Techie IT
२०८२ असार १, आईतबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिसंविधानको रक्षार्थ बनेको गठबन्धन सहमतिअनुसार नै अगाडि बढ्छः नेता सिंह

संविधानको रक्षार्थ बनेको गठबन्धन सहमतिअनुसार नै अगाडि बढ्छः नेता सिंह


काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संविधानसभाबाट जारी संविधानको रक्षार्थ वर्तमान सत्ता गठबन्धन बनेको प्रष्ट्याउँदै दलहरूबीचको सहमतिअनुसार नै गठबन्धन अगाडि बढ्ने बताएका छन् ।

लौहपुरुष गणेशमान सिंहको १०९औँ जन्मजयन्तीका अवसरमा आज काठमाडौँका शोभाभगवतीमा आयोजित कार्यक्रममा उनले गठबन्धनभित्रका दलहरूको समझदारीअनुसार नै मुलुक अगाडि बढिरहेको बताए ।

“गठबन्धन निर्माणको आधार बलियो छ, गठबन्धनको आवश्यकता किन भयो भन्ने सबैलाई थाहा छ । असंवैधानिकरूपमा संसद् विघटन गरेका कारण यो गठबन्धन बनेको हो”, उनले भने, “कांग्रेसको नेतृत्वमा जारी भएको संविधानमाथि प्रहार भएका कारण उक्त संविधान जोगाउन गठबन्धन बनेको हो ।”

नेता सिंहले अहिलेको सत्ता गठबन्धनका कारण तत्कालीन सदनमा बहुमत पुगेपछि अदालतबाट संसद् विघटन बदर भएको स्मरण गर्दै निर्वाचनको समयमा पनि कायम रहेको गठबन्धनको समझदारीअनुसार सरकार सञ्चालन भइरहेको बताए । वर्तमान सत्ता गठबन्धन ढल्छ भन्ने कुरामा कुनै आधार नभएको दाबी गर्दै उनले संविधानको रक्षाका लागि गठबन्धन बनेकाले सहमतिअनुसार नै गठबन्धन अघि बढ्ने विश्वास व्यक्त गरे ।

उनले जनताको सङ्घर्षबाट स्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई सबल बनाउन सबै राजनीतिक दल क्रियाशील हुनुपर्ने बताए ।

“जनताको सङ्घर्षबाट प्राप्त भएको उपलब्धिलाई संस्थागत गर्न अबको ध्यान केन्द्रित हुनुपर्छ, परिवर्तनको फल सबैले पाउनुपर्छ”, नेता सिंहले भने, “अहिले जनताले परिणाम खोजिरहेका छन्, जनताको जीवनस्तर उठाउनेतर्फ ध्यान दिनुपर्छ ।” सेवा प्रवाहलाई प्रभावकारी बनाउन तीनै तहका सरकारले समन्वय गरेर अगाडि बढ्नुपर्नेमा जोड दिँदै उनले भने, “सबै दल मिलेर सङ्घीय लोकतान्त्रिक गणतन्त्रामक संविधानको प्रभावकारी कार्यान्वयनमार्फत तीनै तहका सरकारबीच आवश्यक समन्वय गरेर अगाडि बढ्नुपर्छ ।”

सो अवसरमा नेता सिंहलगायत कांग्रेसका नेता, कार्यकर्ताले गणेशमानको सालिकमा माल्र्यापण गरेका थिए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

चलचित्र ‘ऊनको स्वीटर’लाई ऐतिहासिक सफलता: सबै गीत करोड क्लबमा

काठमाडौं । नेपाली चलचित्र उद्योगमा यति बेला चलचित्र ‘ऊनको स्वीटर’ले नयाँ कीर्तिमान स्थापित गरेको छ । आज प्रदर्शनको ३७ औँ

नेपालले पहिलो पटक बंगलादेशलाई बिजुली बेच्न थाल्यो

काठमाडौं । नेपालले पहिलो पटक बंगलादेशलाई ४० मेगावाट विद्युत् व्यावसायिक रूपमा निर्यात शुुरु गरेको छ । अहिले उत्पादित विद्युतले स्वदेशमा

खेती गर्ने समयमा यो वर्ष पनि रासायनिक मल अभाव

काठमाडौं । खेती गर्ने समयमा यो वर्ष पनि किसानले मल अभाव झेल्नुपरेको छ । बर्खे धान रोपाइँ र मकै खेतीका

रूसी राष्ट्रपति पुटिन र अमेरिकी राष्ट्रपति ट्रम्पबीच फोनवार्ता

एजेन्सी । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग कुराकानी गरेका छन । मध्यपूर्वमा विकसित घटनाक्रमबारे दुई नेताबीच कुराकानी

हेवा खोलामा बेलिब्रिज खस्दा घाइते भएका ३ जना मजदुरको मृत्यु

पाँचथर । पाँचथरको हेवा खोलामा बन्दै गरेको बेलिब्रिज खस्दा घाइते भएका ३ जना मजदुरको मृत्यु भएको छ। मेची राजमार्गस्थित पाँचथरको

म किन बदलिने ?

म, म हुँ सधैं म, मै न रहन्छु म आफुलाई किन बदल्ने मेरो सोच मेरो हो म जान्छु त्यो ज्यूँदो

Techie IT