गृहपृष्ठ ∕ नेपाल ∕ लेक लागेर तीर्थयात्रीको मृत्युलेक लागेर तीर्थयात्रीको मृत्यु नेपालीपत्र बुधबार, २०८० भदौ १३ गते, ११:०७ मा प्रकाशित नेपाल प्रतीकात्मक तस्बिरबाजुरा । बडीमालिकाको जात्रामा गएका एक तीर्थयात्रीको लेक लागेर (अक्सिजन अभाव) मृत्यु भएको छ । मृत्यु हुनेमा त्रिवेणी नगरपालिका–१ का २३ वर्षीय भरत बुढा रहेका छन् ।बडीमालिकाको दर्शन गर्न गएका बुढा अक्सिजन अभावका कारण बाटोमै अचेत भएका थिए । अचेत अवस्थामा भेटिएका उनको दुर्गाभञ्जन गुल्म बाजुराद्वारा सञ्चालित स्वास्थ्य शिविरमा उपचारका क्रममा गए राति मृत्यु भएको दुर्गाभञ्जन गुल्मका गुल्मपति सेनानी धर्मेन्द्रबहादुर सिंहले जानकारी दिए ।यस्तै अक्सिजन अभावका कारण अचेत भएकी कैलालीको अत्तरियाकी ६३ वर्षीया ईश्वरी बोहोराको सेनाको स्वास्थ्य शिविरमा उपचार भइरहेको छ । मृत्यु भएका बुढा र सिकिस्त बिरामी बोहोरालाई थप उपचारका लागि अन्यत्र लैजान नेपाली सेनाको हेलिकोप्टरका लागि पहल भइरहेको बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी रामकुमार तिमल्सेनाले बताए ।यसअघि अक्सिजन अभावका कारण बिरामी भएका कालिकोटको पलाता गाउँपालिका–१ का धनप्रसाद न्यौपानेको उद्धारपछि सुर्खेतमा उपचारका क्रममा मृत्यु भइसकेको छ । सेनाको हेलिकोप्टरमा उद्धार गरिएका बझाङको जयपृथ्वी नगरपालिका–९ की झुपु धामीलाई उपचारपछि घर फर्काइएको छ । #लेक लागेरग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार मधेश प्रदेश प्रमुख भण्डारी पदमुक्तकाठमाडौं । मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त भएकी छन् । मन्त्रिपरिषद्को सोमबारको निर्णय र सिफारिस बमोजिम राष्ट्रपति रामचन्द्र ब्रिटिस कलेजको ११ औँ ग्राजुयसनमा ६०० भन्दा बढी ग्राजुयट सम्मानितकाठमाडौँ । द ब्रिटिस कलेज (टीबीसी)को ११ औं ग्राजुयसन समारोह सम्पन्न भएको छ । शुक्रबार द सोल्टीमा ब्रिटिस एजुकेशन ग्रुप देशभरका २७ वटा कारागारका ९ हजार बढी कैदीबन्दी अझै फरारकाठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभरका २७ वटा कारागारबाट भागेका अधिकांश कैदीबन्दी अझै फर्किएका छैनन् । देशका २७ वटा कारागारबाट जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जलीकाठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहणकाठमाडौं । पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गरेकी छन् । केहीबेर अघि नवनियुक्त पोखराबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुँदैकास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको होधेरै पढिएका खबर १ त्रिवि उपकुलपतिको विज्ञापनमा ‘पूर्वपदाधिकारीको अनुभव’ हटाएर अर्को सूचना निकाल्न प्रधानमन्त्रीको निर्देशन २ नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण ३ शुभमन गिल बने नम्बर १ ब्याट्सम्यान ४ ब्रिटिस कलेजको ११ औँ ग्राजुयसनमा ६०० भन्दा बढी ग्राजुयट सम्मानित ५ ‘इमरान खानले पाकिस्तानमा हिंसाको षड्यन्त्र रचेका थिए’, अनुसन्धान टोलीले अदालतमा गर्यो ठूलो दाबी ६ मकवानपुरमा चिकित्सक कुटपिटको विरोधमा आकस्मिकबाहेकका सबै स्वास्थ्य सेवा बन्द ७ यु–१९ क्रिकेट टोली स्वदेश फर्कियोThe Film Nepal