Techie IT
२०८२ असार २०, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रिय‘हमास आतंकवादीलाई सहयोग गर्ने कुनै पनि देशले गम्भीर परिणाम भोग्नुपर्नेछ’

‘हमास आतंकवादीलाई सहयोग गर्ने कुनै पनि देशले गम्भीर परिणाम भोग्नुपर्नेछ’


एजेन्सी । विगत ११ दिनदेखि इजरायल र हमासबीच जारी युद्ध अहिले आक्रामक बन्दै गएको छ । मध्य गाजाको अल अहली अस्पतालमा मङ्गलबार राति भएको आक्रमणमा ५०० जनाको ज्यान गएको छ ।

इजरायल र हमासले हमलाको लागि एकअर्कालाई दोष दिइरहेका छन्। दुई देशबीच जारी युद्धको बीचमा अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायल पुगेर अमेरिका पूर्ण शक्तिका साथ इजरायलको साथमा रहेको बताएका छन् ।

हमासलाई जरैदेखि उखेल्न यो युद्धमा इजरायलको पूर्ण साथमा रहेको अमेरिकाले स्पष्ट पारेको छ । यस अवधिमा वेस्ट बैंकमा बसोबास गर्ने लाखौं प्यालेस्टिनीहरूलाई मद्दत गर्न १० करोड डलरको राहत प्याकेज घोषणा गरिएको छ।

इजरायल भ्रमणका क्रममा अमेरिकी राष्ट्रपतिले हमासलाई सहयोग गर्न तयार रहेका विश्वका राष्ट्रहरूलाई पनि चेतावनी दिए ।

उनले हमास आतंकवादीलाई सहयोग गर्ने कुनै पनि देशले गम्भीर परिणाम भोग्नुपर्ने बताए।

उनले भने, ‘हाम्रो उद्देश्य हमासलाई पूर्ण रूपमा हटाउनु हो। यो युद्धमा अमेरिका पूर्ण शक्तिका साथ इजरायलको साथमा उभिएको छ ।’




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

थाइल्यान्डमा एक सातामा तेस्रो प्रधानमन्त्री

एजेन्सी । थाइल्यान्डमा बिहीबार एक साताको बीचमा तेस्रो व्यक्तिलाई प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार संवैधानिक अदालतले

अदालतको अवहेलनामा हसिनालाई ६ महिनाको जेल सजाय

एजेन्सी । बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई अदालतको अवहेलना गरेको अभियोगमा दोषी ठहर गर्दै ६ महिनाको जेल सजाय सुनाइएको छ ।

राष्ट्रपति ट्रम्पको कर तथा खर्चसम्बन्धी विधेयक पारित

एजेन्सी । अमेरिकी सिनेटमा राष्ट्रपति डोनाल्ड ट्रम्पको कर तथा खर्चसम्बन्धी विधेयक थोरै मतान्तरले पारित भएको छ । ‘वन बिग ब्यूटीफुल

गाजामा इजरायली आक्रमण हुँदा ८१ जनाको मृत्यु, ४ सय जना…

एजेन्सी । इजरायली हवाई आक्रमणमा गाजामा ८१ जनाको मृत्यु भएको छ भने ४ सय जना घाइते भएका छन्। हमासद्वारा सञ्चालित

ब्राजिलमा हट एयर बेलुन दुर्घटना हुँद ८ जनाको मृत्यु

एजेन्सी । दक्षिणी ब्राजिलमा हट एयर बेलुन दुर्घटना हुँद ८ जनाको मृत्यु भएको छ । ब्राजिलको दक्षिणी क्षेत्र सान्ता क्याटरिनामा

अमेरिकाद्वारा इरानमा आक्रमण

एजेन्सी । अमेरिकाले इरानका परमाणु केन्द्रमा आक्रमण गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले इरानको तीन प्रमुख आणविक साइटहरूमा

Techie IT