Techie IT
२०८२ साउन ३१, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठनेपालगणतन्त्र, संघीयता र धर्मनिरपेक्षतामा जनमत संग्रह गराउन दुर्गा प्रसाईको चुनौती

गणतन्त्र, संघीयता र धर्मनिरपेक्षतामा जनमत संग्रह गराउन दुर्गा प्रसाईको चुनौती


काठमाडौँ। मेडिकल ब्यवसायी दुर्गा प्रसाईले गणतन्त्र, संघीयता र धर्मनिरपेक्षतामा जनमत संग्रह गराउन राजनीतिक दलहरुलाई चुनौती दिएका छन्। भोलि (मंसिर ७ गते) प्रदर्शन गर्ने तयारीमा रहेका प्रसाईले आज पत्रकार सम्मेलन गर्दै मुख्य दलहरुलाई उनले यस्तो चुनौती दिएका हुन्।

पत्रकार सम्मलेनमा बोल्दै उनले यो व्यवस्था परिवर्तन गरेर छोड्ने अठोट समेत व्यक्त गरे। प्रसाई पत्रकार सम्मेलनमा मुख्यतः नेकपा एमालेप्रति आक्रमक देखिएका थिए। मंगलबार राति एउटा पार्टी प्यालेसबाट महिलाहरुलाई लखेटिएको घटनामा एमाले दोषि रहेको बताए। महिलामाथि दुर्व्यवहार गर्नेलाई कारवाही गर्न उनले माग गरेका छन्।

‘महिला सुतिरहेको ठाउँमा गएर बलात्कार गर्न खोजेछन्। त्यसलाई पक्रेर ल्याउनुपर्छ कि पर्दैन?’ उनले प्रश्न गरे, ‘मानवअधिकारवादी के हेरेर बसेका छन्? महिलावादी के हेरेर बसेका छन्? माइती नेपालकी कोइराला दिदी कहाँ छिन्?’

प्रसाईंले आफ्नो लडाईंलाई जीवनमरणको संघर्ष भएको बताएका छन्।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

गएको आर्थिक वर्षमा सरकारको खर्च १५ खर्ब ८ अर्ब रुपैयाँ

काठमाडाैँ । गएको आर्थिक वर्षमा सरकारको १५ खर्ब ८ अर्ब २३ करोड ११ लाख रुपैयाँ खर्च भएको छ । यसअघि,

व्यवसायिक अकबरे खुर्सानी खेती गरेका कृषकलाई बजारको चिन्ता

म्याग्दी । व्यवसायिक अकबरे खुर्सानी खेती गरेका म्याग्दी र पर्वतका कृषकलाई बजारको चिन्ताले सताएको छ । बजारको अभावले किसानहरु मर्कामा

प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीले बोधगयामा भेटवार्ता गर्ने

काठमाडौं । प्रधानमन्त्री के.पी. शर्मा ओलीले आगामी भारत भ्रमणमा समकक्षी नरेन्द्र मोदीसँग बोधगयामा द्विपक्षीय भेटवार्ता गर्ने तय भएको छ ।

रुपन्देही–३ उपनिर्वाचनका लागि २७ दलका २८ निवेदन

काठमाडौं । कार्तिक १७ गते रुपन्देही क्षेत्र नम्बर तीनमा हुने प्रतिनिधि सभा उपनिर्वाचनमा भाग लिनका लागि २७ दलले निर्वाचन आयोगमा

पाठ्यक्रम विकास केन्द्रले कक्षा ९ को नेपाली पाठ्यपुस्तकमा भएको त्रुटि…

काठमाडाैँ । पाठ्यक्रम विकास केन्द्रले कक्षा ९ को नेपाली पाठ्यपुस्तकमा भएको त्रुटि सच्याएको छ । बोध र अभिव्यक्ति खण्डको अभ्यास

जगदुल्ला जलविद्युत् आयोजनाको निर्माण प्रक्रिया अघि बढ्यो : ठेक्का सम्झौतामा…

काठमाडाैँ । डोल्पाको जगदुल्ला जलविद्युत् आयोजनाको निर्माण प्रक्रिया अगाडि बढेको छ । प्रवर्द्धक कम्पनी र निर्माण व्यवसायीबीच निर्माणसम्बन्धी द्विपक्षीय सम्झौतामा

Techie IT