Techie IT
२०८१ वैशाख २९, शनिबार
NepaliPatra logo
गृहपृष्ठनेपालकोरोला नाकासम्मको पूर्वाधार निर्माण चाँडो सम्पन्न गर्नुपर्छः मुख्यमन्त्री पाण्डे

कोरोला नाकासम्मको पूर्वाधार निर्माण चाँडो सम्पन्न गर्नुपर्छः मुख्यमन्त्री पाण्डे


पोखरा। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कोरोला नाका खुलाउन सरकारको तयारी गरिरहेको जनाउँदै त्यहाँसम्म पुग्नका लागि सडकलगायतका आवश्यक पूर्वाधार निर्माण चाँडो सक्नुपर्नेमा जोड दिएका छन्।

मुस्ताङस्थित कोरोला नाकाको २४ नं सिमास्तम्भको स्थलगत निरीक्षण गर्दै उनले भने, “तिब्बततर्फ भौतिक संरचनाहरू निर्माण भइसकेको देखिन्छ, हाम्रोतर्फ पनि आवश्यक भौतिक संरचना छिटो निर्माण गर्नुपर्छ।” नाका खोल्ने योजना भइरहँदा तिब्बततर्फ सबै तयारी भइसकेका अवस्थामा मुस्ताङतर्फ कुनैपनि संरचना नहुँदा समस्या आउनसक्ने उनले भने।

सुरक्षा जाँच, भन्सार सञ्चालन आदिका लागि हाम्रो तर्फबाट पनि सडकलगायतका आवश्यक भौतिक पूर्वाधार निर्माण जरुरी रहेको उनले भनाइ छ।

उनले हाल रहेको भन्सार र सुरक्षा जाँच नाकाभन्दा पिल्लर भन्दा नौ किलोमिटर तल रहेको उल्लेख गर्दै उनले नाकासम्म पुग्ने सडक स्तरोन्नति गरेर नियमित सवारी आवतजावत गर्न सक्ने बनाउनेतर्फ सरकारको ध्यान गएको बताए।

“कोरोला नाकासम्मको सडक पनि सङ्घ सरकारको गौरवको योजना हो, यसमा प्रदेश सरकारले पनि सहकार्य गरेको छ”, उनले भने,।

निर्माण व्यवसायीको ढिलासुस्तीले सडक निर्माणको काम सुस्त रहेको जनाउँदै उनले छिटो काम सम्पन्न गर्न प्रदेश सरकारले दबाव सिर्जना गर्ने बताए। नाका सञ्चालन सम्बन्धमा सङ्घ सरकार, प्रधानमन्त्री एवम् सम्बन्धित निकायसँग छलफल भइरहेको मुख्यमन्त्री पाण्डेले बताए।

सीमा नाका निरीक्षणसँगै गण्डकी प्रदेशस्तरीय सुरक्षा समिति र मुस्ताङ जिल्लास्तरीय सुरक्षा समितिको बैठक पनि कोरोलामा बसेको थियो। बैठकमा नाका र प्रदेशको सुरक्षा संवेदनशिलता, नाका खुल्दा र नखुल्दा आउन सक्ने चुनौती, समाधानका उपाय, स्थानीयको आवश्यकता लगायतमा छलफल भएको थियो।

उक्त निरीक्षणमा मुख्यमन्त्री पाण्डे, प्रतिनिधिसभा सदस्य योगेश गौचन, प्रदेशसभा सदस्य नाम्डु गुरुङ, बिकल शेरचनलगायतको सहभागिता थियो। मुख्यमन्त्री सहितको टोलीले सिमावर्ती क्षेत्रको गाउँमा पुगी छलफलसमेत गरेको थियो । प्रदेश सरकारबाट सञ्चालित योजनाको अवस्था, चालु वर्षमा बिनियोजित रकम, स्थानीयका समस्या र यसबारे प्रदेश सरकारले गर्न सक्ने सहयोग एवम् भूमिकालगायतका विषयमा छलफल गरिएको थियो।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

रातो मत्स्येन्द्रनाथको रथ तान्न सुरु

काठमाडौँ । रातो मत्स्येन्द्रनाथको रथ शनिबारबाट तान्न सुरु गरिएको छ । पुलचोकमा निर्माण गरिएको रथ शनिबार बाजागाजासहित गःबहाल पुर्याइएको हो

प्रतिनिधि सभाको बैठक जेठ १ गतेसम्मका लागि स्थगित

काठमाडौँ । प्रतिनिधिसभा बैठक स्थगित भएको छ । शुक्रबारको बैठक नेपाली कांग्रेसले अवरोध गरेपछि सभामुख देवराज घिमिरेले आगामी जेठ १

कोशीमा सरकार गठनविरुद्ध परेको रिटमा कारण देखाउ आदेश

काठमाडौँ । कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले दायर गरेको रिटको प्रारम्भिक सुनुवाईमा कारण देखाऊ आदेश जारी भएको छ ।

प्रतिनिधिसभा बैठक बस्न ढिलाइ

काठमाडौँ । दिउँसो दुई बजेको लागि तय भएको प्रतिनिधिसभाको बैठक समयमा सुरु हुन सकेको छैन । दलहरुबीच सहमति नभएपछि बैठक

सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गरेको आरोपमा युवक पक्राउ

काठमाडौँ । सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको साइबर ब्‍यूरोले

पशुपति क्षेत्र विकास कोषलाई राजनीति गर्ने थलो बन्न दिन्नः मन्त्री…

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले पशुपति क्षेत्र विकास कोषलाई राजनीति गर्ने थलो बन्न नदिने बताएका छन्

Techie IT