Techie IT
२०८२ असार १७, मंगलबार
NepaliPatra logo
गृहपृष्ठअर्थबुधवारदेखि ललितपुरमा महिला उद्यमी मेला–२०८० शुरु

बुधवारदेखि ललितपुरमा महिला उद्यमी मेला–२०८० शुरु


काठमाडौँ। बुधवारदेखि ललितपुरमा महिला उद्यमी मेला–२०८० शुरु भएको छ। ललितपुरको याक प्यालेसमा महिला उद्यमी मेला–२०८० शुरु भएको हो।

कोभिड महामारी र विश्वव्यापी आर्थिक मन्दीका कारण साना तथा मझौला व्यवसायीका उत्पादनले बजार पाउन नसकिरहेका बेला साना तथा मझौला व्यवसायी महासंघ नेपालले मेला आयोजना गरेको हो।

बुधवारदेखि भदौ २४ गते आईतवारसम्म चल्ने मेलामा महिला उद्यमीद्वारा उत्पादित सामग्रीलाई प्राथमिकता दिइएको छ।

महासंघ अन्तर्गत केन्द्रिय महिला समितिकी सहसचिव अनिता ठकुरीले पछिल्लो समय उद्योग व्यवसायमा आएको सुस्ततालाई चलायमान बनाउने उद्देश्यले प्रदर्शनीको आयोजना गरिएको बताइन्।

मेलामा नेपालको पूर्वदेखि पश्चिमसम्मका साना तथा मझौला व्यवसायीद्वारा उत्पादित सबै किसिममा सामग्री राखिएको उनले जानकारी दिइन्। ८० वटा स्टल रहेको मेलामा महिला उद्यमीहरुले उत्पादन गरेका हस्तनिर्मित सामान, ढाकाका कपडा, अल्लोका कपडा, बाँसका सामग्री, चाँदीका गरगहना, चियापत्ति, लगायत सामग्रीहरु छन्। निःशुल्क प्रवेशको व्यवस्था गरिएको महिला उद्यमी मेलालाई १० हजारले अवलोकन गर्ने र ५० लाख बढीको कारोबार हुने अपेक्षा महासंघले गरेको उनले बताइन्।

उनले भनिन्,‘पछिल्लो समय उद्योग व्यवसायमा आएको सुस्ततालाई चलायमान बनाउने उद्देश्यले प्रदर्शनीको आयोजना गरिएको हो। व्यापार व्यवसायलाई चलायमान बनाउनको लागि नेपालको पूर्वदेखि पश्चिमसम्मका उद्यमीहरुले उत्पादन गरेका सामग्रीहरु प्रदर्शनीमा राखिएको छ । तिज विशेष पनि भएकाले सम्पूर्ण दिदिबहिनीहरु मेला अवलोकन गर्न अनुरोध छ।’

महिला उद्यमी मेलाको उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले उद्घाटन गरेका थिए। त्यसमा क्रममा उनले सबै स्टलको अवलोकन गरी विभिन्न किसिमका स्वदेशी उत्पादनको बारेमा जानकारी लिएका थिए।

मेला उद्घाटन कार्यक्रममा बोल्दै महासंघकी सह अध्यक्ष इनु पौडेलले महिलाहरु आर्थिक रुपमा सक्षम नभएसम्म मुलुकको सम्मुन्नत आर्थिक विकास हुन नसक्ने भन्दै सबै महिलालाई सफल उद्यमी बनाउनुपर्नेमा जोड दिइन्। उनले महिला उद्यमीहरुले उत्पादन गरेको सामग्रीको अन्तर्राष्ट्रिय बजारीकरणको प्रस्ताव लैजाँदा सरकारी निकायहरुले चासो नदेखाएको गुनासो पनि गरिन्। सरकारले दिने सीपविकास उद्यमशिल तालिमलाई परिणाममुखी बनाउनुपर्ने उनले उल्लेख गरिन्।

उनले भनिन्, ‘सरकारी निकायहरुमा उद्यमीहरुको समस्या र प्रवद्र्धनको लागि प्रश्ताव लिएर जान्छौं। त्यसको मूल्य र मान्यता हुँदैन । राजनीतिक पहुँच र नजिकको मान्छेको काम हुन्छ अन्यको हुँदैन। सरकारले उद्यमीहरुको कुरा सुन्नुपर्छ। जबसम्म आधा आकाश ओगटेको महिला उद्यमी सक्षम हुँदैनन्। तबसम्म आर्थिक विकास हुँदैन।’

मेला आगामी आईतवार २४ गतेसम्म चल्नेछ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

उत्पादन बढेपछि भारतमा ७ सय र बंगलादेशमा ४० मेगावाट विद्युत्…

काठमाडौं । वर्षायाम शुुरु भएसँगै जलविद्युत् उत्पादनमा उल्लेखनीय वृद्धि भएको छ । आन्तरिक मागभन्दा बढी भएको बिजुली नेपाल विद्युत् प्राधिकरणले

अन्नपूर्ण प्रथम आधार शिविरमा जाने पर्यटक बढे

म्याग्दी । जिल्लाको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविर क्षेत्रको भ्रमणमा आउने पर्यटकको सङ्ख्या बढेको छ ।

११ महिनामा ७१ करोड रुपैयाँको कोदो आयात

काठमाडौं । चालु आर्थिक वर्षको जेठ मसान्तसम्म (११ महिना) मा ७१ करोड ८७ लाख रुपैयाँको कोदो आयात भएको छ ।

असारमा पनि घट्यो बैंकको ब्याजदर

काठमाडाैँ । केही महिनायता ब्याजदर निरन्तर घटाउँदै आएका वाणिज्य बैंकहरूले असारका लागि पनि घटाएका छन् ।बैंकहरूले प्रकाशित गरेको सूचना अनुसार

नेपालले पहिलो पटक बंगलादेशलाई बिजुली बेच्न थाल्यो

काठमाडौं । नेपालले पहिलो पटक बंगलादेशलाई ४० मेगावाट विद्युत् व्यावसायिक रूपमा निर्यात शुुरु गरेको छ । अहिले उत्पादित विद्युतले स्वदेशमा

मध्यपहाडी लोकमार्गको मोदीखोलामा पुल निर्माण शुरु

पर्वत । पुष्पलाल मध्यपहाडी लोकमार्ग आयोजना अन्तर्गत पर्वत खण्डमा पर्ने मोदीखोलामा ‘आर्क ब्रिज’ निर्माण हुने भएको छ । राजमार्गको पर्वतखण्ड

Techie IT