Techie IT
२०८३ असोज २५, आईतबार
NepaliPatra logo
गृहपृष्ठ ∕ खेल ∕ यी हुन् एकदिवसीय विश्वकपमा सबैभन्दा छिटो शतक प्रहार गर्ने १० खेलाडी

यी हुन् एकदिवसीय विश्वकपमा सबैभन्दा छिटो शतक प्रहार गर्ने १० खेलाडी


एजेन्सी । भारतका कप्तान रोहित शर्माले अफगानिस्तानविरुद्ध ६३ बलमा शतक प्रहार गरे । उनी विश्वकपमा सबैभन्दा छिटो शतक बनाउने भारतका ब्याट्सम्यान पनि बनेका छन् । रोहितले कपिल देवको ४० वर्ष पुरानो कीर्तिमान तोडे ।

तर, तपाईलाई यो थाहा पाउँदा अचम्म लाग्न सक्छ कि रोहित एकदिवसीय विश्वकपमा सबैभन्दा छिटो शतक बनाउने सूचीमा शीर्ष पाँचमा पनि पर्दैनन् । ५० ओभरको विश्वकपमा सबैभन्दा छिटो शतक प्रहार गर्ने शीर्ष १० ब्याट्सम्यान को हुन् रु यसबारे यहाँ चर्चा गरौँ ।

१. एडेन मार्करम

यस विश्वकपमा श्रीलंकाविरुद्धको खेलमा एडम मार्करामले सबैभन्दा छिटो शतक प्रहार गर्ने कीर्तिमान बनाएका थिए । मार्करामले ४९ बलमा शतक बनाएर केभिन ओ’ब्रायनको १२ वर्ष पुरानो कीर्तिमान तोडे ।

२. केभिन ओ’ब्रायन

आयरल्याण्डका ब्याट्सम्यान केभिन ओ’ब्रायन एकदिवसीय विश्वकपमा सबैभन्दा छिटो शतक बनाउनेमा दोस्रो स्थानमा छन् । केभिनले सन् २०११ मा इंग्ल्याण्डविरुद्ध ५० बलमा शतक बनाएका थिए ।

३. ग्लेन म्याक्सवेल

ग्लेन म्याक्सवेल एकदिवसीय विश्वकपमा सबैभन्दा छिटो शतक बनाउनेको सूचीमा तेस्रो स्थानमा छन् । म्याक्सवेलले सन् २०१५ मा श्रीलंकाविरुद्ध ५१ बलमा शतक बनाएका थिए ।

४. एबी डिभिलियर्स

एबी डिभिलियर्स ५० ओभरको विश्वकपमा सबैभन्दा छिटो शतक बनाउनेमा चौथो स्थानमा छन् । डिभिलियर्सले सन् २०१५ मा वेस्ट इन्डिजविरुद्ध ५२ बलमा शतक बनाएका थिए ।

५. इयोन मोर्गन

इयोन मोर्गन एकदिवसीय विश्वकपमा सबैभन्दा छिटो शतक बनाउनेमा पाँचौं स्थानमा छन् । मोर्गनले २०१९ मा अफगानिस्तानविरुद्ध ५७ बलमा शतक बनाएका थिए ।

६. रोहित शर्मा

रोहित शर्माले आईसीसी विश्वकप २०२३ मा अफगानिस्तानविरुद्ध एकदिवसीय विश्वकपको छैटौं छिटो शतक प्रहार गरेका छन् । उनले ६३ बलमा शतक बनाएर आफ्नो नाम यो विशेष सूचीमा दर्ता गराए ।

७. कुशल मेन्डिस

आईसीसी विश्वकप २०२३ मा पाकिस्तान विरुद्ध खेल्दा कुशल मेन्डिसले एकदिवसीय विश्वकप इतिहासमा सातौं सबैभन्दा छिटो शतक बनाए । मेन्डिसले विस्फोटक शैलीमा ब्याटिङ गर्दै ६५ बलमा शतक बनाए ।

८. म्याथ्यू हेडेन

आईसीसी एकदिवसीय विश्वकपमा सबैभन्दा छिटो शतक बनाउनेमा म्याथ्यु हेडन आठौं स्थानमा छन् । हेडनले सन् २००७ मा दक्षिण अफ्रिकाविरुद्ध ६६ बलमा शतक बनाएका थिए ।

९. जोन डेभिसन

क्यानडाका ब्याट्सम्यान जोन डेभिसनले एकदिवसीय विश्वकपमा ९औं छिटो शतक बनाएका छन् । डेभिसनले सन् २००३ मा वेस्ट इन्डिजविरुद्ध ६७ बलमा शतक बनाएका थिए ।

१०. कुमार सांगकारा

एकदिवसीय विश्वकपमा सबैभन्दा छिटो शतक बनाउनेमा कुमार सांगकारा १० नम्बरमा छन् । सन् २०१५ मा इंग्ल्याण्डविरुद्ध खेल्दा संगकाराले ७० बलमा शतक बनाएका थिए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जली

काठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद

टप एन्ड टि–२० सिरिजमा नेपालको लगातार दोस्रो जित

काठमाडौं । नेपालले टप एन्ड टि–ट्वान्टी सिरिजमा लगातार दोस्रो जित निकालेको छ । सोमपाल कामीको सानदार बलिङमा नेपालले बुधबार मेलबर्न

ऐन, कानून, नियमविपरीत विज्ञापन नगर्न क्यानलाई विज्ञापन बोर्डद्वारा सचेत

काठमाडाैँ । विज्ञापन बोर्डले प्रचलित ऐन, कानून, नियमविपरीत विज्ञापन नगर्न नेपाल क्रिकेट सङ्घ (क्यान)लाई सचेत गराएको छ । क्यानले गएको

डुरान्ड कप : त्रिभुवन आर्मी समूह चरणबाटै बाहिरियो

काठमाडौं । त्रिभुवन आर्मी फुटबल क्लब भारतमा भइरहेको डुरान्ड कपको समूह चरणबाटै बाहिरिएको छ । जमशेदपुरको जेआरडी स्पोर्टस कम्प्लेक्स मंगलबार

‘फिफा फुटबल फर स्कुल’ कार्यक्रमको शुभारम्भ

काठमाडौं । प्रधानमन्त्री के.पी. शर्मा ओलीले खेल क्षेत्रको विकासमा सरकारले बिशेष प्राथमिकता दिएको बताएका छन् । अखिल नेपाल फुटबल संघ

नेपाल र कुवेतले वार्षिक द्विपक्षीय क्रिकेट शृङ्खला खेल्ने

काठमाडाैँ । नेपाल क्रिकेट सङ्घ (क्यान) र कुवेत क्रिकेट बोर्ड बीच क्रिकेटलाई अगाडि बढाउन द्विपक्षीय शृङखला आयोजना गर्न सहमति भएकाे

Techie IT