प्रधानमन्त्री प्रचण्ड बझाङ प्रस्थान
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भूकम्प प्रभावित क्षेत्र अवलोकन गर्न बझाङ प्रस्थान गरेका छन्। प्रधानमन्त्री दाहाल नेपाली सेनाको हेलिकोप्टरबाट केही समयअघि बझाङ प्रस्थान गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
प्रधानमन्त्रीले भूकम्पले क्षति पुर्याएको क्षेत्रको अवलोकन गर्ने जिल्ला विपद व्यवस्थापन समितिसँग छलफल गर्ने कार्यक्रम तय भएको छ। प्रधानमन्त्री दाहालले बझाङ भूकम्प पीडितलाई राहत दिने प्रक्रिया तत्कालै सुरु हुने बताएका छन्।
बझाङको तालकोट र चैनपुर आसपास केन्द्रविन्दु भएर मंगलबार गएको भूकम्प र त्यसपछिका पराकम्पले जिल्लामा धनजनको क्षति पु्र्याएको छ। भूकम्पमा परी एकजनाको मृत्यु भएको छ भने करिब २५ जना घाइते भएका छन्। दर्जनौं घर भत्किएका छन्।
भूकम्परको पराकम्पहरू अझैं रोकिएका छैनन्। बिहीबार राति १०ः५२ र १२ः२४ बजे फेरि भूकम्पको धक्का भएको हो। भुकम्पबाट त्रसित बझाङबासी घर बाहिर खुल्ला चौर,मैदान र सडकमै रात बिताउन बाध्य छन्।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
काठमाडौं । मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त भएकी छन् । मन्त्रिपरिषद्को सोमबारको निर्णय र सिफारिस बमोजिम राष्ट्रपति रामचन्द्र
काठमाडौँ । द ब्रिटिस कलेज (टीबीसी)को ११ औं ग्राजुयसन समारोह सम्पन्न भएको छ । शुक्रबार द सोल्टीमा ब्रिटिस एजुकेशन ग्रुप
काठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभरका २७ वटा कारागारबाट भागेका अधिकांश कैदीबन्दी अझै फर्किएका छैनन् । देशका २७ वटा कारागारबाट
काठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद
काठमाडौं । पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गरेकी छन् । केहीबेर अघि नवनियुक्त
कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको हो