Techie IT
२०८२ भदौ २९, आईतबार
NepaliPatra logo
गृहपृष्ठनेपालनेपालमा ग्रिन हाइड्रोजन परियोजना अगाडि बढाउने एनआरएनएको निर्णय

नेपालमा ग्रिन हाइड्रोजन परियोजना अगाडि बढाउने एनआरएनएको निर्णय


काठमाडौँ। गैरआवासीय नेपाली संघ (एनआरएनए)को उत्तर अमेरिका क्षेत्रको क्षत्रिय सम्मेलन सम्पन्न भएको छ। क्यानाडाको टोरन्टो शहरस्थित होटल र्याडिसनमा दुई दिनसम्म चलेको सम्मेलनले नेपाल विश्वको सबैभन्दा बढी ग्रिन हाइड्रोजन उत्पादन सम्भावना रहेको र त्यसको उपयोगले नेपालको सामाजिक, वातावरण र आर्थिक विकासमा टेवा पुर्याउने निष्कर्ष निकालेको छ।

सम्मेलनमा एनआरएनएका संरक्षक तथा पूर्वअध्यक्ष डा. शेष घलेले प्रतिवेदन पेश गरेका थिए। उनले नेपालको विकासको लागि ग्रिन हाइड्रोजन परियोजनालाई बृहत छलफलमा लैजाने बताए।

“नेपाल विश्वको सबैभन्दा प्रचुरमात्रा ग्रिन हाइड्रोजन उत्पादन सम्भावना भएको देश रहेको छ। यसमा लगानी गरेर नेपालको सामाजिक, वातावरण र आर्थिक बिकासमा टेवा पुर्याउनु पर्छ” घलेले भने।

आएआरएनएका आइसीसी अध्यक्ष विनोद कुँवरका अनुसार नेपालको विकासको लागि ग्रिन हाईड्रोजन परियोजनाबारे थप छलफल गरेर अगाडि बढ्ने सम्मेलनले निर्णय गरेको छ।

गैरआवासीय नेपालीको संवैधानिक अधिकार सुनिश्चित गर्न वंशजको नागरिकतालाई निरन्तरताको लागि थप पहल गर्ने निर्णय गरेको छ। यसअघि पूर्वउपाध्यक्ष सोनाम लामाको नेतृत्वमा बनेको टीमलाई थप शसक्त बनाउने गरेको महासचिव जानकी गुरुङले जारी गरेको घोषणापत्रमा उल्लेख छ।

त्यसैगरी नेपालमा लगानी गर्न विद्यमान कानुनलाई अध्यावधि गर्नुपर्ने निष्कर्ष निकाल्दै त्यसको लागि नेपाल सरकारसँग माग गरेको छ। त्यस्तै, एनआरएनएभित्र देखिएका समस्या समाधानको लागि सबैपक्षसँग समन्वय गर्ने निर्णय पनि सम्मेलनले गरेको छ।
प्रमुख संरक्षक तथा पूर्वअध्यक्ष डा. शेष घलेको प्रमुख आतिथ्यमा सम्पन्न सम्मेलनमा पूर्वउपाध्यक्ष सोनाम लामा, सल्लाहकार एसी शेर्पा, पासाङ्ग लामासहितका एनआरएनएका अगुवाहरुको उपस्थिति रहेको थियो।

सम्मेलनलाई क्यानाडाका सांसदले समेत शुभकामना दिएका थिए।

त्यसैगरी एनआरएनए आइसीसी अध्यक्ष बिनोद कुँवर, उपाध्यक्षहरु थर्क सेन, बीआर लामा, महासचिव जानकी गुरुङ, सचिव कृष्ण केसी, क्षेत्रीय संयोजक कृष्ण पोख्रेल, आइसीसी सदस्यहरु शशिचन्द्र अधिकारी, रश्मि थापा, एनबी टण्डन समेत उपस्थिति रहेको थियो।

सम्मेलन अमेरिका क्षेत्रको संयोजनमा गैरआवासीय नेपाली संघ अमेरिका, गैरआवासीय नेपाली संघ क्यानाडा र गैरआवासीय नेपाली संघ चिलीको संयुक्त आयोजनामा सम्पन्न भएको हो। अमेरिकाका अध्यक्ष सूर्य लम्साल, क्यानाडाका अध्याक्ष कुन्दन घिमिरे, सभापति अन्जनी भट्टराई, चिलीका संयोजक गिरिराज पाण्डे र अमेरिका, क्यानाडा दुवै देशका पदाधिकारी, सल्लाहकारको समेत उपस्थिति रहेको थियो।

पहिलो पटक क्यानाडाले आयोजना गरेको सम्मेलनमा एनआरएनएका पुराना अभियन्ता डा। द्रोण रसाइली, डा. गोविन्द रावतलगायतको सहभागिताले आफूहरुलाई थप ऊर्जा मिलेनको एनआरएनए क्यानाडाले जनाएको छ।

