Techie IT
२०८१ वैशाख २५, मंगलबार
NepaliPatra logo
गृहपृष्ठUKइजराइलको निकासी योजना ‘पूर्णतः असम्भव’: बोरेल

इजराइलको निकासी योजना ‘पूर्णतः असम्भव’: बोरेल


एजेन्सी । युरोपेली युनियन (इयु) का विदेश नीति प्रमुख जोसेप बोरेलले उत्तरी गाजाबाट एकै दिनमा १० लाखभन्दा बढी मानिसलाई बाहिर निकाल्ने इजराइलको योजना कार्यान्वयन गर्न पूर्णरूपमा असम्भव रहेको शनिबार बताएका छन् ।

इजराइलको इतिहासमा सबैभन्दा घातक हमलाको बदला लिन प्यालेस्टिनी इस्लामिस्ट सङ्गठनविरुद्ध अपेक्षित जमिन आक्रमण गर्नुअघि इजराइलले उत्तरी गाजाका बासिन्दाहरूलाई सो स्थान खाली गर्न चेतावनी दिएको छ ।

“युरोपेली युनियनको अधिकारीको प्रतिनिधित्व गर्दै यो (खाली गराउने योजना) कार्यान्वयन गर्न पूर्णरूपमा असम्भव रहेको म भन्छु”, चीनको तीन दिने कूटनीतिक भ्रमणको अन्तिम दिन बेइजिङमा बोरेलले पत्रकारहरूसँग भने, “गाजा जस्तो परिस्थितिमा २४ घन्टाभित्र १०लाख मानिसलाई सार्न सकिन्छ भनेर कल्पना गर्नु मानवीय सङ्कट मात्र हुन सक्छ ।”

युरोपेली युनियनका प्रमुख उर्सुला भोन डेर लेयेनले इजराइलको भ्रमणका क्रममा शुक्रबार इजराइली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुलाई समर्थन रहेको बताएका थिए। “युरोप इजराइलको पक्षमा उभिन्छ”, इजराइललाई आफ्ना नागरिकहरूको रक्षा गर्ने कर्तव्य थियो भन्दै उनले भने ।

तर आफ्नो रक्षा गर्ने प्रक्रियामा इजराइल पनि अन्तर्राष्ट्रिय कानूनको पालना गर्न बाध्य हुन्छ भन्ने बेइजिङमा बोरेलको टिप्पणीले त्यस्तो पुष्टिमा सीमा निर्धारण गरेको देखिएको छ ।

“स्थिति स्पष्ट छ, हामी वास्तवमै आफ्नो रक्षा गर्ने इजराइलको अधिकारको रक्षा गर्छौँ”, बोरेलले भने, “तर कुनै पनि अधिकारको कुरा गर्दा यसमा सीमा हुन्छ र यो सीमा भनेको अन्तर्राष्ट्रिय कानून हो ।” रासस/एएफपी




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

बेलायतमा चलचित्र मनसराको ग्राण्ड प्रिमियर हुँदै

लण्डन । बेलायतमा चलचित्र मनसराको ग्राण्ड प्रिमियर हुने भएको छ । मे ११ शनिवारको दिन गोर्खा वरियर्सको आयोजनामा बेलायतको भ्यू

लण्डन म्याराथनमा नेपाली धावक गोपीचन्द्रको उत्कृष्ट प्रदर्शन

लण्डन । लण्डन म्याराथनमा नेपाली धावक गोपीचन्द्र पार्कीले उत्कृष्ट प्रदर्शन गरेका छन् । गोपीचन्द्रले २६ माइल दुरीको दौड २ घण्टा

पोर्चुगलमा समुद्रमा बेपत्ता भएका युवाको शव भेटियो

लण्डन । पोर्चुगलमा समुद्रमा बेपत्ता भएका नेपाली युवाको शव भेटिएको छ । सामुद्रिक खाना सेलफिस खोज्ने क्रममा करिब दुई साताअघिदेखि

पासा पुचः गुथि यूकेले बिस्का जात्रा मनाउने

लण्डन । पासा पुचः गुथि यूकेले शनिबार १३ अप्रिलका दिन ‘लण्डन बिस्का जात्रा’ मनाउँदैछ । नेपाली नयाँ वर्ष २०८१ वैशाख

ह्यारिस भए आयरल्याण्डकाे सबैभन्दा कान्छो प्रधानमन्त्री

लण्डन । आयरल्याण्डको संसदले सिमोन ह्यारिसलाई देशको नयाँ र सबैभन्दा कान्छो प्रधानमन्त्रीको रूपमा चयन गरेको छ । लियो वराडकरको गत

पोर्चुगलमा एक नेपालीको मृत्यु, अर्का बेपत्ता

पोर्चुगल । पोर्चुगलमा समुद्रमा डुबेर एक नेपालीको मृत्यु भएको छ भने अर्का नेपाली युवा बेपत्ता भएका छन् । शनिबार राति

Techie IT