Techie IT
२०८२ कात्तिक १०, आईतबार
NepaliPatra logo
गृहपृष्ठनेपालबाह्र वर्षपछि भोजपुरको निशान भगवती मन्दिरमा निशान पुनःस्थापना

बाह्र वर्षपछि भोजपुरको निशान भगवती मन्दिरमा निशान पुनःस्थापना


भोजपुर । भोजपुरको प्रसिद्ध निशान भगवती मन्दिरमा १२ वर्षपछि निशान पुनःस्थापना गरिएको छ । नेपाली सेनाले यहाँको जीर्ण बनेको मन्दिरको पुनःनिर्माणपश्चात निशान स्थापना गरेको हो ।

भोजपुरको इतिहास बोकेको निशान भवगती मन्दिरको गत वर्ष नेपाली सेनाले पुनःनिर्माण गरेको थियो । पृथ्वीनारायण शाहले नेपाल एकीकरणको समयमा १८२६ मा स्थापना गरेको मन्दिर संरक्षणको अभावमा जीर्ण बनेको थियो । जीर्णोद्धारपश्चात मन्दिरमा निशान पुनःस्थापना गरिएको हो ।

मन्दिरमा निशान पुनःस्थापना गर्दै नेपाली सेनाका पूर्वी पृतना हेडक्र्वाटरका पृतनापति उपरथी आशबहादुर तामाङले सेनाले पौराणिक र इतिहास बोकेका ठाउँको संरक्षण गर्दै लैजाने नीतिअनुसार मन्दिरको संरक्षणसँगै निशानको पुनःस्थापना गरिएको बताए । सेनाले धार्मिक, सांस्कृतिक तथा गढीहरूको संरक्षणको क्षेत्रमा काम गर्दै आएको उनको भनाइ छ ।

“सेनाले पौराणिक महत्व र इतिहास बोकेका स्थलको संरक्षण गर्दै आएको छ”, उनले भने, “यो मन्दिरको संरक्षणसँगै निशानको पुनःस्थापना गरिएको छ । आगामी दिनमा संरक्षण तथा विकासमा स्थानीयवासीसँगै स्थानीय सरकारले ध्यान दिन आवश्यक छ ।”

इतिहास बोकेको मन्दिरको संरक्षणसँगै निशान पुनःस्थापना गरिएपछि स्थानीयवासी उत्साहित भएका छन् । मन्दिरको पुनःस्थापनाले भोजपुरको इतिहासलाई जोगाउन सहयोग पुग्ने स्थानीयवासी विनम श्रेष्ठले बताए । “यो भोजपुरको इतिहास बोकेको मन्दिरको पुुनःनिर्माणसँगै निशानको पुनःस्थापना गरिएको छ”, उनले भने, “सेनाले जीर्णोद्धारपश्चात निशान पनि राखेको छ । यसले यहाँको इतिहास संरक्षणमा टेवा पुग्ने छ ।”

गरुडदल गुल्म रहँदासम्म यहाँ भव्यरूपमा पूजाआजा हुने गरे पनि गुल्म स्थानान्तरण भएपछि पराम्परा लोप हुँदै आएको स्थानीयवासीको भनाइ छ । विसं २०३९ मा यहाँबाट गुल्म स्थानान्तरण भएको थियो । गुल्म स्थानान्तरण भएसँगै आफ्नो निशान लगेपछि क्रमिकरूपमा यो चलन लोप हुँदै गएको स्थानीय जानकार जीवन श्रेष्ठले बताए । पुनः निशान भगवतीको स्थापनापछि इतिहासलाई जोगाउन सहयोग पुगेको उनको भनाइ छ ।

गरुडदल गुल्म २०२० साल चैतदेखि २०३९ साल फागुनसम्म भोजपुरमा तैनाथ रहेको थियो । यहाँबाट स्थानान्तरण भएपछि तीनपटकको प्रयासपछि मात्र निशान बाहिर लैजान सफल भएको मन्दिर संरक्षण समितिका अध्यक्ष डम्बर श्रेष्ठले बताए । विसं २०६८ मा धेरैपटकको प्रयासपछि यहाँको निशान पाल्पा लगिएको थियो । दुईपटकसम्म निशान लिन आएको हेलिकोप्टरको स्टार्ट बन्द भएपछि तेस्रोपटकको प्रयासमा मात्र स्थानान्तरण गरिएको उनको भनाइ छ ।