यस्तो छ सात बुँदे घोषणापत्रः

१. गैरआवासीय नेपाली नागरिकताको ऐन नेपालको संबिधानसँग मेल खानेगरी नेपालको संसदले ऐन बनाएर हाम्रो संवैधानिक अधिकार छिटोभन्दा छिटो सुनिश्चित गर्नको लागि हाम्रो पहल निरन्तर रहनेछ। त्यसैगरी हाम्रो वंसजको नेपाली नागरिकतालाइ निरन्तरताको लागि संघका पूर्वउपाध्यक्ष सोनाम लामाको नेतृत्वमा निरन्तर पहल गरिएको छ भने त्यसलाई अझै शशक्त रुपमा लगिने निर्णय गरिएको छ।

२. नेपाल विश्वको सबैभन्दा प्रचूर ग्रिनहाइड्रोजन उत्पादन सम्भावना भएको देश रहेको अध्ययन प्रतिवेदन, यससँग सम्बन्धित भएका प्रयासबारे संघका पूर्वअध्यक्ष डा. शेष घलेद्वारा प्रतिवेदन प्रस्तुत गर्नुभयो। ग्रिन हाइड्रोजन परियोजाले नेपालको सामाजिक, वातावरण र आर्थिक बिकासमा टेवा पुर्याउने हुँदा सो बिषयलाइ अझ बृहत्तर रुपमा छलफलमा लैजाने निर्णय गरियो।

३. गैरआवासीय नेपालीहरुले मातृभूमी नेपालमा गरिएको लगानीको सुनिश्चिता र पैत्रिक सम्पत्ति सुरक्षा सम्बन्धि छलफल गरियो। त्यसलाई नेपालमा लगानी सम्बन्धी अध्यावधिक कानुन र आवश्यक पर्ने थप नियम, कानुनको परिमार्जन र तय गर्नको लागि लवी गर्ने निर्णय गरियो।

४. नेपालमा रहेका बिविधता, समानता र समावेशिता सम्बन्धि उचित अध्ययन र समाधान गर्न नेपाल सरकारसँग माग गर्दछ। साथै त्यसलाई थप नीति तय गर्नको लागि गैरआवासीय नेपाली संघले एक कार्यदल गठन गर्ने निर्णय गरियो।

५. गैरआवासीय नेपाली संघको मूल मर्मलाइ मध्य नजर गर्दै गैरआवासीय नेपाली संघले नेपालको आर्थिक र सामाजिक सम्बृद्धीको लागि योगदान दिन, नेपालसँगको हाम्रो सम्बन्ध भावी सन्ततिसम्म निरन्तर गर्नको लागि हरेक दुइ÷दुइ बर्षमा गरिने अन्तराष्ट्रिय महाधिवेशन नेपालमा नै प्रत्यक्ष रुपमा प्रतिनिधिहरु उपस्थित भएर गर्ने निर्णय गरिएको छ।

६. गैरआवासीय नेपाली संघमा देखिएका असहमति र बिभाजनलाइ एकीकृत रुपमा समेटेर लैजानको लागि सबै पक्षसँग समन्वय गर्दै अगाडि बढ्ने निर्णय गरिएको छ।

७. क्यानाडामा सम्पन्न गरिएको यो क्षेत्रीय सम्मेलनलाई सफल बनाउन खट्नुहुने क्यानाडाका पदाधिकारी, स्वयमसेवक, संचारकर्मी, पत्रकार, संघ–संस्थाका प्रतिनिधिज्यूहरु, समुदाय र सम्पूर्ण उपस्थित गैरआवासीय नेपालीहरुमा गैरआवासीय नेपाली संघ हार्दिक धन्यवाद, आभार व्यक्त गर्दछ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण

काठमाडौं । पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गरेकी छन् । केहीबेर अघि नवनियुक्त

पोखराबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुँदै

कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको हो

लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन

काठमाडाैँ । लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन भएको छ । नेकपा एमालेबाट रुकुम पूर्वकी समानुपातिक सांसद रहेकी

५ महीनामा ३ हजार २८१ विपद्का घटन, २०७ जनाको मृत्यु

काठमाडौं । गत वैशाखदेखि यही भदौ १४ गतेसम्म देशभर कुल ३ हजार २८१ वटा विपद्का घटना घटेका छन् । ती

वीरगञ्जमा ४० जनामा हैजा संक्रमण पुष्टि

काठमाडौं । वीरगन्ज महानगरपालिका वडा नम्बर १२ मुर्लीको नयाँटोलमा हैजासँग लक्षण मिल्ने बिरामी फेला परेका छन । हैजाको संक्रमण पहिचानका

लिपुलेक नेपालको अभिन्न भू-भाग हो : परराष्ट्र मन्त्रालय

काठमाडाैँ । परराष्ट्र मन्त्रालयले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भू-भाग रहेको स्पष्ट पारेको छ । नेपाली भूमि लिपुलेक हुँदै

Techie IT