Techie IT
२०८२ वैशाख २१, आईतबार
NepaliPatra logo
गृहपृष्ठखेलन्युजिल्याण्डले पाकिस्तानलाई दियो ४०२ रनको लक्ष्य

न्युजिल्याण्डले पाकिस्तानलाई दियो ४०२ रनको लक्ष्य


एजेन्सी । विश्वकप–२०२३ को ३५ औं खेल पाकिस्तान र न्युजिल्यान्डबीच भइरहेको छ । यो खेल बैंगलोरको एम चिन्नास्वामी स्टेडियममा भइरहेको छ ।

पाकिस्तानले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो ।

पहिले ब्याटिङको निम्तो पाएको न्युजिल्याण्डले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ४ सय १ रन बनाएको छ ।

युवा ब्याट्सम्यान रचिन रविन्द्रले १०८ रन बनाए ।

यो विश्वकपमा उनको तेस्रो शतक हो । कप्तान विलियम्सनले पनि ९५ रनको इनिङ खेले ।

सेमिफाइनल पुग्न दुवै टोलीका लागि यो खेल महत्वपूर्ण छ । यो खेलमा हार्ने टोली सेमिफाइनलको दौडबाट बाहिर हुनेछ ।

प्रतियोगितामा दुवै टोलीले ७–७ खेल खेलेका छन् ।

पाकिस्तानले ३ खेल जितेको छ भने न्युजिल्यान्डले ४ खेल जितेको छ ।

८ अंकसहित न्युजिल्याण्ड अंक तालिकाको चौथो स्थानमा छ ।

पाकिस्तान ६ अंकसहित छैटौं स्थानमा छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

ललितपुर सिटी लगातार दोस्रोपटक नेपाल सुपर लिग च्याम्पियन

काठमाडौँ । ललितपुर सिटी एफसी लगातार दोस्रोपटक नेपाल सुपर लिग (एनएसएल)को च्याम्पियन बनेको छ । ललितपुर तेस्रो संस्करणको फाइनलमा शनिबार

एन्फा कप फुटबल प्रतियोगिता नहुने

काठमाडाैँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आयोजना गर्ने भनेको लिग कम नकआउट फुटबल प्रतियोगिता एन्फा कप नहुने भएको छ

ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस काठमाडौंमा

काठमाडौं । विश्वकप विजेता ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस काठमाडौं आइपुगेका छन् । उनी नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनका

वैशाख ५ गते नेपाल आउने भए रोबर्टो कार्लोस

काठमाडाैँ । ब्राजिल फुटबलका महान् खेलाडी रोबर्टो कार्लोस आउँदो बैशाख ५ गते नेपाल आउने भएका छन् । नेपाल सुपर लिग

हङकङमा हुने चार देशीय क्रिकेट शृङ्खलाको खेल तालिका सार्वजनिक

काठमाडाैँ । हङकङमा हुने चार देश सम्मिलित टी–२० क्रिकेट श्रृंखलाको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का

आर्मीलाई हराउँदै राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफलाई

काठमाडाैँ । राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफ फुटबल क्लबले जितेको छ । चितवनकाे भरतपुरमा रहेको कृष्णपुर मैदानमा भएको फाइनलमा

Techie IT