“तत्कालीन समयमा यहाँबाट निशान लैजान समस्या भएको थियो”, उनले भने, “तीनपटकको प्रयासपछि मात्र निशान यहाँबाट अन्य ठाउँमा लैजान सेना सफल भएको थियो । स्थानीयवासीको मागअनुसार सेनाको पहलमा पुनःनिशान फिर्ता ल्याउने काम सफल भएको छ ।”

भोजपुर नगरपालिका नगरप्रमुख कैलाशकुमार आलेले मन्दिरको निर्माण तथा निशान पुनःस्थापना गर्न नेपाली सेनाले खेलेको भूमिका उल्लेख्य रहेको बताउँदै मन्दिरको आगामी दिनमा संरक्षण्का लागि पूर्ण स्वामित्व लिनसमेत नगरपालिका तयार रहेको बताए । यस्ता इतिहास बोकेका ठाउँहरूको संरक्षणमा ध्यान दिनुपर्ने उनको भनाइ छ । मन्दिर जिल्ला कारागारको परिसरमा रहेकाले यसलाई सहजरूपमा स्थानीयले पूजाआजा गर्ने वातावरण मिलाउनमा पहल गर्ने नगरप्रमुख आलेको भनाइ छ ।

“सबैको साथ सहयोगमा स्थानीयको मागअनुसार मन्दिरसँगै निशान पुनःस्थापना गर्न सफल भएका छौँ”, उनले भन्नुभयो, “कारागार परिसरमा मन्दिर रहेकाले सुरक्षाका कारण स्थानीयलाई समस्या छ । यहाँ सर्वसाधरणले सहजरूपमा दर्शन गर्ने वातावरण मिलाउन नगरले पहल गर्नेछ ।”

मन्दिरमा निशान स्थापनाले खुसी थपेको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले बताउनुभयो । कारागार परिसरमा मन्दिर रहेकाले स्थानीयले विशेष दिनमा मात्र मन्दिर दर्शन गर्दै आएकाले कारागार भवन बनेपछि थप सहज हुने उनको भनाइ छ । स्थानीयलाई सहजरूपमा दर्शन गराउने वातावरण बनाउन सबैले पहल थाल्नुपर्ने उनले बताए ।

गत वर्ष रु २१ लाख २६ हजार चार सय ५४ लागतमा मन्दिर पुनःनिर्माण सम्पन्न भएको हो । नेपाली सेनाबाट रु १५ लाख, स्थानीय तहसँगै विभिन्न सङ्घसंस्था तथा मन्दिर व्यवस्थापन समितिबाट रु पाँच लाख ४५ हजार र बाँकी गणको आन्तरिक स्रोतबाट खर्च गरेर मन्दिरको निर्माणपश्चात निशान पुनःस्थापना गरिएको नयाँ श्रीनाथ गण भोजपुरका प्रमुख फणिन्द्र थापाले जानकारी दिए । मन्दिरको जीर्णोद्धारको काम भने फष्ट रैफल गणको पालामा सम्पन्न भएको हो । रासस




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

देशभरका २७ वटा कारागारका ९ हजार बढी कैदीबन्दी अझै फरार

काठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभरका २७ वटा कारागारबाट भागेका अधिकांश कैदीबन्दी अझै फर्किएका छैनन् । देशका २७ वटा कारागारबाट

जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जली

काठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण

काठमाडौं । पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गरेकी छन् । केहीबेर अघि नवनियुक्त

पोखराबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुँदै

कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको हो

लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन

काठमाडाैँ । लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन भएको छ । नेकपा एमालेबाट रुकुम पूर्वकी समानुपातिक सांसद रहेकी

५ महीनामा ३ हजार २८१ विपद्का घटन, २०७ जनाको मृत्यु

काठमाडौं । गत वैशाखदेखि यही भदौ १४ गतेसम्म देशभर कुल ३ हजार २८१ वटा विपद्का घटना घटेका छन् । ती

Techie IT