Techie IT
२०८२ असार ३, मंगलबार
NepaliPatra logo
गृहपृष्ठनेपालप्रशान्त नीलले प्रभास स्टारर फिल्म ‘सालार’को क्लाइम्याक्स पुनः सुटिङ गर्ने

प्रशान्त नीलले प्रभास स्टारर फिल्म ‘सालार’को क्लाइम्याक्स पुनः सुटिङ गर्ने


एजेन्सी । साउथ स्टार प्रभासको आगामी फिल्म ‘सालार’ को रिलिज मिति लगातार स्थगित हुँदै गइरहेको छ । यसअघि फिल्म सेप्टेम्बर २८ मा रिलिज हुने तय भएको थियो ।

विदेशमा यसका लागि रेकर्ड अग्रिम बुकिङ पनि भएको थियो तर अचानक निर्माताले यो फिल्म समयमै रिलिज नहुने घोषणा गरे । कारण यो थियो कि यसको भिएफएक्समा काम अझै बाँकी थियो ।

त्यसयता चलचित्र नोभेम्बर २०२३ मा रिलिज हुने चर्चा चलेको थियो । बलिउड हंगामा स्रोतको विश्वास गर्ने हो भने यो फिल्म यस वर्ष रिलिज नहुने भएकाले फिल्मका निर्देशक प्रशान्त नीलले यसको क्लाइमेक्स पुनः सुटिङ गर्ने योजना बनाएका छन् ।

यसका लागि उनी आफ्नो टोलीसँग हैदरावाद पुगेका छन् । उनीहरूले यहाँ १० दिनका लागि केही शटहरू पुनः शूट गर्नेछन् ।

फिल्मको रि–शुट बाहेक पहिले नै रोकिएका ६०० भिएफएक्स सटमा पनि काम गर्नुपर्नेछ । यस्तो अवस्थामा यो वर्षको अन्त्यसम्ममा फिल्म रिलिज हुन गाह्रो देखिन्छ । प्रशान्तले यसको अन्तिम सम्पादन पछि मात्र यसको रिलीज मिति घोषणा गर्नेछ ।

फिल्ममा प्रभासका अलावा श्रुति हसन, जगपति बाबु र पृथ्वीराज सुकुमारन जस्ता कलाकारहरु देखिनेछन् । यसको टिजर यसअघि नै रिलिज भइसकेको छ । यो हेरेपछि प्रशान्त नीलले सालारलाई आफ्नो दोस्रो फिल्म ‘केजीएफ’सँग जोड्ने अनुमान धेरैले गरिरहेका छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

खेती गर्ने समयमा यो वर्ष पनि रासायनिक मल अभाव

काठमाडौं । खेती गर्ने समयमा यो वर्ष पनि किसानले मल अभाव झेल्नुपरेको छ । बर्खे धान रोपाइँ र मकै खेतीका

हेवा खोलामा बेलिब्रिज खस्दा घाइते भएका ३ जना मजदुरको मृत्यु

पाँचथर । पाँचथरको हेवा खोलामा बन्दै गरेको बेलिब्रिज खस्दा घाइते भएका ३ जना मजदुरको मृत्यु भएको छ। मेची राजमार्गस्थित पाँचथरको

अत्यधिक गर्मी बढेपछि बेलौरीमा दुई दिन विद्यालय बिदा

कञ्चनपुर । बेलौरी नगरपालिकाले अत्यधिक गर्मी बढेपछि दुई दिन विद्यालय बिदा दिने निर्णय गरेको छ । गर्मीका कारण शिक्षक, विद्यार्थी

म्याग्दीको विकट गाउँ पात्लेका १२२ घरपरिवारलाई खानेपानी सुविधा

म्याग्दी । मालिका गाउँपालिका–३ पात्लेमा ‘एक घर, एक धारा’ को सुविधा पुगेको छ । ६५ लाख ५७ हजार दुई सय

म्याग्दीको डाडागाउँमा ‘एक घर, एक धारा’

म्याग्दी । मालिका गाउँपालिका–३ मा एक करोड १० लाखको लागतमा निर्माण भएको डाडागाउँ बोक्रे खानेपानी, सरसफाइ तथा स्वच्छता आयोजनाबाट दुई

अमेरिकामा नेपाली आप्रवासीलाई दिँदै आएको टीपीएस सुविधा खारेज

एजेन्सी । अमेरिकी ट्रम्प प्रशासनले नेपाली आप्रवासीलाई दिँदै आएको टेम्पररी प्रोटेक्टेड स्ट्याटस (टीपीएस) सुविधा २०२५ अगस्ट ५ मा अन्त्य हुने

Techie IT