Techie IT
२०८१ वैशाख २०, बिहीबार
NepaliPatra logo
गृहपृष्ठखेलनेपाली महिला क्रिकेट टोली मलेसियासँग पराजित

नेपाली महिला क्रिकेट टोली मलेसियासँग पराजित


काठमाडौँ। नेपाली महिला क्रिकेट टिम मलेसियासँग पराजित भएको छ। मलेसियाविरुद्ध भइरहेको ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको पाँच खेलमध्ये पहिलो खेलमा नेपाली टिम पराजित भएको हो।

क्वालालम्पुरस्थित वाईएसडी–यूकेएम ओवलमा भएको खेलमा महिला क्रिकेट टोली सोमबार ५ विकेटले पराजित भएको हो।

मलेसियाले टस जितेपछि ब्याटिङमा आएको नेपाल १६.५ ओभरमा ५० रनमै अलआउट भयो। ज्योति पाण्डेले ११ र सम्झना खड्काले १३ रन बनाउनुबाहेक अन्यले दोहोरो स्कोर बनाउन सकेनन्। डेब्यु गरिरहेकी सम्झनाले २५ बल खेल्दै १ चौका प्रहार गरिन्। ज्योतिले १७ बल खेल्दै २ चौका प्रहार गरिन्।

मलेसियाको लागि निक एटिइलाले ३ विकेट लिइन्। प्लेयर अफ द म्याच उनले ४ ओभरमा १ मेडन राख्दै १८ रन खर्चिइन्। एइना हसिम, एइसा फिर्दाउज र माहिराह इस्माइलीले २–२ विकेट लिइन्। एइनाले ३.५ ओभरमा १०, एइसाले २ ओभरमा ९ र माहिराहले ४ ओभरमा ३ रनमात्र खर्चेकी थिइन्।

मलेसियाले १३.२ ओभरमा लक्ष्य पूरा गर्‍यो। वान जुलिया रोस्दीले १३ र एइनाले अविजित १२ रन बनाइन्। नेपालबाट रुविना र सीताले २–२ तथा कविता कुँवरले १ विकेट लिइन्।

नेपाल र मलेसियाबीचको शृंखलाको दोस्रो खेल मंगलबार हुनेछ।

 




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

वेस्ट इन्डिज ‘ए’ ले १ खेलअघि नै शृङ्खला जित्याे

काठमाडाैँ । वेस्ट इन्डिज ‘ए’ सँगकाे टी–२० क्रिकेट शृङ्खलाकाे चाैथाे खेलमा नेपाल २८ रनले पराजित भएकाे छ । वेस्ट इन्डिज

एआईपीएस एसियाको कंग्रेस नेपालमा हुने

काठमाडौँ । एसियाली खेलकुद पत्रकार महासंघ (एआईपीएस एसिया)को २५औँ कंग्रेस आउँदो भदौ अन्तिम हप्ता नेपालमा हुने भएको छ । स्पेनको

वेस्ट इन्डिज ‘ए’ ले दियाे नेपाललाई २१० रनकाे लक्ष्य

काठमाडौँ । टी– २० क्रिकेट शृङ्खलाको चौथो खेलमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई २१० रनको लक्ष्य दिएको छ । कीर्तिपुरको

नेपालविरुद्ध पहिले ब्याटिङ गर्दै वेस्ट इन्डिज ‘ए’

काठमाडौँ । वेस्ट इन्डिज ‘ए’ र नेपालबीचको पाँच खेलको टी– २० सिरिजको चौंथो खेलमा पनि वेस्ट इन्डिज ‘ए’ ले टस

विश्वकप खेल्ने नेपाली टोली घोषणा

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले ट्वान्टी–२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा गरेको छ । बुधबार क्यानले टिमको घोषणा गरेको

राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण खेलका लागि इङ्ग्ल्यान्ड जाँदै

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण खेलका लागि आज इङ्ग्ल्यान्ड जाँदै छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का

Techie IT