Techie IT
२०८२ वैशाख २१, आईतबार
NepaliPatra logo
गृहपृष्ठखेलआईसीसी एकदिवसीय विश्वकप २०२३ः अष्ट्रेलिया भर्सेस बंगलादेश

आईसीसी एकदिवसीय विश्वकप २०२३ः अष्ट्रेलिया भर्सेस बंगलादेश


एजेन्सी । आईसीसी एकदिवसीय विश्वकप २०२३ मा अष्ट्रेलिया र बंगलादेशबीचको महत्वपूर्ण खेल आज पुणेको मैदानमा हुदैँछ ।

अष्ट्रेलियाले आफ्नो अन्तिम खेलमा अफगानिस्तानलाई शानदार जित निकाल्दै सेमिफाइनलमा स्थान पक्का गरेको थियो ।

यसैबीच, यो मेगा इभेन्ट बंगलादेशका लागि केही खास छैन जसमा उनीहरु सेमिफाइनलको दौडबाटै बाहिर भइसकेको छ।

तर, २०२५ मा हुने च्याम्पियन्स ट्रफीका लागि छनोट हुनका लागि यो खेल जित्नु निकै महत्वपूर्ण छ ।

अष्ट्रेलिया र बंगलादेशबीचको यो खेल पुणेको मैदानमा हुनेछ । यस विश्वकपमा अहिलेसम्म यहाँ पाँच खेल खेलिएका छन्, जसमा बंगलादेशसँगको खेलमा भारतीय टोली मात्र लक्ष्य पछ्याउन सफल भएको थियो।

अन्य चार खेलमा पहिले ब्याटिङ गर्ने टोली विजयी भएको थियो ।

यस्तो अवस्थामा टस जित्ने टोलीले पहिले ब्याटिङ गर्न रुचाउँछ । तर, सेमिफाइनल खेलअघि अष्ट्रेलियाको टोलीले टस जितेर ब्याटिङ गर्ने हो भने त्यसले आफैंलाई परीक्षण गर्न पहिले बलिङ गर्ने निर्णय पनि गर्न सक्छ ।

दुवै टोलीबीचको हेड टु हेड रेकर्डलाई हेर्दा अस्ट्रेलियाको टोली स्पष्ट रूपमा माथि छ । बंगलादेशले अष्ट्रेलियासँग हालसम्म २१ ओडिआई खेलेको छ जसमध्ये १९ खेलमा हार बेहोरेको छ भने एक खेलमा मात्रै जित निकाल्न सफल भएको छ भने एक खेलको नतिजा आउन सकेको छैन ।

दुवै टोली विश्वकपमा चार पटक आमनेसामने भएका छन् र यसमा पनि अष्ट्रेलियाले तीन खेल जितेको छ भने एक खेल रद्द भएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

ललितपुर सिटी लगातार दोस्रोपटक नेपाल सुपर लिग च्याम्पियन

काठमाडौँ । ललितपुर सिटी एफसी लगातार दोस्रोपटक नेपाल सुपर लिग (एनएसएल)को च्याम्पियन बनेको छ । ललितपुर तेस्रो संस्करणको फाइनलमा शनिबार

एन्फा कप फुटबल प्रतियोगिता नहुने

काठमाडाैँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आयोजना गर्ने भनेको लिग कम नकआउट फुटबल प्रतियोगिता एन्फा कप नहुने भएको छ

ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस काठमाडौंमा

काठमाडौं । विश्वकप विजेता ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस काठमाडौं आइपुगेका छन् । उनी नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनका

वैशाख ५ गते नेपाल आउने भए रोबर्टो कार्लोस

काठमाडाैँ । ब्राजिल फुटबलका महान् खेलाडी रोबर्टो कार्लोस आउँदो बैशाख ५ गते नेपाल आउने भएका छन् । नेपाल सुपर लिग

हङकङमा हुने चार देशीय क्रिकेट शृङ्खलाको खेल तालिका सार्वजनिक

काठमाडाैँ । हङकङमा हुने चार देश सम्मिलित टी–२० क्रिकेट श्रृंखलाको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का

आर्मीलाई हराउँदै राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफलाई

काठमाडाैँ । राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफ फुटबल क्लबले जितेको छ । चितवनकाे भरतपुरमा रहेको कृष्णपुर मैदानमा भएको फाइनलमा

Techie IT