Techie IT
२०८३ असार १२, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठनेपालकिष्ट अस्पतालद्वारा कलेजो र मिर्गौलाको एकैसाथ प्रत्यारोपण

किष्ट अस्पतालद्वारा कलेजो र मिर्गौलाको एकैसाथ प्रत्यारोपण


काठमाडौँ। ललितपुरस्थित किष्ट शिक्षण अस्पतालले एक जना बिरामीको दुई महत्त्वपूर्ण अङ्गको एकै पटकमा प्रत्यारोपण शल्यक्रिया गरेको छ।

सोमबार अस्पतालले एक जना बिरामीको कलेजो र मिर्गौलाको प्रत्यारोपण शल्यक्रिया सम्पन्न गरेको अस्पतालका प्रा.डा. सुरज बज्राचार्यले जानकारी दिए।

चितवन भरतपुरकी ३४ वर्षीया महिलाको कलेजो र मिर्गौलाको प्रत्यारोपण गरिएको हो। ३४ वर्षीय श्रीमानले उनलाई कलेजो दान दिएका थिए भने उनकी ३२ वर्षीया भाउजूले मिर्गौला दान गरेकी हुन्।

बिरामी महिलामा जन्मजात रोग देखिएको थियो। कलेजोका कारणले दुबै मिर्गौला बिग्रिएको थियो। मिर्गौला बिग्रिएर उनले अस्पतालबाट डायलाइसिस सेवा लिइरहेकी थिइन्। कलेजोबाट निस्किएको रसायनका कारण मिर्गौला खराब भएको बज्राचार्यले बताए।

त्यसैले एकैसाथ दुबै अङ्गको प्रत्यारोपण गर्नुपरेको अस्पतालले जनाएको छ। प्रा।डा। बज्राचार्यका अनुसार यो नेपालको इतिहासमै पहिलो पटक गरिएको हो।

शल्यक्रिया गर्न १८ घण्टाभन्दा बढी समय लागेको र शल्यक्रिया गर्न १०० जना भन्दा बढी जनशक्ति परिचालन भएको बज्राचार्यले बताए।

वरिष्ठ ट्रान्सप्लान्ट सर्जन, ट्रान्सप्लान्ट फिजिसियन, एनेस्थेसियोलोजिस्ट, आइसियु क्रिटिकल केयर विशेषज्ञ, ब्लडबैंक विशेषज्ञ, इन्टरभेन्सनल रेडियोलोजिस्ट, स्पेसियलिस्ट फिजिसियन, सर्जन तथा नर्सिङका दक्ष प्राविधिकहरू परिचालन भएका थिए।

किष्ट शिक्षण अस्पतालमा ११५ जना भन्दा धेरैको अङ्ग प्रत्यारोपण शल्यक्रिया गरिसकेको छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

मधेश प्रदेश प्रमुख भण्डारी पदमुक्त

काठमाडौं । मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त भएकी छन् । मन्त्रिपरिषद्को सोमबारको निर्णय र सिफारिस बमोजिम राष्ट्रपति रामचन्द्र

ब्रिटिस कलेजको ११ औँ ग्राजुयसनमा ६०० भन्दा बढी ग्राजुयट सम्मानित

काठमाडौँ । द ब्रिटिस कलेज (टीबीसी)को ११ औं ग्राजुयसन समारोह सम्पन्न भएको छ । शुक्रबार द सोल्टीमा ब्रिटिस एजुकेशन ग्रुप

देशभरका २७ वटा कारागारका ९ हजार बढी कैदीबन्दी अझै फरार

काठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभरका २७ वटा कारागारबाट भागेका अधिकांश कैदीबन्दी अझै फर्किएका छैनन् । देशका २७ वटा कारागारबाट

जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जली

काठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण

काठमाडौं । पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गरेकी छन् । केहीबेर अघि नवनियुक्त

पोखराबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुँदै

कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको हो

Techie IT