गृहपृष्ठ ∕ नेपाल ∕ इजरायलबाट फर्कन चाहनेलाई तत्काल उद्धार गर्न अध्यक्ष तिमिल्सिनाको आग्रहइजरायलबाट फर्कन चाहनेलाई तत्काल उद्धार गर्न अध्यक्ष तिमिल्सिनाको आग्रह नेपालीपत्र सोमबार, २०८० असोज २२ गते, १२:५६ मा प्रकाशित नेपाल काठमाडौँ। राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले इजरायलमा प्यालेस्टिनी लडाकू समूह हमासको आक्रमणमा परी १० जना नेपाली विद्यार्थीको निधनप्रति दुःख व्यक्त गरेका छन्।अध्यक्ष तिमिल्सिनाले आज शोक विज्ञप्ति जारी गर्दै विद्यार्थीको निधन भएको खबरले आफूलाई स्तब्ध बनाएको उल्लेख गरे। उनले नेपाल फर्कन चाहने अन्यलाई तत्काल उद्धार गर्न सरकारसँग विज्ञप्तिमार्फत आग्रह गरेका छन्।विज्ञप्तिमा भनिएको छ, “घाइतेको शीघ्र स्वास्थ्यलाभको कामनाका साथ इजरायलमा रहेका नेपालीको उद्धार, राहत र नेपाल फर्कन चाहनेलाई शीघ्र स्वदेश फर्काउने सम्पूर्ण व्यवस्था मिलाउन नेपाल सरकारसमक्ष विशेष अनुरोध गर्दछु।” अध्यक्ष तिमिल्सिनाले शोकको यस घडीमा दिवङ्गत भएकाप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन्। #इजरायलग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार मधेश प्रदेश प्रमुख भण्डारी पदमुक्तकाठमाडौं । मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त भएकी छन् । मन्त्रिपरिषद्को सोमबारको निर्णय र सिफारिस बमोजिम राष्ट्रपति रामचन्द्र ब्रिटिस कलेजको ११ औँ ग्राजुयसनमा ६०० भन्दा बढी ग्राजुयट सम्मानितकाठमाडौँ । द ब्रिटिस कलेज (टीबीसी)को ११ औं ग्राजुयसन समारोह सम्पन्न भएको छ । शुक्रबार द सोल्टीमा ब्रिटिस एजुकेशन ग्रुप देशभरका २७ वटा कारागारका ९ हजार बढी कैदीबन्दी अझै फरारकाठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभरका २७ वटा कारागारबाट भागेका अधिकांश कैदीबन्दी अझै फर्किएका छैनन् । देशका २७ वटा कारागारबाट जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जलीकाठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहणकाठमाडौं । पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गरेकी छन् । केहीबेर अघि नवनियुक्त पोखराबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुँदैकास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको होधेरै पढिएका खबर १ चर्चामा संसारकै पातलो होटल ‘पिटूरुम्स’ २ मधेश प्रदेश प्रमुख भण्डारी पदमुक्त ३ ब्रिटिस कलेजको ११ औँ ग्राजुयसनमा ६०० भन्दा बढी ग्राजुयट सम्मानित ४ ‘बलिदान’को ओएसटी गीत ‘यो ज्यान बलिदान’ सार्वजनिक, मातृभूमिप्रति पुत्रको भावनात्मक समर्पण ५ देशभरका २७ वटा कारागारका ९ हजार बढी कैदीबन्दी अझै फरार ६ जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जली ७ भैरहवा भन्सार कार्यालयले अस्थायी संरचनाबाट अत्यावश्यक सामाग्री ल्याउदैThe Film Nepal