Techie IT
२०८२ असार २०, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठनेपालद्रुत बस सेवा: गुड्नेभन्दा कुर्ने समय बढी

द्रुत बस सेवा: गुड्नेभन्दा कुर्ने समय बढी


काठमाडौँ । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं। ८ का रामबहादुर थापा सम्भव भएसम्म दु्रत बसै चढ्नुहुन्छ । असोज ४ गतेदेखि नै उहाँले केही समय कुरेरै भए पनि द्रुत बसबाटै यात्रा गर्दै आउनुभएको छ । अरू बस चढ्दा सडक जाममा परिने र समयमै कार्यालयमा पुग्न नसकिने भएकाले आफू सम्भव भएसम्म द्रुत बसबाटै यात्रा गर्ने गरेको उहाँले बताउनुभयो ।

सरकारले असोज ३ गतेदेखि भक्तपुरको सूर्यविनायकबाट काठमाडौँको रत्नपार्कसम्म २५ वटा द्रुत बसमा सेवा सञ्चालन गर्दै आएको छ । द्रुत बसबाट यात्रा गर्दा १० देखि १५ मिनेट चाँडो हुने अनुभव उहाँको छ । द्रुत बस माइतीघर, बानेश्वर, तीनकुने, कोटेश्वर, जडीबुटीलगायत चोकमा जाममा पनि ‘डेडिकेटेड लेन’ बाट बस गुड्ने भएकाले खासै रोकिँदैनन् ।

उहाँले भन्नुभयो, “कार्यालय समयमा सबै बसलाई द्रुत बसकै रूपमा चलाउने अनुमति सरकारले दिने हो भने द्रुत बसै भनेर यात्रु सडकमा कुरेर बस्नुपर्ने अवस्था अन्त्य हुनेछ, समयमै गन्तव्यमा पुगिन्छ ।” अहिले द्रुत बसको सङ्ख्या सीमित भएकाले बस कुर्दाकुर्दै ढिलो हुने गरेको उहाँले गुनासो गर्नुभयो ।

सिन्धुपाल्चोक बलेफी गाउँपालिका वडा नं। ५ स्थानीय घर भई हाल मध्यपुर थिमिको निकोसेरामा बस्दै आउनुभएकी सीता तामाङले पनि द्रुत बसबाट यात्रा गर्दा समय बचत भए पनि बस कुर्दाकुर्दै समय बित्ने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “द्रुत बस सञ्चालनमा आएदेखि नै म सधैँजसो सम्भव भएसम्म द्रुत बसै चढ्छु तर सीमित बस मात्र भएकाले बस कुर्दाकुर्दै समय बित्ने भएकाले कहिलेकाहीँ त अन्य बस चढ्नु र द्रुत बस चढ्नुमा खासै फरक पर्दैन ।”

अहिले सूर्यविनायकदेखि रत्नपार्कसम्मको १३ किलोमिटर दूरीको बाटोमा कार्यालय समयमा अन्य बस चढ्दा एक घण्टादेखि सवा घण्टासम्म लाग्ने गरेको उहाँले सुनाउनुभयो । दु्रत बस चल्दा सार्वजनिक यातायातबाट आवतजावत गर्ने यात्रुका लागि समयको बचत भए पनि बसको सङ्ख्या थोरै भएकाले बस पाउनै कठिन भएको सबै यात्रुको गुनासो छ ।

द्रुत बस सेवाबाट करिब ४० देखि ४५ मिनेटमै सूर्यविनायकबाट रत्नपार्क पु¥याएपछि यात्रु द्रुत बसको सेवाप्रति विश्वस्त भएका छन् तर बसको सङ्ख्या थोरै भएकाले बस कुरिरहनुपरेको गुनासो अधिकांश यात्रुको छ । सरकारले साबिकमा सोही रुटमा चल्दै आएका बसलाई ‘द्रुत बस सेवा’ भन्ने बोर्डमात्र राखेर बस सञ्चालन गर्दै आएको छ । यातायात व्यवस्था विभागका प्रवक्ता ईश्वरीदत्त पनरूले बसको सङ्ख्या थोरै भएको स्वीकार्दै विभागले यातायात व्यवसायीसँग समन्वय गरी द्रुत बसको सङ्ख्या थप गर्न लागेको बताउनुभयो ।

केही दिनमा सोही रुट र अन्य रुटमा पनि विभागले द्रुत बस सेवा विस्तार गर्ने तयारी गरिएको उहाँले बताउनुभयो । सरकारले संविधान दिवसका अवसरमा असोज ३ गतेदेखि सूर्यविनायकबाट रत्नपार्कसम्म द्रुत बस सेवा सञ्चालन गर्दै आएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको सहकार्यमा द्रुत बस सेवा सञ्चालनमा ल्याइएको हो । कार्यालय समयमा बिहान ९ देखि ११ बजेसम्म र अपराह्न ४ देखि ६ बजेसम्म द्रुत सेवाका बस सेवा सञ्चालन हुँदै आएको छ । विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले सरकारले काठमाडौँ उपत्यकाको यातायात क्षेत्रमा सुधार ल्याउने उद्देश्यले द्रुत बस सेवा सञ्चालनमा ल्याइएको बताउनुभयो । उहाँले भन्नुभयो, “आफ्नै सवारीसाधन नभएका व्यक्तिले पनि द्रुत बस चढेर समयमै गन्तव्यमा पुग्न सकिन्छ भन्ने उद्देश्यले सरकारले द्रुत बस सेवा सञ्चालन गरेको हो ।” गोरखापत्र

 




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

नेपालमा डेङ्गु सङ्क्रमणले भयावह रूप लिनसक्ने चेतावनी

काठमाडौं । सरकारले यस वर्ष नेपालमा डेङ्गु सङ्क्रमणले भयावह रूप लिनसक्ने चेतावनी दिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा

नेपालमा लगानी गर्न स्पेनका व्यवसायीलाई प्रधानमन्त्री ओलीको आग्रह

स्पेन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी विस्तार गर्न स्पेनका उद्यमी र व्यवसायीलाई आग्रह गरेका छन् । स्पेनमा रहेकाे

आगामी वर्ष २ सय वटा झोलुङ्गे पुल निर्माण गर्ने सरकारको…

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा २ सय वटा झोलुङ्गे पुल निर्माण गर्ने लक्ष्य लिएको छ । शहरी विकास मन्त्रालयले

कर्णालीमै पहिलोपटक वृतिमार्ग निर्देशन तथा रोजगार मेला

सुर्खेत । कर्णाली प्रदेशमा पहिलोपटक वृत्तिमार्ग निर्देशन तथा रोजगार मेला, २०८२ आयोजना हुने भएको छ । प्रदेश सरकार सामाजिक विकास

६ महिनामा साढे पाँच लाख पर्यटकद्वारा नेपाल भ्रमण

काठमाडाैँ । सन् २०२५ को पहिलो ६ महिनामा साढे पाँच लाखभन्दा बढी विदेशी पर्यटक नेपाल आएका छन् । नेपाल पर्यटन

ताप्लेजुङमा पहिरोले घर पुरिँदा ५ जना घाइते

ताप्लेजुङ । ताप्लेजुङको सिदिङबा गाउँपालिकाको आङखोपमा पहिरोले घर पुरिँदा पाँच जना घाइते भएका छन् । हस्तबहादुर कटुवालको घर पहिरोले पुरिँदा

Techie IT