Techie IT
२०८२ भदौ १, आईतबार
NepaliPatra logo
गृहपृष्ठनेपालचार जनाको सामुहिक हत्याका अभियुक्त भण्डारी कारागार चलान

चार जनाको सामुहिक हत्याका अभियुक्त भण्डारी कारागार चलान


काठमाडौँ। काठमाडौँको तीनकुनेस्थित दिव्य सःमिलमा भएको चार जनाको बीभत्स हत्याका अभियुक्त सञ्जय भण्डारी कारागार चलान भएका छन्।

शुक्रबार काठमाडौँ जिल्ला अदालतले सिन्धुपाल्चोक बाह्रबीसे नगरपालिका ९ का २३ वर्षीय भण्डारीलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो।

प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाएपछि जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले जिल्ला अदालतमा हत्यामा संलग्न एकजनालाई प्रतिवादी बनाएर बिहीबार मुद्दा दायर गरेको थियो।

काष्ठ उद्योगभित्र दोलखाको कालिञ्चोक गाउँपालिका ८ का पूर्णबहादुर भुजेल, श्रीमती अम्बिका भुजेल र आमा शुभद्रा भुजेल, धनकुटा भीरगाउँ घर भई हाल मोरङको बेलबारी नगरपालिका २ बस्ने १९ वर्षीय नवीन राईको हत्या भएको थियो।

उनीहरूको हत्या अभियोगमा भदौ ३१ गते काठमाडौँ प्रहरी परिसरले पक्राउ गरेको थियो।

भण्डारीले बयानका क्रममा हत्या कसरी गरे भन्ने खुलाएका छन्। उनले नवीन राई भन्ने विशाल राईसँग आफ्नो रिसइबी रहेको र उनलाई धारिलो हतियार खुकुरी प्रहार गरी हत्या गरेको स्वीकार गरेका छन्।

हत्या गर्ने क्रममा घटना बाहिर आउने भएकाले घटना देख्ने सोही स्थानमा रहेका भुजेल परिवारलाई पनि सिध्याएको बयान दिएका छन्।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

र्‍यान्डमले चलायो पोखरामा कर्णालीको चर्चा

पोखरा, साउन ३१ गते । र्‍यान्डम रिडर्स सोसाइटीले शनिवार पोखरामा कर्णालीको चर्चा चलाएको छ । माधव चौलागाईँको कृति ‘सपादलक्ष कर्णाली’

कुवेतमा विषाक्त रक्सी खाएर बिरामी परेका थप २ जना नेपालीको…

काठमाडौं । कुवेतमा विषाक्त रक्सी खाएर बिरामी परेका थप दुई जना नेपालीको मृत्यु भएको छ । कुवेतमा रहेको नेपाली दूतावासका

पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा

काठमाडौं । सुक्खा पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड खुलेको छ । आज बिहान चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोलानजिक सडकमा पहिरो खसेपछि

गएको आर्थिक वर्षमा सरकारको खर्च १५ खर्ब ८ अर्ब रुपैयाँ

काठमाडाैँ । गएको आर्थिक वर्षमा सरकारको १५ खर्ब ८ अर्ब २३ करोड ११ लाख रुपैयाँ खर्च भएको छ । यसअघि,

व्यवसायिक अकबरे खुर्सानी खेती गरेका कृषकलाई बजारको चिन्ता

म्याग्दी । व्यवसायिक अकबरे खुर्सानी खेती गरेका म्याग्दी र पर्वतका कृषकलाई बजारको चिन्ताले सताएको छ । बजारको अभावले किसानहरु मर्कामा

प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीले बोधगयामा भेटवार्ता गर्ने

काठमाडौं । प्रधानमन्त्री के.पी. शर्मा ओलीले आगामी भारत भ्रमणमा समकक्षी नरेन्द्र मोदीसँग बोधगयामा द्विपक्षीय भेटवार्ता गर्ने तय भएको छ ।

Techie IT