झन्डै ९ किलो चरेससहित दार्चुलामा २ जना पक्राउ
दार्चुला। झन्डै नौ किलो चरेसहित दार्चुलामा दुई जना पक्राउ परेका छन्। आज मङ्गलवार शैल्यशिखर नगरपालिका– ९ नायलबाट बैतडीको पुर्चौडी नगरपालिका–४ भटनाकी ३५ वर्षीया भावना धामी र ४४ वर्षीय जयबहादुर धानुक पक्राउ परेका जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।
उनीहरूको साथबाट आठ किलो आठ सय ५० ग्राम चरेस बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक (इन्स्पेक्टर) एवम् सूचना अधिकारी ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए। इन्स्पेक्टर कार्कीका अनुसार धामीको साथबाट छ किलो र धानुकको साथबाट दुई किलो आठ सय ५० ग्राम चरेस बरामद गरिएको हो।
विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय गोकुलेश्वर र जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरी टोलीले उनीहरूको साथबाट चरेस बरामद गरेको हो। अहिले उनीहरूलाई गोकुलेश्वरबाट जिल्ला सदरमुकाम ल्याउन लागिएको बताइएको छ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
चितवन । रेबिज लागेर इच्छाकामना गाउँपालिका–२ का ३२ वर्षीय मीनबहादुर प्रजाको मृत्यु भएको छ । निजको भरतपुर अस्पतालमा उपचारका क्रममा
काठमाडौँ । नेपालीको औषत आयु ६० वर्षसम्म रहेको राष्ट्रिय तथ्यांक कार्यालयको अध्ययनले देखाएको छ । २०७८ सालको राष्ट्रिय जनगणना अनुसार
भक्तपुर । भक्तपुरमा पहिलो पटक आयोजना गरिएको फुल कन्ट्याक्ट किक बक्सिङ प्रतियोगिता मा आयोजक टिम भक्तपुर नै समग्र विजेता बन्न
काठमाडाैँ । विशेष अदालतले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेललाई उपकरण खरिद गर्दा भ्रष्टाचार गरेको कसूरमा दोषी ठहर
काठमाडौँ । सरकारले मनसुनजन्य विपद् व्यवस्थापनको पूर्वतयारीसँगै विपदपछिको पुनर्निर्माणका लागि सक्रियता बढाएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन
काठमाडौँ । नागढुङ्गा–नौबिसे सडक खण्डअन्तर्गत नागढुङ्गा–पिप्लामोड खण्ड आजदेखि १० दिनसम्म रातको समयमा चार घण्टा बन्द हुने भएको छ । मर्मतका