Techie IT
२०८२ असार २०, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठनेपाल३ महिनामा विदेशी मुद्रा सञ्चिति ६.७ प्रतिशत बढ्यो

३ महिनामा विदेशी मुद्रा सञ्चिति ६.७ प्रतिशत बढ्यो


काठमाडौं । तीन महिनामा मुलुकको विदेशी मुद्रा सञ्चिति ६.७ प्रतिशतले बढेको छ । चालु खाता र शोधनान्तर बचतमा उल्लेख्य वृद्धि भएको नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो तीन महिनाको वित्तीय प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनमा असार मसान्तसम्म १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ बराबर रहेको विदेशी मुद्रा सञ्चिति असोज मसान्तसम्म बढेर १६ खर्ब ४३ अर्ब ९ करोड रुपैयाँ पुगेको उल्लेख छ ।

यस अवधिमा अमेरिकी डलरको सञ्चिति ५.३ प्रतिशतले बढेर १२ अर्ब ३३ करोड डलर पुगेको छ । कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२ प्रतिशतमात्र रहेको पनि प्रतिवेदनमा उल्लेख छ ।

यो विदेशी मुद्रा सञ्चितिले अहिलेकै आयातलाई आधार मान्दा १२.४ महिनाको वस्तु आयात र १०.३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकले जनाएको छ ।

त्यस्तै प्रतिवेदनमा असोज २०८० मा रेमिट्यान्स आप्रवाहमा कीर्तिमान बनेको उल्लेख छ । एकै महिनामा १ खर्ब ३६ अर्ब ९७ करोड रेमिट्यान्स भित्रिएको छ । यो एक महिनाको अवधिमा भित्रिएको अहिलेसम्मकै उच्च रकम हो ।

राष्ट्र बैंकका अनुसार यस महिनासम्म भित्रिएको रेमिट्यान्स अघिल्लो आवको यसै अवधिको तुलनामा ३० प्रतिशत धेरै हो । अघिल्लो आवको असोजमा विप्रेषण आप्रवाह १६.८ प्रतिशतले मात्र बढेको थियो ।

असोजमा आयातमा भएको वृद्धिका बाबजुत रेमिट्यान्स अहिलेसममकै उच्च पुग्दा चालु खाता र शोधनान्तर बचतमा उल्लेख्य वृद्धि भएको प्रतिवेदनमा उल्लेख छ ।

असोजमा १ खर्ब ३६ अर्ब ९७ करोड रेमिट्यान्स प्राप्त भएको र यो कुनै एक महिनामा भित्रिएको अहिलेसम्मकै उच्च भएको राष्ट्र बैंकले जनाएको छ ।

असोजमा अहिलेसमम्कै उच्च रेमिट्यान्स आउँदा चालु खाता बचत तीन महिनामै ५९ अर्ब ९ करोडले पुगेको छ ।

गत असारमा ३३ महिनापछि बचतमा गएका चालु खाता लगातार तेस्रो महिना पनि बचतमा देखिएको हो । भदौमा २३ अर्ब ५० करोडले बचतमा रहेको चालु खाता असोमा उल्लेख्य रुपमा वृद्धि भएको छ ।

गत आर्थिक वर्ष २७९।८० को पहिलो तिन महिनामा चालु खाता ३५ अर्ब २४ करोडले घाटामा रहेको थियो ।

आर्थिक वर्ष २०७८।७९ मा एक वर्षमा नै २ खर्ब ५५ अर्बले शोधनान्तर घाटा भएपछि राष्ट्र बैंकले मौद्रिक नीतिलाई कसिलो बनाउनुको साथै नेपाल सरकारले केही वस्तुको आयात नै प्रतिबन्ध लगाएको थियो ।

तर, गत आर्थिक वर्षमा नै शोधनान्तर स्थिति २ खर्ब ९० अर्ब ५२ करोडले बचत भई बाह्य क्षेत्रमा ‘बाउन्स ब्याक’ देखिएको थियो ।

चालु आर्थिक वर्षको पहिलो ३ महिनामै शोधनान्तर बचत १ खर्ब नजिक पुगेको छ । असोज मसान्तमा शोधनान्तर बचत ९९ अर्ब ७ करोड पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

नेपालमा डेङ्गु सङ्क्रमणले भयावह रूप लिनसक्ने चेतावनी

काठमाडौं । सरकारले यस वर्ष नेपालमा डेङ्गु सङ्क्रमणले भयावह रूप लिनसक्ने चेतावनी दिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा

नेपालमा लगानी गर्न स्पेनका व्यवसायीलाई प्रधानमन्त्री ओलीको आग्रह

स्पेन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी विस्तार गर्न स्पेनका उद्यमी र व्यवसायीलाई आग्रह गरेका छन् । स्पेनमा रहेकाे

आगामी वर्ष २ सय वटा झोलुङ्गे पुल निर्माण गर्ने सरकारको…

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा २ सय वटा झोलुङ्गे पुल निर्माण गर्ने लक्ष्य लिएको छ । शहरी विकास मन्त्रालयले

कर्णालीमै पहिलोपटक वृतिमार्ग निर्देशन तथा रोजगार मेला

सुर्खेत । कर्णाली प्रदेशमा पहिलोपटक वृत्तिमार्ग निर्देशन तथा रोजगार मेला, २०८२ आयोजना हुने भएको छ । प्रदेश सरकार सामाजिक विकास

६ महिनामा साढे पाँच लाख पर्यटकद्वारा नेपाल भ्रमण

काठमाडाैँ । सन् २०२५ को पहिलो ६ महिनामा साढे पाँच लाखभन्दा बढी विदेशी पर्यटक नेपाल आएका छन् । नेपाल पर्यटन

ताप्लेजुङमा पहिरोले घर पुरिँदा ५ जना घाइते

ताप्लेजुङ । ताप्लेजुङको सिदिङबा गाउँपालिकाको आङखोपमा पहिरोले घर पुरिँदा पाँच जना घाइते भएका छन् । हस्तबहादुर कटुवालको घर पहिरोले पुरिँदा

Techie IT