Techie IT
२०८२ साउन १७, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिआममाफीको विरोधमा ध्यानाकर्षण पत्र लिएर रास्वपाका नेताहरु शीतल निवास पुगे

आममाफीको विरोधमा ध्यानाकर्षण पत्र लिएर रास्वपाका नेताहरु शीतल निवास पुगे


काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताहरु आममाफीको विरोधमा ध्यानाकर्षण पत्र लिएर राष्ट्रपति भवन शीतल निवास पुगेका छन्। संविधान दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले कर्तव्य ज्यानमुद्दामा दोषी ठहर भएका व्यक्तिलाई उन्मुक्ति दिएपछि त्यसको विरोधमा रास्वपा नेताहरु शीतल निवास पुगेका हुन्।

सर्वस्वसहित जेल सजाय भोगिरहेका नेपालगञ्जका गुन्डा नाइके तरुण दलका नेता योग ढकाल (रिगल)लाई उन्मुक्ति दिएको थियो। सो कदमको विरोध भइरहेको बेला रास्वपा सभापति रबि लामिछाने सहितका नेताहरु राष्ट्रपतिलाई ध्यानाकर्षण गराउन शितल निवास पुगेका हुन। ध्यानाकर्षण गराउन सभापति लामिछानेसहित महामन्त्री मुकुल ढकाल, सहमहामन्त्री कविन्द्र बुर्लाकोटी, केन्द्रीय सदस्य प्रतिभा रावललसहितका नेताहरू पुगेका हुन्।

रास्वपाले सरकारको सिफारिसमा राष्ट्रपतिबाट सजाय माफी, मुलतबी परिवर्तन वा कम गर्ने व्यवस्था विगतदेखि नै गलत प्रयोग भइरहेको उल्लेख गरेको छ।

रास्वपाले आइतबार बसेको प्रतिनिधि सभा बैठकमा पनि आममाफीबारे विरोध गरेको थियो।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

अर्थतन्त्रको मेरुदण्ड: उद्योगबिना सम्भव छैन

आज नेपालले भोगिरहेको प्रमुख चुनौतीमध्ये रोजगारी अभाव सबैभन्दा गहिरो समस्या बनिसकेको छ । प्रत्येक वर्ष हजारौं युवाशक्ति विदेशिने क्रम बढ्दो

गुल्मीमा ८७ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ

गुल्मी । गुल्मीका किसानहरु यतिबेला खेतमा धान रोपाइँमा व्यस्त बनेका छन । वर्षा शुरु भएसँगै यहाँका किसानहरुलाई खेत रोपाइँको चटारो

‘फिफा फुटबल फर स्कुल’ कार्यक्रमको शुभारम्भ

काठमाडौं । प्रधानमन्त्री के.पी. शर्मा ओलीले खेल क्षेत्रको विकासमा सरकारले बिशेष प्राथमिकता दिएको बताएका छन् । अखिल नेपाल फुटबल संघ

ट्रम्पद्वारा क्यानडाको सामानमा ३५ प्रतिशत कर लगाउने घोषणा

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाको सामानमा ३५ प्रतिशत करको घोषणा गरेका छन् । यसअघि २५ प्रतिशत करको घोषणा

गाजा युद्ध अन्त्य गर्न आवश्यक कदम नचाले प्यालेस्टाइनलाई मान्यता दिने…

लण्डन । बेलायतका प्रधानमन्त्री किअर स्टार्मरले इजरायलले गाजा युद्ध अन्त्यका लागि ठोस कदम नचाले सेप्टेम्बरमा प्यालेस्टाइन राज्यलाई औपचारिक मान्यता दिने

भोटेकोशीमा बाढी: रसुवा, नुवाकोट र धादिङमा उच्च सतर्कता अपनाउन आग्रह

काठमाडाैँ । रसुवाको भोटेकोशीमा गएराति ठूलो बाढी आएको छ । बाढीलगत्तै रसुवा, नुवाकोट र धादिङमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको

Techie IT