Techie IT
२०८१ वैशाख ३०, आईतबार
NepaliPatra logo
गृहपृष्ठनेपालप्रादेशिक अस्पतालको एम्बुलेन्स नहुँदा समस्या

प्रादेशिक अस्पतालको एम्बुलेन्स नहुँदा समस्या


दाङ । दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा एम्बुलेन्स नहुँदा बिरामीलाई समस्या हुने गरेको छ । प्रत्येक सरकारी अस्पतालमा एम्बुलेन्स हुनुपर्ने भए पनि उक्त अस्पताल २०७२ सालदेखि एम्बुलेन्सबिहीन भएको हो ।

एम्बुलेन्स नभएपछि बिरामीलाई अन्य अस्पतालमा पठाउँदा तथा टाढाटाढाबाट बिरामी ल्याउन निजी एम्बुलेन्स प्रयोग गर्नुपर्ने बाध्यता छ । निजी एम्बुलेन्सले महँगो शुल्क तिर्नुपर्ने सेवाग्राहीको बाध्यता छ । अर्कोतर्फ आफूलाई आवश्यक परेको समयमा एम्बुलेन्स पाउन पनि समस्या हुने गरेको सेवाग्राही टेकराज भण्डारीले बताए ।

अस्पतालको रा १ झ ११३ नम्बरको एम्बुलेन्स बिग्रिएपछि अहिले निजी एम्बुलेन्समा सिफारिस गर्ने गरेको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ड डा।पदमराज अधिकारीले बताए । पटक(पटक बिग्रिने र बनाउँदा पाँच(सात लाख खर्च हुने भएकाले पनि उक्त एम्बुलेन्सलाई थन्काएर राख्नु परेको उनको भनाइ छ । “पटक(पटक बिग्रिरहन्छ, एम्बुलेन्सको मूल्यभन्दा बढी मर्मतमै खर्च हुने देखियो”, उनले भने, “त्यसैले पनि हामीले अहिले यसलाई थन्काएर राख्नुपर्ने अवस्था आएको छ ।”

यसलाई अवधि पुगेमा लिलामी गर्नेतर्फ आफूहरुले ध्यान दिएको अस्प्तालका स्टोर प्रमुख रेश्मीराज अधिकारीले बताए । “अन्य संस्थाहरुका एम्बुलेन्स पनि पर्याप्त छन्”, सुपरिटेन्डेन्ड डा अधिकारीले भने, “त्यसैले पनि हामीले बनाउनुभन्दा अवधि पुगेमा लिलामी गर्नेतर्फ ध्यान दिएका छौँ ।” २०६६ सालमा उक्त एम्बुलेन्स खरिद गरिएको थियो ।

यसलाई अवधि पुगेमा लिलामी गर्नेतर्फ आफूहरुले ध्यान दिएको लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली चौधरीले बताए । सुपरिटेन्डेन्ड डा।अधिकारीका अनुसार सबै ठाउँबाट एम्बुलेन्सको विवरण माग गरेको छ भने विवरण आएमा चल्न सक्नेलाई मर्मत गरेर सञ्चालन गर्ने र नचल्नेलाई लिलामी गर्नेतर्फ प्रदेश सरकार अघि बढेको छ । रासस




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

गायक रवि ओडले गरे प्रहरीसमक्ष आत्मसमर्पण

काठमाडौँ । गायक तथा नेपाल आइडल सिजन–२ का विजेता रवि ओडले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् । वैवाहिक बलात्कारसम्बन्धी मुद्दा खेपिरहेका

काठमाडौँको बत्तीसपुतलीमा युवकको हत्या, ४ जना पक्राउ

काठमाडौँ । गएराति काठमाडौँको बत्तीसपुतलीमा एक युवकको हत्या भएको छ । मोरङ घर भइ कुमारी टोलमा बस्दै आएका २४ वर्षीय

रातो मत्स्येन्द्रनाथको रथ तान्न सुरु

काठमाडौँ । रातो मत्स्येन्द्रनाथको रथ शनिबारबाट तान्न सुरु गरिएको छ । पुलचोकमा निर्माण गरिएको रथ शनिबार बाजागाजासहित गःबहाल पुर्याइएको हो

प्रतिनिधि सभाको बैठक जेठ १ गतेसम्मका लागि स्थगित

काठमाडौँ । प्रतिनिधिसभा बैठक स्थगित भएको छ । शुक्रबारको बैठक नेपाली कांग्रेसले अवरोध गरेपछि सभामुख देवराज घिमिरेले आगामी जेठ १

कोशीमा सरकार गठनविरुद्ध परेको रिटमा कारण देखाउ आदेश

काठमाडौँ । कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले दायर गरेको रिटको प्रारम्भिक सुनुवाईमा कारण देखाऊ आदेश जारी भएको छ ।

प्रतिनिधिसभा बैठक बस्न ढिलाइ

काठमाडौँ । दिउँसो दुई बजेको लागि तय भएको प्रतिनिधिसभाको बैठक समयमा सुरु हुन सकेको छैन । दलहरुबीच सहमति नभएपछि बैठक

Techie IT