Techie IT
२०८२ भदौ ३१, मंगलबार
NepaliPatra logo
गृहपृष्ठअर्थकरेन्ट नुडल्सको ब्राण्ड एम्बेस्डरमा नायिका केकी अधिकारी

करेन्ट नुडल्सको ब्राण्ड एम्बेस्डरमा नायिका केकी अधिकारी


काठमाडौँ। नायिका केकी अधिकारी करेन्ट नुडल्सको ब्राण्ड एम्बेस्डर बनेकी छिन्। बिहीबार काठमाडौँको हायत प्यालेसमा भएको एक कार्यक्रममा उनी ब्राण्ड एम्बेस्डर घोषणा भएकी हुन्।

यशोधा फुड्सको प्रबन्ध निर्देशक चुनप्रसाद पौडेल, निर्देशक नरेश्वर पौडेल, प्रमुख कार्यकारी अधिकृत जीवराज जैन लगायतको उपस्थितिमा फुड्सले नायिक अधिकारीलाई ब्राण्ड एम्बेस्डर घोषणा गरेको हो। नायिका अधिकारी सन २०१७ सालदेखि फुड्सका उत्पादनको प्रवर्द्धनमा काम गरिरहेकी थिइन्।

पिरो चाउचाउको रुपमा चर्चित भएको करेन्टले अहिले चिजबल, चिप्स, पोट्याटो स्टिक्स, लगायतको उत्पादन बजारमा ल्याएको छ।

प्रबन्ध निर्देशक पौडेले गत आर्थिक वर्षमा ५ अर्ब भन्दा बढी कारोबार गरेको बताएका छन्। उनले यसोधा फुड्स करेन्ट उत्पादनहरु अमेरिका, युरोप सहित विश्वका २० भन्दा धेरै मुलुकमा निर्यात भइरहको समेत बताए।

कपिलवस्तुको चनौटमा नयाँ उद्योग खोल्ने तयारी गरेको भन्दै पौडेलले नेपाली किसान मार्फत नै अकबरे खुर्सानीबाट पिरोको प्रयोग हुने दाबी गरेका छन्।

 




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

भैरहवा भन्सार कार्यालयले अस्थायी संरचनाबाट अत्यावश्यक सामाग्री ल्याउदै

रुपन्देही । भैरहवा भन्सार कार्यालयले अस्थायी संरचनाबाट नेपालका लागि अत्यावश्यक सामाग्रीहरु भित्र्याउन शुुरु गरेको छ । जिल्ला सुरक्षा समितिले बिहिबार

व्यवसायिक अकबरे खुर्सानी खेती गरेका कृषकलाई बजारको चिन्ता

म्याग्दी । व्यवसायिक अकबरे खुर्सानी खेती गरेका म्याग्दी र पर्वतका कृषकलाई बजारको चिन्ताले सताएको छ । बजारको अभावले किसानहरु मर्कामा

जगदुल्ला जलविद्युत् आयोजनाको निर्माण प्रक्रिया अघि बढ्यो : ठेक्का सम्झौतामा…

काठमाडाैँ । डोल्पाको जगदुल्ला जलविद्युत् आयोजनाको निर्माण प्रक्रिया अगाडि बढेको छ । प्रवर्द्धक कम्पनी र निर्माण व्यवसायीबीच निर्माणसम्बन्धी द्विपक्षीय सम्झौतामा

धान चामल खरिदका लागि बाहिरियो ४० अर्ब

काठमाडौं । मुलुकबाट एक वर्षमा धान चामल खरिदका लागि ४० अर्ब रुपैयाँभन्दा बढी रकम बाहिरिएको छ । स्वदेशमै उत्पादन गर्न

मेची भन्सारबाट चिया निर्यात ३२ प्रतिशतले बढ्यो

काठमाडौं । मेची भन्सार कार्यालयबाट आर्थिक वर्ष २०८१/८२ मा चिया निर्यात ३२ दशमलव ५० प्रतिशतले बढेको छ । कार्यालयको तथ्याङ्कानुसार

डिशहोमको ‘खुशीको बोनस’ : हरेक हप्ता १४ जनालाई एक वर्ष…

काठमाडौं । डिशहोमले आफ्ना इन्टरनेट ग्राहकहरूका लागि विशेष योजना ‘खुशीको बोनस ३६५ दिन नै सार्वजनिक गरेको छ । यो अफर

Techie IT