Techie IT
२०८१ वैशाख २०, बिहीबार
NepaliPatra logo
गृहपृष्ठनेपालगुटेरेस र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

गुटेरेस र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता


काठमाडौँ। नेपालको औपचारिक भ्रमणमा रहेका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस र नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।

सङ्घीय संसद् भवन नयाँबानेश्वरमा आज अपराह्न उनीहरूबीच भेटवार्ता भएको हो। सो अवसरमा महासचिव र अध्यक्षबीच नेपालको शान्ति प्रक्रिया, जलवायु परिवर्तनलगायत विषयमा छलफल भएको भेटमा सहभागी एमालेका नेता डा. राजन भट्टराईले जानकारी दिए।

महासचिव गुटेरेस नेतृत्वको प्रतिनिधिमण्डलमा संयुक्त राष्ट्रसङ्घका शान्तिकार्यका लागि उपमहासचिव जीन पियरे ल्याक्रोइक्स, नेपालका लागि संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजक हाना सिंगर–हाम्दी र संयुक्त राष्ट्र सङ्घका अन्य अधिकारीहरू सहभागी छन्।

महासचिव गुटेरेस नेपालको चारदिने औपचारिक भ्रमणका क्रममा आइतबार बिहान नेपाल आइपुगेका हुन्। उनले यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका थिए।

साथै उपप्रधानमन्त्री पूर्णबहादुर खड्का र परराष्ट्रमन्त्री नारायण प्रकाश साउदसँगसमेत महासचिव गुटेरेसको छुट्टाछुट्टै भेटवार्ता भएको थियो। भेटवार्तापछि उनले ऐतिहासिक एवं पुरातात्विक महत्वको सम्पदास्थल पाटन दरबार क्षेत्रको पनि अवलोकन गर्नेछन्।

प्रधानमन्त्री दाहालले महासचिव गुटेरेसको सम्मानमा आइतबार साँझ सांस्कृतिक कार्यक्रमसहितको रात्रिभोजको आयोजना गर्नेछन्।

भ्रमणका क्रममा सोमबार उनी नाम्चे, पोखरा, अन्नपूर्ण आधार शिविर र लुम्बिनी जानेछन्। यही कात्तिक १४ गते मङ्गलबार अपराह्न उनले सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ।

प्रधानमन्त्री दाहालको मैत्रीपूर्ण निमन्त्रणामा उनी नेपालको औपचारिक भ्रमणमा आएका हुन्।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

धादिङको थाक्रेमा आगलागीमा परी एक दम्पत्तीको मृत्यु

काठमाडौँ । धादिङको थाक्रे गाउँपालिका–५, गैरीखर्कमा आगलागीमा परी एक दम्पत्तीको मृत्यु भएको छ । बुधबार राति आगोमा जलेर ७० वर्षीय

देशभर आगलागी र डढेलो विकराल बन्दै

काठमाडौँ । देशभर आगलागी र वन डढेलोको समस्या विकराल बनेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार

समृद्ध नेपाल निर्माण गर्ने महाअभियान सुरु भएको छ: सञ्चारमन्त्री शर्मा

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले सुशासन र सामाजिक न्यायसहित समृद्ध नेपाल निर्माण गर्ने महाअभियान थालेको बताएकी

गैरकानुनी बाटोबाट रोजगारीका लागि किर्गिस्तान नजान दूतावासकाे आग्रह

काठमाडौँ । पाकिस्तानको इस्लामावादमा रहेको नेपाली राजदूतावासले गैरकानुनी बाटो हुँदै किर्गिस्तानमा रोजगारीका लागि नजान आग्रह गरेको छ । रोजगारीको प्रलोभन

रसुवामा सम्बन्धविच्छेदका घटना बढे

रसुवा । गत आर्थिक वर्षको तुलनामा चालु आवमा रसुवामा सम्बन्धविच्छेदका घटना बढेका छन् । गत आवमा रसुवा जिल्ला अदालतमा ४५

ललितपुरको बडिखेलमा लागेको डढेलोमा परेर घाइते भएका रमेश पहरीको पनि…

काठमाडौँ । गोदावरी नगरपालिका–४ बडिखेलस्थित तपेश्वर सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा घाइते भएका अर्का एक जनाको मृत्यु भएको छ

Techie IT