Techie IT
२०८१ वैशाख १८, मंगलबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनडन ३: न शाहरुख खान न रणवीर सिंह, यी बहुप्रतिभाशाली अभिनेता बलिउडको नयाँ ‘डन’ बन्ने

डन ३: न शाहरुख खान न रणवीर सिंह, यी बहुप्रतिभाशाली अभिनेता बलिउडको नयाँ ‘डन’ बन्ने


एजेन्सी । बलिउड अभिनेता शाहरुख खानको फिल्म ‘डन’ को तेस्रो भागको प्रतिक्षामा दर्शकहरु छन् । फरहान अख्तर लामो समयदेखि एक्शन थ्रिलर फिल्म ‘डन ३’ मा काम गरिरहेका छन् ।

अमिताभ बच्चनपछि शाहरुख खान बलिउडको अर्को डन बने तर अब खबर आइरहेको छ कि शाहरुख खानले ‘डन ३’ बाट आफूलाई टाढै राखेका छन् र यसपटक बलिउडमा नयाँ डन आउने भएको छ ।

पछिल्ला केही दिनदेखि बलिउडका बाजीराव अर्थात रणवीर सिंह नयाँ डन बनेर पर्दामा चर्चा कमाउने खबर आएको थियो तर अब फिल्मको बारेमा नयाँ अपडेट आएको छ ।

अमिताभ बच्चन र शाहरुख खानपछि अब दर्शकले फरहान अख्तरलाई ठूलो पर्दामा डनको भूमिका निभाएको देख्न पाउनेछन् ।

यद्यपी यसबारे अहिलेसम्म कुनै आधिकारिक घोषणा गरिएको छैन तर मिडिया रिपोर्टका अनुसार यस पटक फरहान अख्तर आफैं फिल्ममा मुख्य भूमिका निभाउन लागेका छन् ।

बलिउडको अर्को डन कुन कलाकारको रुपमा देखिने हो त्यो समय आएपछि मात्रै पुष्टि हुनेछ । ‘डन २’ को कुरा गर्ने हो भने यस फिल्ममा शाहरुख खानसँग प्रियंका चोपडा मुख्य भूमिकामा देखिएकी थिइन् । यी दुई स्टारसँग लारा दत्ता र बोमन इरानीले पनि स्क्रिन सेयर गरेका थिए ।

 




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

वैशाख २४ गतेदेखि शिल्पी थिएटरमा नाटक ‘बाजी’

काठमाडौँ । काठमाडौँको बत्तीसपुतलीमा रहेको शिल्पी थिएटरमा यही वैशाख २४ गतेदेखि ३० गतेसम्म नाटक ‘बाजी’ मञ्चन हुने भएको छ ।

अभिनेता सिपी लोहनीको निधन

काठमाडौं । कलाकार सिपी लोहनीको निधन भएको छ। उनको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारको क्रममा निधन भएको हो। लोहनी चर्चित नेपाली

यस्तो छ ‘खजुरे ब्रो’को ट्रेलर

काठमाडौँ । वैशाख २८ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म हो ‘खजुरे ब्रो’ । आइतबार राजधानीमा आयोजित एक कार्यक्रमकाबिच फिल्मको ट्रेलर

‘फर्की फर्की’को गीतमा अनमोल र जसिताको रोमान्स

काठमाडौँ । अनमोल केसी स्टारर चलचित्र ‘फर्की फर्की’को शीर्ष गीत सार्वजनिक गरिएको छ । गीतमा रोमन बज्राचार्य र निकिथा थापाको

फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’मा गायक तथा कलाकार प्रकाश सपुत अनुबन्धित

काठमाडौँ । सेभेन सिज इन्टरटेनमेन्टले निर्माण गर्न लागेको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’मा गायक तथा कलाकार प्रकाश सपुत अनुबन्धित भएका छन्

सुरज पण्डितले ल्याए ‘रातो किताब’

काठमाडौँ । म्यूजिक भिडियो रेलको बाटोको सफलतासँगै लोकप्रिय बनेका गायक सुरजले तीन वर्ष पछि अर्को कर्णालीकै कथा ब्यथामा आधारित रातो

Techie IT