Techie IT
२०८२ असार २०, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठखेलकेपी ओली कपः लगातार दोस्रो जितसँगै बागमती सेमिफाइनलमा

केपी ओली कपः लगातार दोस्रो जितसँगै बागमती सेमिफाइनलमा


काठमाडौँ । बागमती प्रदेश पोखरामा जारी प्रथम केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा शुक्रबार कर्णाली प्रदेशलाई ९० रनले पराजित गर्दै बागमती प्रदेशले सेमिफाइनलमा स्थान बनाएको हो ।

बागमती प्रदेशले दिएको १ सय ९० रनको लक्ष्य पछ्याएको कर्णाली प्रदेश १७.३ ओभरमा ९९ रनमै समेटियो । कर्णालीलाई सस्तोमै समेट्न बागमतीका कप्तान सन्दीप लामिछानेले ४ विकेट लिए ।

यस्तै, प्रतिश जिसी, रिजन ढकाल, सुभाष खत्री र इशान पाण्डेले १–१ विकेट लिए । कर्णालीका लागि कप्तान रविन्द्र शाहीले २०, अर्जुन घर्तीले २४, बिपिन शाहीले २१ र दीपेन्द्र रावतले १२ रन जोडे ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बागमतीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८९ रन बनायो । बागमतीका लागि रित गौतमले ८२ र इशान पाण्डेले ७० रनको योगदान दिए । प्रतिश जिसीले अविजित १२ रनको योगदान दिए । बलिङतर्फ कर्णालीका दिनेश अधिकारी र प्रकाश जैसीले ३–३ विकेट लिए ।

यसअघि प्रतियोगिताको उद्घाटन खेलमा आयोजक मदन भण्डारी स्पोर्टस् एकेडेमी (रातो)लाई १०९ रनले पराजित गरी बागमतीले विजयी सुरुआत गरेको थियो ।

प्रतियोगितामा सात प्रदेशका सात टिम, विभागीय टोली नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरीको एपिएफ र आयोजक मदन भण्डारी एकेडेमीको दुई गरी १२ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिताको विजेता टोलीले रु पाँच लाख, शिल्ड, पदक, प्रमाणपत्रसहित पुरस्कार प्राप्त गर्नेछन् । यसैगरी उपविजेता टोलीलाई रु दुई लाख ५० हजार, शिल्ड, पदक, प्रमाणपत्रसहित पुरस्कार दिइनेछ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)को नियमानुसार खेलाइने प्रतियोगितामा ‘म्यान अफ दि सिरिज’ले नगद रु ३० हजार, ‘बेस्ट बलर’ रु २० हजार र ‘म्यान अफ दि म्याच’ले नगद रु पाँच हजार पुरस्कार पाउनेछन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

एपीएफ क्लबले एएफसी महिला च्याम्पियन्स लिगमा अल नासरसँग खेल्ने

काठमाडाैँ । सशस्त्र प्रहरी बलको एपीएफ क्लब एएफसी महिला च्याम्पियन्स लिगको समूह ‘बी’ मा परेको छ । एपीएफ रहेको समूहमा

एसिसी यु-१६ कप क्रिकेट : सिंगापुरमाथि नेपालको जित

काठमाडौं । एसीसी मेन्स यू-१६ इस्ट जोन कपमा नेपालले विजयी शुरुवात गरेको छ । आज भएको पहिलो खेलमा नेपालले सिंगापुरलाई

बाघ ई–स्पोर्ट्सले ३२४ टिमलाई उछिन्दै जित्यो वेस्टमिन्स्टर कलेज पब्जी टुर्नामेन्ट

काठमाडौँ । कुपण्डोलस्थित द वेस्टमिन्स्टर कलेजले आयोजना गरेको पब्जी टुर्नामेन्टको उपाधि ‘बाघ ई–स्पोर्ट्स’ले जितेको छ । ब्रिटिस एजुकेशन ग्रुपअन्तर्गतको वेस्टमिन्स्टर

राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता जेठको अन्तिममा हुने

काठमाडौँ । राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको १५औं संस्करण यही जेठ २८ देखि ३० गतेसम्म काठमाडौँमा हुने भएको छ ।

नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौं । नेपाल एक खेल अगावै साफ यू–१९ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार भारतको उत्तर प्रदेशस्थित गोल्डेन जुब्ली

ललितपुर सिटी लगातार दोस्रोपटक नेपाल सुपर लिग च्याम्पियन

काठमाडौँ । ललितपुर सिटी एफसी लगातार दोस्रोपटक नेपाल सुपर लिग (एनएसएल)को च्याम्पियन बनेको छ । ललितपुर तेस्रो संस्करणको फाइनलमा शनिबार

Techie IT