Techie IT
२०८२ भदौ ३१, मंगलबार
NepaliPatra logo
गृहपृष्ठराजनीति‘कानुन बनाउने कुरामा प्रतिपक्षको भन्दा पनि सत्तापक्षले अलि बढी ध्यान दिनुपर्ने हुन्छ’

‘कानुन बनाउने कुरामा प्रतिपक्षको भन्दा पनि सत्तापक्षले अलि बढी ध्यान दिनुपर्ने हुन्छ’


काठमाडौँ । सांसद हर्कमाया विश्वकर्मालाई अझै पनि जातीय विभेद कम हुन नसकेकोप्रति दुःख लागेको छ । जातीय विभेदका घटना पटकपटक संसद्मा उठाए पनि खासै सम्बोधन हुन नसकेको उनसँग तितो अनुभव छ ।

“सांसद भएर काम सुरु गरेको एक वर्ष भयो, म सांसद भएर आएपछि पनि ३०र३२ जातीय विभेदका घटना घटे तर एउटैको पनि सुनुवाइ भएन”, सांसद विश्वकर्माले भनिन्, “मैले पटकपटक सदनमा आवाज उठाए, सुनुवाइ हुँदैन, जातीय विभेदको कुरा अहिले पनि कम हुन सकेको छैन, जुन दुःखद् कुरा हो ।” उनी आफ्नो समुदायको विभेद न्यूनीकरण गर्न पटकपटक आवाज उठाउछिन् । तर एकाधबाहेक सम्बोधन हुँदैनन् । तै पनि हिम्मत हारेकी छैनन् ।

“मैले विभेद कम गर्न सदनमा आवाज उठाउँछु, आफ्नो क्षेत्रको समस्या समाधान, रोकथाम गर्नका लागि काम गरिरहेकै छु”, सांसद विश्वकर्माले भनिन् ।

सांसद विश्वकर्माको जन्म झापाको लखनपुर–३ मा भएको हो । विंस २०४० देखि राजनीतिक यात्रा प्रारम्भ गरेकी उनले नेकपा (एमाले) को विद्यार्थी सङ्गठन अनेरास्ववियुको प्रारम्भिक कमिटीदेखि नै काम गरेकी हुन् । झापा–२ बाट समानुपातिकबाट प्रतिनिधित्व गर्दै सांसद विश्वकर्माले पार्टीको वडा ण्ण्ण्कमिटी हुँदै पार्टीभित्र दलित मुक्ति आन्दोलनमा सक्रियारुपमा काम गरिन् । उनले दलित मुक्ति मोर्चाको जिल्ला सचिव भएर काम गर्दै अहिले मुक्ति समाजको केन्द्रीय सचिवालय सदस्य र महिला विभागको केन्द्रीय सचिव भएर काम गरिरहेकी छन् ।

सांसद विश्वकर्माले संविधान अनुकूलका कानुन बनाउन धेरै बाँकी भए पनि सरकारले संविधान कार्यान्वयन गर्न आवश्यक कानुन बनाउन ध्यान नदिएकामा दुःख लागेको छ । “कानुन बनाउने कुरामा प्रतिपक्षको भन्दा पनि सत्तापक्षले अलि बढी ध्यान दिनुपर्ने हुन्छ”, उनले थपे, “सरकारले बनाउनुपर्ने कानुन सदनमा ल्याएर छलफल गराउनुपर्ने हुन्छ तर त्यो हुन सकेको छैन ।” उनले कानुन बनाउनुपर्ने कुरामा धेरै पटक सदनमा उठाएको तर सरकारले गम्भीरतापूर्वक नलिएको अनुभव सुनाए । कानुन बनाउने कुरामा सत्तापक्ष र प्रतिपक्ष भनेर बस्न नहुने उनको बुझाइ छ ।

सांसद विश्वकर्मालाई सक्तापक्ष र प्रतिपक्षबीच आरोपप्रत्यारोप गर्नु संसदीय अभ्यासमा सामान्य कुराजस्तो लागे पनि सदन प्रतिपक्षको भएकाले सरकारले अलि बढी ध्यान दिनुपर्छ भन्ने लाग्छ । “सरकारले गल्ती गरेको अवस्थामा प्रतिपक्षले आवाज उठाउने ठाउँ सदन होे, त्यो कुरा सरकारले पनि बुझन जरुरी छ”, उनले भनिन्, “तर आरोपप्रत्यारोप गरेर समस्याको समाधान हुँदैन, जनताको समस्या समाधानमा जनप्रतिनिधिले ध्यान दिनुपर्छ ।”

