Techie IT
२०८२ असार ५, बिहीबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियउत्तराखण्डमा पाँच दिनभन्दा बढी समयदेखि सुरुङमा फसेका मजदुरहरुको उद्धार छिट्टै हुने

उत्तराखण्डमा पाँच दिनभन्दा बढी समयदेखि सुरुङमा फसेका मजदुरहरुको उद्धार छिट्टै हुने


एजेन्सी । भारतको उत्तराखण्डमा पाँच दिनभन्दा बढी समयदेखि सुरुङमा फसेका मजदुरको उद्धार कार्यले गति लिएको मिडिया रिपोर्टमा उल्लेख छ ।

सिल्क्यरा सुरुङमा रहेको नयाँ र शक्तिशाली औगर मेसिन शुक्रबार बिहानसम्म २१ मिटर भित्र पसेपछि भित्र फसेका ४० जना कामदार छिट्टै बाहिर आउने आशा जगाएको समाचारमा जनाइएको छ ।

सिल्कारास्थित उत्तरकाशी जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रबाट प्राप्त जानकारी अनुसार सुरुङमा जम्मा भएको भग्नावशेषमा बिहान ६ बजेसम्म २१ मिटरसम्म ‘ड्रिलिंग’ गरिएको छ ।

सुरुङ खन्ने काममा ४५ देखि ६० मिटर फोहोर जम्मा भएको छ । भग्नावशेषमा ड्रिलिङ मार्फत बाटो बनाएर ८०० एमएम र ९०० एमएम व्यासका धेरै ठूला पाइपहरू एकपछि अर्को गरी भग्नावशेषको एक छेउबाट वैकल्पिक सुरुङ बनाइनेछ।

सानो औगर मेसिन असफल भएपछि २५ टन तौलको ठूलो, अत्याधुनिक र शक्तिशाली अमेरिकी औगर मेसिनलाई भारतीय वायुसेनाको सी–१३० हर्कुलस विमानमार्फत दुई भागमा दिल्लीबाट उत्तरकाशी पु¥याइएको थियो । जसको बिहीबारबाट पुनः उत्खनन सुरु भएको छ । सुरुङमा फसेका मजदुरहरूलाई खाना र पेय पदार्थहरू निरन्तर उपलब्ध गराइने अधिकारीहरूले बताएका छन्।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

मध्यपूर्वको तनावले इजरालयमा रहेका नेपाली प्रभावित

काठमाडौं । सरकारले पछिल्लो केही दिन यता मध्यपूर्वमा तनाव बढ्दै गएपछि उक्त क्षेत्रमा कार्यरत नेपाली कामदार तथा नागरिकलाई सुरक्षित राख्ने

नेपालले पहिलो पटक बंगलादेशलाई बिजुली बेच्न थाल्यो

काठमाडौं । नेपालले पहिलो पटक बंगलादेशलाई ४० मेगावाट विद्युत् व्यावसायिक रूपमा निर्यात शुुरु गरेको छ । अहिले उत्पादित विद्युतले स्वदेशमा

रूसी राष्ट्रपति पुटिन र अमेरिकी राष्ट्रपति ट्रम्पबीच फोनवार्ता

एजेन्सी । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग कुराकानी गरेका छन । मध्यपूर्वमा विकसित घटनाक्रमबारे दुई नेताबीच कुराकानी

इजरायलद्वारा इरानमाथि आक्रमण शुुरु

एजेन्सी । इजरायलले इरानविरुद्ध आक्रमण थालेको छ । आक्रमणको निशाना इरानको परमाणु कार्यक्रम र लामो दूरीको मिसाइल क्षमतालाई बनाएको छ

अमेरिकाको लस एन्जल्समा प्रदर्शन झन चर्कियो

एजेन्सी । अमेरिकी राज्य क्यालिफोर्नियाका गभर्नर गेभिन नुस्सामले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध मुद्दा हाल्ने बताएका छन । क्यालिफोर्नियाको लस एन्जलस

अमेरिकामा नेपाली आप्रवासीलाई दिँदै आएको टीपीएस सुविधा खारेज

एजेन्सी । अमेरिकी ट्रम्प प्रशासनले नेपाली आप्रवासीलाई दिँदै आएको टेम्पररी प्रोटेक्टेड स्ट्याटस (टीपीएस) सुविधा २०२५ अगस्ट ५ मा अन्त्य हुने

Techie IT