Techie IT
२०८२ भदौ १७, मंगलबार
NepaliPatra logo
गृहपृष्ठअर्थ‘सरकारी नीतिका कारण ५९ लाख लगानीकर्ता सडकमा आएका छन्’

‘सरकारी नीतिका कारण ५९ लाख लगानीकर्ता सडकमा आएका छन्’


काठमाडौँ। धितोपत्र ब्रोकर एशोशिएशन नेपालका अध्यक्ष सागर ढकालले सरकारी अब्यवहारिक नीतिका नेपालको पुँजी बजार धरासायी भएको बताएका छन्। मंगलबार नेपाल उद्योग तथा व्यवसायी महासंघद्वारा आयोजित नेकपा एमालेसँग निजीक्षेत्र विषयक कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघ पुँजी बजार फोरकका अध्यक्ष समेत रहेका ढकालले यस्तो बताएका हुन्।

‘अहिले वित्त नीति र मौद्रिक नीतिले माईक्रो म्यानेजमेन्ट गरेर पुँजी बजारलाई धराशायी बनाउने काम गरेको छ,’ उनले भने, ‘देशमा व्यापार व्यवसाय विकास र विस्तारको लागि छरिएर रहेको पूँजीलाई संकलन गरी सरकार र नीजि क्षेत्रको लागि नपुग पूँजी जुटाउन, अर्थतन्त्रलाई थप चलायमान बनाई सरकारको लागि राजस्व संकलनको नयाँ क्षेत्रको रुपमा विकास गर्न, कम्पनीहरुको वास्तविक मूल्य निर्धारण गर्ने क्षेत्र पूँजीबजार हो तर हामीकहाँ ठिक यसको विपरित पुँजी बजारलाइ धराशायी पार्ने काम भैरहेका छ।’

स्वदेशी तथा विदेशी पूँजी आकर्षित गरि ठूलाठूला पूर्वाधार निर्माणदेखि स–साना स्टार्टअपको संचालनको लागि आवश्यक पूँजीको दीर्घकालीन व्यवस्थापन पूँजीबजारबाट गर्नको लागि सहज हुने हुँदा पूँजी बजारको बिकास र विस्तारको विकल्प नरहेको उनको तर्क थियो।

पछिल्लो विवरण अनुसार हितग्राही खाता (डीम्याट) खोल्नेको संख्या करिब ५९ लाख, मेरो शेयर प्रयोगकर्ता ५० लाख छन भने अनलाइनबाट कारोबार गर्नेको संख्या करिव १९ लाख पुगेको छ। तर सरकारी नीतिकै कारण पुँजी बजार धराशायी भएर ती लगानीकर्ताहरु विचल्ली परेर घरबार बिहीन हुने अवस्था आउन लागेको उनको भनाई थियो।

‘कुल जनसंख्याको २० प्रतिशत जनसंख्या पूँजीबजारमा आवद्ध भएका छन् भने कुल सुचिकृत कम्पनीको संख्या २३८ पुगेको छ,’ उनले भने, ‘तर राष्ट्र बैंकले सेयर बजारलाई धराशायी बनाउन अब्यहारिक नीति अबलम्बन गरेर ४४ खर्ब पुगेको सेयर बजारको पुँजीकरण ३० खर्बमा झरिसकेको छ भने धेरैजसो लगानीकर्ता घरबार बिहीन भएका छन् भने कतिपयले यसैका कारण आत्महत्या समेत गरेका छन्।’

संस्थागत लगानीकर्ताको लागि करको दर बढी हुनु, करोडौ लगानीका कम्पनीहरुलाई ऋण रकममा सीमा तोकनु, नियमनकारी निकायहरुले सस्थागत लगानीकर्तालाई लागि प्रोत्साहन गर्नुको सट्टा न्युनतम लगानी अबधि तोक्ने लगायतका कार्यबाट उल्टो निरुत्साहन गर्ने कार्य हुदै आएको समेत उनले जानकारी दिए। साथै प्राथमिक शेयरमा आवेदन बन्देज हुनु, अग्रिम कर तथा अन्तिम करको दर धेरै रहनु र सोको सम्बन्धित बर्षमा समायोजनको व्यवस्था नहुनुले जस्ता कारणले संस्थागत लगानीकर्ताको हिस्सा सार्क राष्ट्रमै न्यून रहेको अबका दिनमा पुजी बजार विकासका लागि यसलाई प्रोत्साहन गर्नुपर्ने उनले जानकारी दिए।

