रिभ्यु लिन पाउने छन् ।

आजदेखि सुरु हुने एशिया कपमा डिआरएस (डिसिजन रिभ्यु सिस्टम) उपलब्ध गराइनेछ । धेरै पटक नेपाली खेलाडी अम्पायरको गलत निर्णयको शिकार हुँदै आएकोमा अब यसबाट नेपाललाई राहत मिल्ने देखिएको छ । नेपालसहित एसोसिएट टोलीले यसको सुविधा पाउन सकेका छैनन् किनभने यो प्रविधि निकै महँगो हुन्छ ।

यसैबीच, पाकिस्तानले नेपालविरुद्ध उत्रने प्लेइङ–११ सार्वजनिक गरेको छ । बाबर आजमको कप्तानीमा रहेको टोलीमा मोहम्मद रिजवान, फखर जमान, इमाम उल हक,आघा सलमान र इफ्तिखर अहमद लगायत छन् ।

पाकिस्तानको नेपालसँग खेल्ने प्लेइङ ११
फखार जमान, इमाम उल हक, बाबर आजम (कप्तान), मोहम्मद रिजवान(विकेटकिपर), अघा अली सलमान, इफ्तिखर अहमद, सादब खान, मोहम्मद नवाज, शाहिन शाह अफ्रिदी, नसिम शाह र हरिस रौफ ।

नेपालको टोलीः
रोहित पौडेल (कप्तान), आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, ललित राजवंशी, भीम सार्की, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, करण केसी, गुलशन झा, आरिफ शेख, सोमपाल कामी, प्रतिश जिसी, किशोर महतो, सन्दीप जोरा, अर्जुन साउद (विकेटकिपर) र मौसम ढकाल ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

टप एन्ड टि–२० सिरिजमा नेपालको लगातार दोस्रो जित

काठमाडौं । नेपालले टप एन्ड टि–ट्वान्टी सिरिजमा लगातार दोस्रो जित निकालेको छ । सोमपाल कामीको सानदार बलिङमा नेपालले बुधबार मेलबर्न

ऐन, कानून, नियमविपरीत विज्ञापन नगर्न क्यानलाई विज्ञापन बोर्डद्वारा सचेत

काठमाडाैँ । विज्ञापन बोर्डले प्रचलित ऐन, कानून, नियमविपरीत विज्ञापन नगर्न नेपाल क्रिकेट सङ्घ (क्यान)लाई सचेत गराएको छ । क्यानले गएको

डुरान्ड कप : त्रिभुवन आर्मी समूह चरणबाटै बाहिरियो

काठमाडौं । त्रिभुवन आर्मी फुटबल क्लब भारतमा भइरहेको डुरान्ड कपको समूह चरणबाटै बाहिरिएको छ । जमशेदपुरको जेआरडी स्पोर्टस कम्प्लेक्स मंगलबार

‘फिफा फुटबल फर स्कुल’ कार्यक्रमको शुभारम्भ

काठमाडौं । प्रधानमन्त्री के.पी. शर्मा ओलीले खेल क्षेत्रको विकासमा सरकारले बिशेष प्राथमिकता दिएको बताएका छन् । अखिल नेपाल फुटबल संघ

नेपाल र कुवेतले वार्षिक द्विपक्षीय क्रिकेट शृङ्खला खेल्ने

काठमाडाैँ । नेपाल क्रिकेट सङ्घ (क्यान) र कुवेत क्रिकेट बोर्ड बीच क्रिकेटलाई अगाडि बढाउन द्विपक्षीय शृङखला आयोजना गर्न सहमति भएकाे

नेपाललाई हराउँदै बङ्गलादेशले जित्यो २० वर्षमुनिको महिला साफ च्याम्पियनशिप

काठमाडाैँ । बङ्गलादेशले २० वर्षमुनिको महिला साफ च्याम्पियनशिप जितेको छ । अन्तिम खेलमा हिजो नेपाललाई ४–० गोलले हराउँदै बङ्गलादेश पाँचौं

Techie IT