Techie IT
२०८१ वैशाख १७, सोमबार
NepaliPatra logo
गृहपृष्ठनेपालपरराष्ट्रमन्त्री साउदको आग्रहः तत्काल व्यक्तिगत र पार्टीगत रुपमा इजरायल भ्रमण नजानु

परराष्ट्रमन्त्री साउदको आग्रहः तत्काल व्यक्तिगत र पार्टीगत रुपमा इजरायल भ्रमण नजानु


काठमाडौ । परराष्ट्रमन्त्री एनपी साउदले राजनीतिक तहमा आधिकारिक निर्णय बाहेक तत्काल व्यक्तिगत र पार्टीगत रुपमा इजरायल भ्रमण नगर्न आग्रह गरेका छन् ।

इजरायलमा भएको आक्रमण र त्यहाँ रहेका नेपालीहरुको अवस्थाका बारेमा संसदको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा जानकारी गराउनु हुँदै उनले यस्तो आग्रह गरेका हुन् ।

मन्त्री साउदले हमास समूहले आक्रमण गरेपछि इजरायलको अवस्था संवेदनशील रहेको जानकारी दिँदै अहिलेको अवस्थालाई राजनीतिकरण नगर्न पनि आग्रह गरे ।

“अवस्था संवेदनशील छ । त्यसैले राजनीतिक तहमा आधिकारिक निर्णय बाहेक व्यक्तिगत, पार्टीगत रुपमा इजरायल भ्रमण नगर्न अनुरोध छ”, उनले भने, “यो अवस्थालाई राजनीतिकरण नगरौँ ।” बैठकमा सांसदहरुले इजरायलमा नेपालीको उद्धारका लागि नेपाल सरकारले गरेको प्रयासको सराहना गर्दै थप कार्य गर्न सुझाएका थिए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

लगानी सम्मेलनबाट नौ अर्ब १३ करोड लगानी स्वीकृति

काठमाडौँ । लगानी सम्मेलनबाट नौ अर्ब १३ करोड लगानी स्वीकृति भएको छ । उद्योग विभागले सोमबार चार योजनामा नौ अर्ब

अभिनेता सिपी लोहनीको निधन

काठमाडौं । कलाकार सिपी लोहनीको निधन भएको छ। उनको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारको क्रममा निधन भएको हो। लोहनी चर्चित नेपाली

विश्व बैंकको सहयोगमा पराशर मार्ग कालोपत्र गर्न सम्झौता

काठमाडौँ । विश्व बैंकको सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनामा रहेको पराशर माग कालोपत्रको लागि सम्झौता भएको छ । व्यास नगरपालिका

लगानी सम्मेलन भव्य रुपमा सफल भयोः अर्थमन्त्री

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन– २०२४ भव्य रुपमा सफल भएको दाबी गरेका छन् । सम्मेलनमा भाग

सिंहदरबार प्रवेश गर्न अब अनलाइनबाटै पास

काठमाडौँ । देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज र प्रविधिमैत्री बनाउन अनलाइनबाटै प्रवेश पासको व्यवस्था गरिएको छ ।

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृह मन्त्रालयको पत्राचार

काठमाडौँ । गृह मन्त्रालयले विद्यार्थी बोक्ने गाडीको गति निर्धारणका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पत्राचार गरेको छ । तीव्र

Techie IT