Techie IT
२०८२ कात्तिक ३, आईतबार
NepaliPatra logo
गृहपृष्ठनेपालगर्भवती प्रेमिकाको हत्या गरी फरार अरूण ६ वर्षपछि पक्राउ

गर्भवती प्रेमिकाको हत्या गरी फरार अरूण ६ वर्षपछि पक्राउ


काठमाडौँ। प्रेमिकालाई गर्भवती बनाई हत्या गरि फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ। सप्तरीको बोदेबसाइन नगरपालिका– ८ काचनका ३५ वर्षीय अरूणकुमार मिजारलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो।

धादिङ प्रहरीले ६ वर्षअघिको कर्तव्य ज्यानसम्बन्धी घटनामा मिजारलाई बाग्मती प्रदेश प्रहरी कार्यालयको सहयोगमा सप्तरीस्थित घरबाटै पक्राउ गरेर जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान गरिरएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता डिएसपी सन्तु जैसवारले जानकारी दिए।

प्रवक्ता जैसवारका अनुसार मोरङको विराटनगर महानगरपालिका–५ की ३२ वर्षीया ललिता कुमारी रामको शव २०७४ साल असोज १२ गते साँझ धादिङको धुनीवेशी नगरपालिका–९ टायल घरस्थित अँधेरीखोलामा सडेको अवस्थामा फेला परेको थियो।

ललिताको मोबाइल र अन्य विभिन्न कोणबाट अनुसन्धान गर्दा ललिता र अरूणबीच प्रेम सम्बन्ध रहेको त्यतिबेलैको अनसन्धानमा खुलेको थियो। प्रेम सम्बन्धमा रहँदा ललिता गर्भवती भएको भेटिएको थियो।

ललिताको साथबाट बरामद मोबाइल अनुसन्धान गर्दा आफू गर्भवती भएकोबारे अरुणलाई बताउँदै विवाहका लागि आग्रह गरे पनि अरुण विभिन्न बहाना देखाएर विवाहबाट पन्छिरहेको देखिएको थियो।

स्टाफ नर्सको अध्ययन सक्काएर बसेकी ललिता कामको खोजीमा थिइन्। अरूणले काठमाडौँको कुनै अस्पतालमा काम लगाइदिने भन्दै बोलाएर प्रेम जालमा पारेर गर्भवती बनाएको पनि प्रहरी अनुसन्धानमा देखिएको जैसवारले बताए।

गर्भवती भएपछि ललिताबाट आफू टाढा हुन अरूणले ललितालाई २०७४ भदौ २१ गते विराटनगरबाट काठमाडौँ बोलाइ हत्या गरी टायलघरस्थित अधेरीखोलामा फालेर फरार भएका थिए।

६ वर्षपछि शुक्रबार पक्राउ परेका अरुणले ललिताको हत्या गरेको स्वीकार गरेको डिएसपी जैसवारले बताए। डिएसपी जैसवारका अनुसार हत्या कसले गरेको भन्नेसम्म प्रहरी नपुग्दै ०६४ असोज ३१ गते अरूण दुबइ फरार भएका थिए।

उनी दुबई पुगेपछि मात्रै प्रहरीले विभिन्न कोणबाट अनुसन्धान गरेर अरूणले नै ललिताको हत्या गरेको निष्कर्षमा पुगेको थियो। त्यसै सालको पुस २१ गते ललिताको परिवारले अरुणविरूद्ध किटानी जाहेरी दिएका थिए।

अरुण दुबइ, मलेसिया लगायत विभिन्न देशमा लुकिछिपी बस्दै आएकोमा केही समयअघि नेपाल फर्किएको भन्ने सूचना प्राप्त भएपछि खोजतलास गर्दा घरमै फेला पारेको डिएसपी जैसवारले बताए।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

देशभरका २७ वटा कारागारका ९ हजार बढी कैदीबन्दी अझै फरार

काठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभरका २७ वटा कारागारबाट भागेका अधिकांश कैदीबन्दी अझै फर्किएका छैनन् । देशका २७ वटा कारागारबाट

जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जली

काठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण

काठमाडौं । पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गरेकी छन् । केहीबेर अघि नवनियुक्त

पोखराबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुँदै

कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको हो

लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन

काठमाडाैँ । लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन भएको छ । नेकपा एमालेबाट रुकुम पूर्वकी समानुपातिक सांसद रहेकी

५ महीनामा ३ हजार २८१ विपद्का घटन, २०७ जनाको मृत्यु

काठमाडौं । गत वैशाखदेखि यही भदौ १४ गतेसम्म देशभर कुल ३ हजार २८१ वटा विपद्का घटना घटेका छन् । ती

Techie IT