Techie IT
२०८२ असार २०, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठअर्थब्रिटिस कलेजद्वारा ई–स्पोर्टस् आयोजना

ब्रिटिस कलेजद्वारा ई–स्पोर्टस् आयोजना


काठमाडौँ। ब्रिटिस एजुकेशन ग्रुप अन्तर्गतको ‘द ब्रिटिस कलेज’ (टीबीसी)ले ‘ई–स्पोर्टस् टुर्नामेन्ट– २०२३’को आयोजना सम्पन्न गरेको छ। थापाथलीस्थित कलेज हातामा बुधबारबाट सुरु भएको प्रतियोगिता शुक्रबार सम्पन्न भएको हो।

प्रतियोगितामा तीन खेलहरु ‘भालोरेन्ट’, ‘फिफा’ र ‘पब्जी’ समावेश गरिएको थियो। कलेजका म्यानेजिङ डाइरेक्टर महेन्द्रराज कँडेल तथा डेप्युटी प्रिन्सिपल डा. प्याट्रिक म्याककर्डेनले संयुक्त रुपमा उद्घाटन गरेको खेलमा देशभरका ११२ टिमबाट ५०० भन्दा बढी खेलाडीहरुले सहभागिता जनाएका थिए।

प्रतियोगिताको पहिलो दुई दिन छनोट चरणका खेलहरु भएका थिए। त्यस्तै, अन्तिम दिन शुक्रबार फाइनल चरणका खेलहरु भएका थिए। भालोरेन्ट खेलको विजेता टिम ‘नो टक वन्ली किल’ बन्यो भने उपविजेताको स्थान ‘नेफोली’ले प्राप्त गर्यो। त्यस्तै, पब्जीतर्फ ‘अण्डरग्याङ्ग’ विजेता बन्दा ‘माइटी माफिया’ले उपविजेताको स्थान हाँसिल गर्यो। फिफातर्फ ‘नोटोरियर’ विजेता र ‘गोर्खा स्ट्रङ्ग’ उपविजेता बन्यो।

सबै बिधातर्फका विजेता टिमहरुले १–१ लाख रुपैयाँ तथा उपविजेता टिमहरुले ३३–३३ हजार रुपैयाँ प्राप्त गरेका छन्। त्यस्तै, कलेजले विजेता टिमका खेलाडीहरुलाई छात्रावृत्ति पनि प्रदान गरेको छ। प्रतिस्पर्धीहरुले प्रायोजकहरु सुविसु केबलनेट प्रा.लि., लेभल अप, खतरा गेमिङ, मरिच क्याफे र द रस्टि स्पोर्टस् बारको तर्फबाट पनि पुरस्कारहरु प्राप्त गरेका छन्।

कार्यक्रमबारे आफ्ना धारणा राख्दै कलेजका म्यानेजिङ डाइरेक्टर महेन्द्रराज कँडेलले भने, ‘म प्रतियोगिताका विजेताहरुलाई मनैदेखि बधाई ज्ञापन गर्न चाहान्छु, र सम्पूर्ण सहभागिहरुलाई पनि धन्यवाद दिन चाहान्छु। त्यस्तै, कार्यक्रमको सफलताको लागि महत्वपूर्ण भूमिका खेल्नुहुने कलेजका सहकर्मीहरु, प्रयोजकहरुलाई पनि धन्यवाद दिन चाहान्छु, उहाँहरुको साथ तथा सहयोगको कारण कार्यक्रम भब्यतापूर्वक सम्पन्न भयो। नेपालले ई–स्र्पोट्सको क्षेत्रमा अन्तर्राष्ट्रियस्तरको ख्याति कमाउँदै गइरहेको छ। गत जनावरीमा भएको पब्जी मोबाइल ग्लोबल च्यम्पियनशिपमा नेपाली टिम उपविजेता बन्यो। हाम्रो कलेज पनि ई–स्र्पोट्सका खेलहरुलाई उद्योगको रुपमा अगाडि बढाउन प्रतिबद्ध रहेकोले यस्ता खेलमा इच्छुकहरुलाई प्लेटफर्म प्रदान गर्न पाउँदा हामीलाई खुसी लागेको छ। आईटी क्षेत्रमा भइरहेको विकासलाई मध्यनजर गर्दै टीबीसीले पनि पर्याप्त लगानी गरि पछिल्लो समय बजारमा आएका प्रविधिहरु, भीआर ल्याब तथा डिजिटल फरेन्सिक्स ल्याब निर्माण गरेको छ। आगामी दिनमा पनि यस्तै, गतिविधिहरु गर्नेे जानकारी पनि गराउँदछु।’




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

उत्पादन बढेपछि भारतमा ७ सय र बंगलादेशमा ४० मेगावाट विद्युत्…

काठमाडौं । वर्षायाम शुुरु भएसँगै जलविद्युत् उत्पादनमा उल्लेखनीय वृद्धि भएको छ । आन्तरिक मागभन्दा बढी भएको बिजुली नेपाल विद्युत् प्राधिकरणले

अन्नपूर्ण प्रथम आधार शिविरमा जाने पर्यटक बढे

म्याग्दी । जिल्लाको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविर क्षेत्रको भ्रमणमा आउने पर्यटकको सङ्ख्या बढेको छ ।

११ महिनामा ७१ करोड रुपैयाँको कोदो आयात

काठमाडौं । चालु आर्थिक वर्षको जेठ मसान्तसम्म (११ महिना) मा ७१ करोड ८७ लाख रुपैयाँको कोदो आयात भएको छ ।

असारमा पनि घट्यो बैंकको ब्याजदर

काठमाडाैँ । केही महिनायता ब्याजदर निरन्तर घटाउँदै आएका वाणिज्य बैंकहरूले असारका लागि पनि घटाएका छन् ।बैंकहरूले प्रकाशित गरेको सूचना अनुसार

नेपालले पहिलो पटक बंगलादेशलाई बिजुली बेच्न थाल्यो

काठमाडौं । नेपालले पहिलो पटक बंगलादेशलाई ४० मेगावाट विद्युत् व्यावसायिक रूपमा निर्यात शुुरु गरेको छ । अहिले उत्पादित विद्युतले स्वदेशमा

मध्यपहाडी लोकमार्गको मोदीखोलामा पुल निर्माण शुरु

पर्वत । पुष्पलाल मध्यपहाडी लोकमार्ग आयोजना अन्तर्गत पर्वत खण्डमा पर्ने मोदीखोलामा ‘आर्क ब्रिज’ निर्माण हुने भएको छ । राजमार्गको पर्वतखण्ड

Techie IT