Techie IT
२०८१ वैशाख २१, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठनेपालमकवानपुरमा स्कुटरको ठक्करबाट एक पैदलयात्रुको मृत्यु

मकवानपुरमा स्कुटरको ठक्करबाट एक पैदलयात्रुको मृत्यु


मकवानपुर । मकवानपुरमा स्कुटरको ठक्करबाट एक पैदलयात्रुको मृत्यु भएको छ । धरान–चतरा सडकखण्डअन्तर्गत पर्ने मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१७ बाबुचोकमा शुक्रबार साँझ स्कुटरको ठक्करबाट स्थानीय ४३ वर्षीया गोपिनी विकको मृत्यु भएको हो ।

ठूला दमारबाट हटियातर्फ आउँदै गरेको ना २५ प ८३५६ नंको स्कुटरले ठक्कर दिँदा पैदलयात्रु स्थानीय ४३ वर्षीया गोपिनी विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । उनका अनुसार, स्कुटरको ठक्करबाट गम्भीर घाइते विकको हेटौँडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

प्रहरीले चालकलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान गरिरहेको छ । रासस




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

जापान पठाइदिन्छु भन्दै ३ करोड ठग्ने दुई जना पक्राउ

काठमाडौँ । अरूको नागरिकता दुरुपयोग गरी कन्सल्टेन्सी चलाएर जापान पठाइदिने भन्दै ठगी गर्ने २ जना पक्राउ परेका छन् । पक्राउ

स्वतन्त्र र निष्पक्ष पत्रकारिताका लागि लोकतन्त्र अनिवार्य सर्तः राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले स्वतन्त्र र निष्पक्ष पत्रकारिताका लागि लोकतन्त्र अनिवार्य सर्त भएको बताएका छन् । विश्व प्रेस स्वतन्त्रता

संसद् प्रेसमैत्री कानुन निर्माण गर्न प्रतिबद्ध छ: सभामुख घिमिरे

काठमाडौँ । सभामुख देवराज घिमिरेले नेपाली संसद् प्रेसमैत्री कानुन निर्माण गर्न, पत्रकारको पेसागत सुरक्षा गर्न र अभिव्यक्ति स्वतन्त्रताविरुद्धका गतिविधिलाई निरुत्साहित

पत्रकार महासङ्घकाे केन्द्रीय महाधिवेशन शुरु

काठमाडौँ । नेपाल पत्रकार महासङ्घको केन्द्रीय महाधिवेशन काठमाडाैँमा शुरु भएको छ । राष्ट्रिय सभागृहमा शुरु भएको महाधिवेशन भोलिसम्म चल्नेछ ।

कान्ति राजपथमा सवारी आवागमन पूर्ण रुपमा बन्द

काठमाडौँ । ललितपुरको टिकाभैरब हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा पुग्ने कान्तिराजपथ सवारी साधन संचालनमा पूर्ण रुपमा बन्द भएको छ ।

वेश्यावृत्ति गराएको आरोपमा खाजाघर सञ्चालक पक्राउ

काठमाडौँ । काठमाडौँको टोखा नगरपालिका–९ मा सञ्चालित सुर्खेत खाजा घरका दुई जना सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा

Techie IT