जनताका प्रतिनिधि अत्यन्तै इमान्दार, संवेदनशील भएर जनताको हित हुने गरी बोल्नुपर्छ भन्ने सांसद विश्वकर्मालाई लाग्छ । “जनताको समस्या समाधान गर्ने तरिकाले जनप्रतिनिधि सदनमा सभ्य भएर आफ्नो कुराहरु राख्नुपर्छ”, उनले भनिन् , “सरकारको ध्यानाकर्षण सभ्य तरिकाले पनि गर्न सकिन्छ, गैरजिम्मेवार तरिकाले कहिले पनि प्रस्तुत हुन हुँदैन ।”

नेपालको राजनीतिक परिपाटीमा सांसदहरु विकास निर्माणमा बढी केन्द्रीत हुनुपर्ने जरुरी भएको उनको बुझाइ छ । विधायक भनेको कानुन बनाउने हो भनेर नेपाली समाजमा बुझाउन नसकिएको भन्ने उनलाई लाग्छ । “जनताले विकासकै आशा गरेका हुन्छन्, चुनावमा भोट माग्दा पनि कुन नेताले के बनाउने भन्ने बोल्यो भन्ने आधारमा मत निर्धारण हुन्छ”, उनले भनिन्, “म यहाँ बाटो बनाउँछु, त्यहाँ पुल बनाउँछु, यति बजेट हालिदिन्छु भनेर वचन दिएको हुन्छ, सांसदमा पनि विकास निर्माणमा ध्यान दिँदा लोकप्रिय भइन्छ भन्ने छ ।”

सांसद विकास कोष बढी मात्रामा पहुँच हुनेले मात्र प्रयोग गरेको पाइएकाले त्यो नहुँदा नै ठीक भएको उल्लेख गर्दै उनले थपिन्, “जहाँ विकास जरुरी छ, त्यहाँ विकास गर्नुपर्छ, निर्वाचित सांसदको हालीमुहाली हुने तर समानुपातिक सांसदलाई साँची मात्र बनाउने परिपाटी पनि गलत हो ।”

सांसद विश्वकर्मालाई सत्तापक्ष वा प्रतिपक्ष सबै मिलेर देशमा भएका विकृति, विसङ्गति, सबै खाले विभेदको अन्त्यका लागि पहल गर्नुपर्छ भन्ने लागेको छ । कुनै पनि प्रकारको कुरीति र कुसंस्कारको विरुद्धमा सबै एकताबद्ध हुन उनको आग्रह छ । रासस




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

भैरहवा भन्सार कार्यालयले अस्थायी संरचनाबाट अत्यावश्यक सामाग्री ल्याउदै

रुपन्देही । भैरहवा भन्सार कार्यालयले अस्थायी संरचनाबाट नेपालका लागि अत्यावश्यक सामाग्रीहरु भित्र्याउन शुुरु गरेको छ । जिल्ला सुरक्षा समितिले बिहिबार

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण

काठमाडौं । पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गरेकी छन् । केहीबेर अघि नवनियुक्त

पोखराबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुँदै

कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको हो

पूर्वी अफगानिस्तानमा ६ म्याग्निच्युडको भूकम्प, कम्तिमा २० जनाको ज्यान गयो

एजेन्सी । पूर्वी अफगानिस्तानमा गएराति ६ म्याग्निच्युडको भूकम्प गएको छ । अमेरिकी भूगर्भ विभाग यूसजीएसका अनुसार भूकम्प स्थानीय समय राति

लिम्पियाधुरा, लिपुलेख र कालापानी नेपालको ऐतिहासिक, भौगोलिक र कानुनी अधिकारमा…

नेपालको पश्चिमोत्तर सिमाना—लिपुलेख, कालापानी र लिम्पियाधुरा—केवल भूगोलका सीमारेखा मात्र होइनन्, यी नेपाली सार्वभौमिकताको गहिरो पहिचान हुन्। इतिहास, भूगोल, संस्कृति र

लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन

काठमाडाैँ । लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन भएको छ । नेकपा एमालेबाट रुकुम पूर्वकी समानुपातिक सांसद रहेकी

Techie IT