Techie IT
२०८२ असार ३, मंगलबार
NepaliPatra logo
गृहपृष्ठपर्यटन‘हिले जलजले पर्यटकीय ताल’ बाँध निर्माण थालियो

‘हिले जलजले पर्यटकीय ताल’ बाँध निर्माण थालियो


काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–२ स्थित सिक्रेमा हिले जलजले पर्यटकीय ताल निर्माणका लागि बाँध निर्माण कार्य सुरु गरिएको छ । काभ्रेपलाञ्चोक र भक्तपुरको सीमा क्षेत्र पर्यटकीय क्षेत्र नगरकोट नजिकै रहेको सो ठाउँमा पर्यटकलाई आकर्षण गर्नका लागि पर्यटकीय ताल निर्माण थालिएको हो ।

बागमती प्रदेश सरकारको आर्थिक सहयोगमा ताल निर्माण सुरु गरिएको हो । अहिले ताल निर्माणका लागि विजय÷लोटस÷तेजस्वी जेभीले रु पाँच करोड ८७ लाखमा बाँध निर्माणको सम्झौता गरी निर्माण थालनी गरेको छ । एक वर्ष अगाडि नै सुरु हुनुपर्ने सो निर्माण कार्य रकम अभावका कारण ढिला हुन गएर अहिले कार्य थालनी भएको निर्माण व्यवसायी गणेश तामाङले बताए । आगामी २०८१ मङ्सिर ७ गते सम्पन्न गर्नुपर्ने बहुवर्षीय योजनाको रुपमा सुरु भएको परियोजनाको अहिले पहिलो चरणअन्तर्गत बाँध निर्माणको काम गरिरहेको छ । बाँध निर्माणको लागि एक हप्तादेखि डोजर लगाएर जग खन्ने काम भइरहेको छ ।

थलथले अवस्थामा रहेको सो ठाउँमा यसअघि खासै कोही जाँदैनथे । सो ठाउँमा अहिले कृतिम ताल निर्माण गरी पर्यटन प्रवद्र्धनको काम अगाडि बढाइएको हो । ताल निर्माण भएपछि सिँचाइको सुविधासमेत हुने भएकाले त्यहाँका स्थानीयवासीको आर्थिकस्तरमा वृद्धि हुने स्थानीयवासी लालचन्द्र गिरीले बताउनुभयो । ताल निर्माणसँगै सो ठाउँमा डुङ्गा सञ्चालन गर्ने र ताल आसपासका क्षेत्रमा पर्यटकका लागि मनोरञ्जन गर्ने उद्यानसमेत निर्माण गर्ने जनाएको छ ।

सो स्थान आसपासमा रहेको वासुकी उद्यान र देवीस्थानडाँडा अर्को आकर्षणको केन्द्र रहेको छ । अग्लो ठाउँमा रहेको सो स्थानबाट काठमाडौँ उपत्यका लगायत काभ्रेको बनेपा आसपासका सबै ठाउँ नियाल्न सकिने भएकाले पनि पर्यटकको लागि उपयुक्त स्थान हुने गिरीगाउँका स्थानीयवासी सानुकाजी गिरीले बताउनुभयो । त्यससँगै अब ताल निर्माण कार्य सम्पन्न भएपछि आधुनिक भवन निर्माणसँगै पर्यटकको आवागमन बढेर उत्पादन हुने कृषिजन्य बस्तुको बिक्रीबाट स्थानीय कृषकको आर्थिक विकासमा टेवा पुग्ने उनको भनाइ छ ।

पहिला नालाको शेरा बजारसम्म लगेर तरकारी बिक्री गरेकामा पछिल्लो समयमा सडकको सुविधा भएपछि ठेकेदारले बारीसम्म पुगेर सङ्कलन गरी सिधैँ काठमाडौँ बिक्री गर्दै आएको किसान बताउँछन् । “अब ताल बनेपछि पर्यटकको आवागमनले घरआँगनमा नै बिक्री गरेर आर्थिक लाभ लिन पाउने आशा छ”, चारघरेका रामचन्द्र दाहालले भने, “तत्कालीन समयमा स्थानीयवासीले पर्यटकीय ताल बनाउन आग्रह गरेका थिए, त्यसलाई निरन्तररुपमा आवाज उठाउँदै आउने क्रममा अब बाँध निर्माण कार्य सुरु भएकाले बन्ने आशा पलाएको छ ।”

काम सुरु भए पनि सम्पन्न नभइञ्जेलसम्मका लागि बजेटको सुनिश्चित गर्न र निर्माण व्यवसायीले पनि समयमा नै सम्पन्न गरिदिनका लागि स्थानीयवासीले आग्रह गरेका छन् । लामो समयदेखि देखेको सपना बल्ल साकार हुन थालेको भन्दै यहाँका बासिन्दाले अब त्यसलाई छिट्टै सम्पन्न गर्नका लागि आग्रह गरेका छन् । रासस




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

कैलाश मानसरोवर दूरदर्शन शुरु

हुम्ला । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६ को लिमी लाप्चा लोलुङबाट कैलाश मानसरोवरको दूरदर्शन शुरु भएको छ । वैशाख महिनाको दोस्रो

हिमाल जोगाउन जलवायु परिवर्तनका असर न्युनिकरणका लागि प्रतिवद्धताका साथ लागौँ:…

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रिप्रसाद पाण्डेले जलवायु परिवर्तनका कारण सगरमाथा लगायतका हिमश्रृंखलाहरुले ठूलो असर व्यहोरिरहेकोबताएका छन्

फाप्लु–काठमाडौँ हप्तामा चार दिन उडान

सोलुखुम्बु । सदरमुकाम सल्लेरीको फाप्लु विमानस्थलबाट काठमाडाैँ हप्तामा चार दिन नियमित उडान हुन थालेको छ । नेपाल एयरलाइन्सले हप्ताको चार

हिमालबाट ७७ करोड रोयल्टी सङ्कलन

काठमाडाैँ । यस वर्षको वसन्त ऋतुको हिमाल आरोहणबाट ७७ करोड रुपैयाँ भन्दा बढी रोयल्टी सङ्कलन भएको छ । पर्यटन विभागको

पर्यटन विकास व्यवसायी सङ्घको अध्यक्षमा सिग्देल

काठमाडौं । नेपाल पर्यटन विकास व्यवसायी सङ्घको अध्यक्षमा अच्युतप्रसाद सिग्देल निर्बिरोध निर्वाचित भएका छन् । सङ्घको मङ्गलबार राजधानीमा सम्पन्न छैटौँ

मनाङमा सार्वजनिक बस सेवा सञ्चालन सुरु

मनाङ । हिमाली जिल्ला मनाङमा आइतबारदेखि नियमित रूपमा सार्वजनिक बस सेवा सञ्चालनमा ल्याइएको छ । ट्रयाक खोलिएको २२ वर्षपछि सदरमुकाम

Techie IT