Techie IT
२०८२ असार ८, आईतबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनथालापथी विजयको फिल्म लियोले हालसम्म कति कमायो ?

थालापथी विजयको फिल्म लियोले हालसम्म कति कमायो ?


एजेन्सी । दक्षिण भारतीय फिल्म ‘लियो’ले बक्स अफिसमा धमाकेदार कमाई गरिरहेको छ । पठान, जवान, गदर २ र जेलर जस्ता फिल्मको बम्पर कमाईको बीचमा तमिल फिल्म लियोको नाम पनि यो लिस्टमा थपिएको देखिन्छ ।

थालापथी विजयको फिल्म लियोलाई दर्शकले निकै रुचाइरहेका छन् । आज लियोको रिलिजको चौथो दिन हो र योसँगै विजयको फिल्मको तेस्रो दिनको तथ्यांक पनि बाहिर आएको छ ।

पहिलो दिनदेखि अहिलेसम्म, लियोको उत्कृष्ट कमाई निरन्तर जारी छ।

फिल्मले तेस्रो दिन पनि उत्कृष्ट व्यापार गरेर निर्माण पक्षलाई खुसी बनाएको छ ।

थालपथी विजयको फिल्म लियोले तेस्रो दिन ४० करोडको व्यापार गरेको छ । विजयको फिल्मले शनिबार राम्रो नाफा कमाएको छ । अब आइतबार फिल्मको कमाई अझै वृद्धि हुन सक्ने अनुमान गरिएको छ ।

फिल्मको ओपनिङ पनि निकै राम्रो रहेको थियो । यो फिल्मले पहिलो दिन ओपनिङको मामिलामा शाहरुख खानको पठानलाई पराजित गरेको थियो । लियो तमिल फिल्मको सबैभन्दा ठूलो ओपनर बनेको छ ।

लियोको कुल बक्स अफिस कलेक्शन
पहिलो दिन ६४.८ करोड
दोस्रो दिन ३५.२५ करोड
तेस्रो दिन ४० करोड
कुल १४० करोड




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

‘महाभोज’को अस्ट्रेलिया प्रदर्शन नियमित हुने र दक्षिण कोरियामा प्रदर्शनको तयारी,…

काठमाडौँ । नेपालमा दर्शकहरूबाट व्यापक सकारात्मक प्रतिक्रिया पाइरहेको नेपाली चलचित्र ‘महाभोज’ अब अन्तर्राष्ट्रिय बजारमा पनि आफ्नो प्रभाव जमाउने तयारीमा छ

चलचित्र ‘ऊनको स्वीटर’लाई ऐतिहासिक सफलता: सबै गीत करोड क्लबमा

काठमाडौं । नेपाली चलचित्र उद्योगमा यति बेला चलचित्र ‘ऊनको स्वीटर’ले नयाँ कीर्तिमान स्थापित गरेको छ । आज प्रदर्शनको ३७ औँ

‘महाभोज’ देशभर रिलिज

काठमाडौँ । प्रतीक्षा गरिएको नेपाली चलचित्र ‘महाभोज’ बिहीबारदेखि देशभरका सिनेमा हलहरूमा प्रदर्शनमा आएको छ । दिनेश राउत निर्देशित यस चलचित्रले

‘महाभोज’ले पोखरामा जन्मायो आक्रोश, दर्शकद्वारा व्यापक प्रशंसा

पोखरा । दिनेश राउतको निर्देशनमा बनेको प्रतीक्षित चलचित्र ‘महाभोज’ को पोखरामा सोमबार भव्य प्रिभ्यु प्रिमियर सम्पन्न भएको छ । प्रिमियरमा

चलचित्र सेन्सर बोर्डको सदस्यमा गिरी नियुक्त 

काठमाडौं । केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) मा बरिष्ठ रंग पत्रकार कुबेर गिरी नियुक्त भएका छन् । सञ्चार तथा

अस्ट्रेलियामा ‘महाभोज’को प्रिमियर

काठमाडौँ । नेपालमा तय भएको प्रदर्शन अन्तिम समयमा स्थगित भएपछि चलचित्र ‘महाभोज’ अब अस्ट्रेलियामा पहिलो प्रिमियर हुने भएको छ ।

Techie IT