Techie IT
२०८१ वैशाख ३१, सोमबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनअमिताभले छोरीलाई दिए आलिशान घर उपहार

अमिताभले छोरीलाई दिए आलिशान घर उपहार


एजेन्सी । बलिउडका महानायक अमिताभ बच्चन र उनी श्रीमती जया बच्चनले जुहुको बंगला ‘प्रतिक्षा’ आफ्नी छोरी श्वेता नन्दालाई हस्तान्तरण गरेका छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार १६ हजार ८४० स्क्वायर फिटमा बनेको बंगला श्वेताको नाममा हस्तान्तरण गर्दा यसको मूल्य ५० करोड ६३ लाख देखाइएको छ । यो बंगला दुई प्लटमा बनेको छ । ९ हजार ५ सय ८५ स्क्वायर फिट अमिताभको नाममा र ७ हजार २५० स्क्वायर फिट श्रीमती जयाको नाममा थियो ।

अभिषेक बच्चन र ऐश्वर्या रायको विवाह सन् २००७ मा यसै प्रतीक्षा बंगलामा भएको थियो । बुबा हरिवंश रायले आफ्नो कविताबाट प्रेरित भएर यसको नाम प्रतिक्षा राखेका हुन् ।

अमिताभ बच्चनको मुम्बईमा पाँचवटा बंगला छन् । उनका ४ वटा बंगलाको नाम जलसा, जनक, प्रतिक्षा र वत्स हो । अमिताभ आफ्नो परिवारसँग मुम्बईको जुहू क्षेत्रमा रहेको जलसा बंगलामा बस्छन् । यस बंगलाको मूल्य करिब ५०.६३ करोड भारु रहेको बताइएको छ ।

यो बंगला फिल्म ‘सत्ते पे सत्ता’ को सफलतापछि निर्देशक रमेश सिप्पीले बिग बीलाई भुक्तानस्वरूप दिएका थिए । उनको दोस्रो बंगला ‘प्रतीक्षा’ को मूल्य ५० करोड रुपैयाँ रहेको बताइएको छ, जहाँ उनी बुबासँग बस्थे । बिग बीको ‘जनक’ बंगलामा अफिस छ ।

यसबाहेक उनको पुर्खाको घर उत्तर प्रदेशको इलाहाबादमा पनि छ । अमिताभले यस ठाउँलाई शैक्षिक ट्रस्टमा परिणत गरेका छन् । उनको देशमा अन्य धेरै सम्पत्तिहरू छन् । अमिताभ बच्चनले ३३९० करोडको सम्पत्तिका साथ वार्षिक ६० करोड रुपैयाँ कमाउँछन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

‘कमेडी दरबार’ असार १४ बाट प्रसारणमा आउने

काठमाडौँ । टेलिभिजन कमेडी शो ‘कमेडी दरबार’ आगामी असार १४ गतेबाट प्रसारणमा आउने भएको छ । बिक्की अगरवाल र श्रृद्धा

जापानमा अवार्ड तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

काठमाडौँ । दोस्रो संस्करणको ए एम एस इन्टरनेसनल अनर अवार्ड तथा सांस्कृतिक कार्यक्रम जापानमा सम्पन्न भएको छ । ए एम

गायक रवि ओडले गरे प्रहरीसमक्ष आत्मसमर्पण

काठमाडौँ । गायक तथा नेपाल आइडल सिजन–२ का विजेता रवि ओडले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् । वैवाहिक बलात्कारसम्बन्धी मुद्दा खेपिरहेका

गायक प्रकाश कटवालद्धारा राष्ट्रिय संगीतकर्मी संघको अध्यक्षमा उम्मेदवारी

काठमाडौँ । राष्ट्रिय संगीतकर्मी संघका कार्यवाहक अध्यक्ष प्रकाश कटवालले संघको अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । मुलुकका २० हजार भन्दा

‘पुजार सार्की मेरो लागि निकै महत्त्वपूर्ण छ’

काठमाडौँ । जेठ १० गते रिलिज हुने नेपाली चलचित्र ‘पुजार सार्की’का अभिनेता पल शाहले यो चलचित्रमा अन्य कलाकारहरू जस्तै आफ्नो

चलचित्र ‘पुजार सार्की’को ट्रेलर सार्वजनिक

काठमाडौं। आगामी जेठ १० गते विश्वव्यापी रूपमा एकसाथ रिलिज हुने बहु प्रतीक्षित नेपाली चलचित्र ‘पुजार सार्की’को ट्रेलर सार्वजनिक गरिएको छ।

Techie IT