गृहपृष्ठ ∕ नेपाल ∕ छोराको कुटपिटबाट आमाको मृत्युछोराको कुटपिटबाट आमाको मृत्यु नेपालीपत्र बुधबार, २०८० मंसीर ६ गते, ०५:३६ मा प्रकाशित नेपाल प्रतीकात्मक तस्बिरमनहरी । मकवानपुरको मनहरी गाउँपालिकामा सौतेनी छोराको कुटपिटबाट एक जना महिलाको मृत्यु भएको छ ।मृत्यु हुनेमा मनहरी गाउँपालिका–५ डिल्लीपुर बस्ने डिलबहादुर चेपाङकी कान्छी श्रीमती ५० वर्षीय सन्तमाया चेपाङ रहेको मकवानपुरका प्रहरी नायब निरीक्षक एवं प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिए ।मकवानपुर प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक भण्डारीका अनुसार सन्तमायालाई कात्तिक २७ गते डिलबहादुरकी जेठी श्रीमतीका २६ वर्षीय छोरा ईन्द्रबहादुर चेपाङले कुटपिट गरी घाइते बनाएका थिए ।घाइते सन्तमायाको चितवनस्थित सरकारी अस्पताल भरतपुरमा उपचारको क्रममा मंगलबार मृत्यु भएको प्रवक्ता भण्डारीले जानकारी दिए ।कुटपिटमा संलग्न ईन्द्रबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको र घटनाका बारेमा अनुसन्धान भइरहेको प्रवक्ता भण्डारीले बताए । ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार गण्डकी सरकारविरुद्ध कांग्रेसले दियो सर्वाेच्चमा रिटकाठमाडौँ । नेपाली कांग्रेसले गण्डकी प्रदेश सरकारविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेको छ । मुख्यमन्त्री खगराज अधिकारीले ३० सांसदकै समर्थनमा आगामी वर्षको बजेटमा नेपाली वस्तुको उपभोग अनिवार्य गर्नुपर्छ: अध्यक्ष अग्रवालकाठमाडौँ । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले आगामी वर्षको बजेटमा नेपाली वस्तुको उपभोग अनिवार्य गर्न आग्रह गरेका छन् । चट्याङ लागेर ६ वर्षीय बालकको मृत्यु, ३ जना घाइतेअछाम । चट्याङ लागेर अछाममा एक बालकको मृत्यु भएको छ । रामारोशन गाउँपालिका–७ मेलकाटिया निवासी कमल भण्डारीका ६ वर्षीय छोरा गृह मन्त्रालयद्वारा हिरासत छल्न अस्पताल जाने प्रवृत्ति रोक्न तीन बुँदे…काठमाडौँ । गृह मन्त्रालयले कुनै पनि व्यक्ति अनुसन्धान वा अभियोजनका लागि पक्राउ परेपछि हिरासत छल्न अस्पताल जाने प्रवृत्ति रोक्न तीन विदेशीहरुसँग भेट्दा कुटनीतिक आचारसंहिताको पालना गरौं: परराष्ट्रमन्त्री श्रेष्ठकाठमाडौँ । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपालका नेता तथा कर्मचारीहरुले विदेशीहरुसँग भेट्दा कुटनीतिक आचारसंहिताको पालना गर्नुपर्ने बताएका छन् । जनकपुरमा पेस्तोल देखाएर सहकारीको ८० लाख लुटपाटकाठमाडौँ । जनकपुरमा हतियार देखाएर सोमबार एक सहकारीको ८० लाख रुपैयाँ लुटपाट गरिएको छ । धनुषा प्रहरीका अनुसार शुभश्री बचतधेरै पढिएका खबर १ कतारसँग ६ वटा सम्झौतामा हस्ताक्षर हुने २ बिभिन्न जिल्लामा भएको आगलागीमा ७० भन्दा धेरै घरगोठ जले ३ नेपालमा अवसर नै अवसर छन्, लगानी गर्नुस: अध्यक्ष ढकाल ४ मोटरसाइकल दुर्घटनामा पत्रकार यादवको मृत्यु ५ टिकटक बन्द गरे नगरेकाबारे जवाफ दिन प्राधिकरणको निर्देशन ६ बेनी–जोमसोम र बेनी–दरवाङ सडकमा पहिरोको जोखिम ७ बूढीगण्डकीको तटीय क्षेत्रमा सतर्क रहन गृहको आग्रहThe Film Nepal