आ.व. २०७७÷७८ मा करिब १४ खर्ब ६० अर्ब रुपैयाँ बराबरको कारोबार भइ करिब १४ अर्ब रुपैयाँ अग्रिम पूँजीगत लाभकर वापत सरकारी खातामा योगदान दिने पुँजी बजारले राष्ट्र बैंकको संकुचनकारी नीतिकै कारण आ.व. २०७८÷७९ भरिमा २ अर्बमा झरेको र यसबाट सरकारले ठूलो हिस्सा राजस्व गुमाएको समेत उनले जानकारी दिए। साथै चालू आबको पहिलो दुई महिनामा त्यस्तो राजस्व ५४ करोड मात्र उठेको यसले आगामी दिनमा अझै समस्या सिर्जना गर्ने उनको तर्क थियो।

अहिले बैंक तथा वित्तीय संस्थाहरुको कूल डिपोजिट ५७.४३ खर्ब र कर्जा लगानी ४८.७४ खर्ब रहेको तर शेयर धितो कर्जा ७६ अर्ब अर्थात् कूल कर्जाको १.५६ प्रतिशत देखिन्छ। जब कि सबै भन्दा बढी कर्जा दुरुपयोग भनिरहदा समेत १ खर्ब ६ अर्ब सेयर धितो कर्जा प्रबाह भएको उनले जानकारी दिए।

‘यहाँ नेर हामीले नबुझेको विज्ञले बोलिदिनु पर्ने कुरा २०७८ असारमा माजिन प्रकतिका कर्जा जम्मा रु १०६ अर्ब जुन कूल अर्जको २.५४ प्रतिसत हो। बजार बढेकै कर्जाको कारण हो भनि कठोर नीति ल्याइयो अनि ७६ अर्बमा ल्याइयो र अहिले ७६ अरबमा झारियो। अहिले नीति निर्माता मक्ख, कर्जा घट्यो भनेर तर कति राजस्व गुमाइयो कति को खुशी लुटियो, कतिलाई बिदेसिना बाध्य पारियो र यहि रहेका कतिलाई दिप्रेसनामा पारियो त्यसको हिसाब कसले राख्ने?’ उनले भने, ‘बजार सुधारका लागि सेयर र धितो कर्जाको एकल ग्राहक सिमा हटाउने, शेयर धितो कर्जाको जोखिम भारलाई १०० प्रतिसत कायम गर्ने, इन्ट्रा डे ट्रेडिङ शुरु गर्ने, वन्ड मार्केटको विकाश गर्ने तथा मार्जिन ट्रेडिङ सम्बन्धी नीति ल्याउन आवश्यक छ।’




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

व्यवसायिक अकबरे खुर्सानी खेती गरेका कृषकलाई बजारको चिन्ता

म्याग्दी । व्यवसायिक अकबरे खुर्सानी खेती गरेका म्याग्दी र पर्वतका कृषकलाई बजारको चिन्ताले सताएको छ । बजारको अभावले किसानहरु मर्कामा

जगदुल्ला जलविद्युत् आयोजनाको निर्माण प्रक्रिया अघि बढ्यो : ठेक्का सम्झौतामा…

काठमाडाैँ । डोल्पाको जगदुल्ला जलविद्युत् आयोजनाको निर्माण प्रक्रिया अगाडि बढेको छ । प्रवर्द्धक कम्पनी र निर्माण व्यवसायीबीच निर्माणसम्बन्धी द्विपक्षीय सम्झौतामा

धान चामल खरिदका लागि बाहिरियो ४० अर्ब

काठमाडौं । मुलुकबाट एक वर्षमा धान चामल खरिदका लागि ४० अर्ब रुपैयाँभन्दा बढी रकम बाहिरिएको छ । स्वदेशमै उत्पादन गर्न

मेची भन्सारबाट चिया निर्यात ३२ प्रतिशतले बढ्यो

काठमाडौं । मेची भन्सार कार्यालयबाट आर्थिक वर्ष २०८१/८२ मा चिया निर्यात ३२ दशमलव ५० प्रतिशतले बढेको छ । कार्यालयको तथ्याङ्कानुसार

डिशहोमको ‘खुशीको बोनस’ : हरेक हप्ता १४ जनालाई एक वर्ष…

काठमाडौं । डिशहोमले आफ्ना इन्टरनेट ग्राहकहरूका लागि विशेष योजना ‘खुशीको बोनस ३६५ दिन नै सार्वजनिक गरेको छ । यो अफर

उत्पादन बढेपछि भारतमा ७ सय र बंगलादेशमा ४० मेगावाट विद्युत्…

काठमाडौं । वर्षायाम शुुरु भएसँगै जलविद्युत् उत्पादनमा उल्लेखनीय वृद्धि भएको छ । आन्तरिक मागभन्दा बढी भएको बिजुली नेपाल विद्युत् प्राधिकरणले

Techie IT