Techie IT
२०८२ असार १७, मंगलबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनविश्वकै पहिलो एग्रिकल्चर गेम रियालिटि शोको घोषणा

विश्वकै पहिलो एग्रिकल्चर गेम रियालिटि शोको घोषणा


काठमाडौँ। विश्वकै पहिलो एग्रिकल्चर गेम रियालिटि शो को घोषणा भएको छ। कृषि, उद्दमशिलता र जलवायु परिवर्तनलाई मुख्य आधारशिला बनाएको कार्यक्रमको आज राजधानीमा एक कार्यक्रम गरि घोषणा गरिएको हो।

इ. स्क्वायर प्राइभेट लिमिटेडले आयोजना गर्न लागेको गेम रियालिटि शो मा एग्रिकल्चर र इन्टरटेनमेन्ट दुई विधाको संयोजनबाट एग्रिटेनमेन्ट को परिकल्पना गरिएको छ।

यस शो मा दुई किसिमका प्रतिस्पर्धी किसान र कृषि प्राविधिकले भाग लिने बताइएको छ। कार्यक्रमबाटै शोका सर्जक एवम् निर्देशक शैलेश कँडेल क्षेत्री, मास्टर होस्ट राजेश हमाल, ग्राण्ड जज का रुपमा डा। योगेन्द्र कुमार कार्की र डा।नम्रता पाण्डेलाई परिचित गराएको छ।

कार्यक्रममा बोल्दै मास्टर होस्ट राजेश हमालले नेपालको विकास गर्नु छ भने व्यवसायिक कृषि सँगै कृषि क्रान्ति अपरिहार्य रहेको बताए।

‘तीन दशक लामो अभिनय यात्रामा कयौंपटक किसानको भूमिकामा देखिएको थिएँ अब किसानको वास्तविक क्रान्तिमा सहभागी हुन पाउँदा आफुलाई ओजिलो महसुस गरेको छु। यतिका समय देशका विभिन्न तहमा बसेर कृषि क्रान्तिमा गफ गरेको सुनिएको थियो अब भने यो कार्यक्रम मार्फत साच्चै नै कृषि क्रान्तिको परिभाषा परिवर्तन हुने अपेक्षा राखेको छु,’ उनले भने, ‘यो खालको कार्यक्रमलाई राज्यको औपचारिक निकायले अपनत्व लिनुपर्छ भन्ने मलाई लागेको छ्र युवाहरुको यो सोचलाई मास्टर होस्टको रुपमा आफुले नेतृत्व गर्न पाउँदा अद्भुत अनुभूति भएको छ।’

यो कार्यक्रमबाट आम समाजले कृषकलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनेमा आफू दृढ रहेको हमालले बताए।

कार्यक्रममा विभिन्न सरकारी तथा गैर सरकारी संघसंस्थाका प्रतिनिधि, किसान समुहका प्रतिनिधि, प्राध्यापक, व्यापारिक संघसंस्था, पत्रकार, विध्यार्थी लगायतको उपस्थिति थिए।

कार्यक्रममा उपस्थित वक्ता तथा अतिथिले कृषि र प्राथमिक उत्पादनको क्षेत्रमा बढेको निराशामा यस रियालिटि शो ले कमी ल्याउने विश्वास व्यक्त गरेका थिए।

शोका निर्देशक शैलेश कँडेल क्षेत्रीले यो शो किसान र कृषि प्राविधिकहरु बीचको प्रतिस्पर्धा नभएको बताएका छन्। कृषि आधुनिकीकरणबाट मात्र नेपालको वास्तविक परिवर्तन सम्भव रहेको निर्देशक कंडेलले जनाए।

किसान प्रतिस्पर्धी, किसानसँगै प्रतिस्पर्धा गर्ने र उत्कृष्ट एक जना विजेता बन्ने र प्राविधिक प्रतिस्पर्धी, प्राविधिक सँगै प्रतिस्पर्धा गर्नेछन् र उत्कृष्ट एक विजेता बन्ने कार्यकारी निर्माता विजय बस्यालले बताए।

कृषिका विविध आयामहरु कृषि पर्यटन, कृषि वन, पुष्प व्यवसाय, फलफूल खेती, जडीबुटी, अन्नबाली, नगदेबाली, पशुपालन लगायतका क्षेत्रमा उत्पादन, बजार व्यवस्थापन, बिक्री, प्रविधि, दिगो कृषि अभ्यास, वित्तीय ज्ञान, मुल्य श्रृंखला, आदि विषयमा रहेर प्रतिस्पर्धा हुने यो शोको लक्ष्य सकारात्मक मानसिकता विकास गरी सुखी र समृद्ध राष्ट्र बनाउने रहेको बताइएको छ।

यसका साथै गेम रियालिटि शोको प्रोमो पनि सार्वजनिक गरिएको छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

चलचित्र ‘यानी माया’मा अञ्जना पुनको प्रमुख अभिनय रहने

काठमाडौँ । चलचित्र ‘यानी माया’मा अञ्जना पुनले मुख्य अभिनेत्रीको रूपमा अभिनय गर्ने भएकी छिन् । विगत एक दशकदेखि मोडलिङ क्षेत्रमा

रामकृष्ण ढकालको ‘मालती मंगले’मा विजय बराल र वर्षा राउत अनुबन्धित

काठमाडौं । गायक रामकृष्ण ढकाल निर्माता रहेको चलचित्र ‘मालती मंगले’मा अभिनेता विजय बराल र अभिनेत्री वर्षा राउत अनुबन्धित भएका छन्

‘महाभोज’को अस्ट्रेलिया प्रदर्शन नियमित हुने र दक्षिण कोरियामा प्रदर्शनको तयारी,…

काठमाडौँ । नेपालमा दर्शकहरूबाट व्यापक सकारात्मक प्रतिक्रिया पाइरहेको नेपाली चलचित्र ‘महाभोज’ अब अन्तर्राष्ट्रिय बजारमा पनि आफ्नो प्रभाव जमाउने तयारीमा छ

चलचित्र ‘ऊनको स्वीटर’लाई ऐतिहासिक सफलता: सबै गीत करोड क्लबमा

काठमाडौं । नेपाली चलचित्र उद्योगमा यति बेला चलचित्र ‘ऊनको स्वीटर’ले नयाँ कीर्तिमान स्थापित गरेको छ । आज प्रदर्शनको ३७ औँ

‘महाभोज’ देशभर रिलिज

काठमाडौँ । प्रतीक्षा गरिएको नेपाली चलचित्र ‘महाभोज’ बिहीबारदेखि देशभरका सिनेमा हलहरूमा प्रदर्शनमा आएको छ । दिनेश राउत निर्देशित यस चलचित्रले

‘महाभोज’ले पोखरामा जन्मायो आक्रोश, दर्शकद्वारा व्यापक प्रशंसा

पोखरा । दिनेश राउतको निर्देशनमा बनेको प्रतीक्षित चलचित्र ‘महाभोज’ को पोखरामा सोमबार भव्य प्रिभ्यु प्रिमियर सम्पन्न भएको छ । प्रिमियरमा

Techie IT