Techie IT
२०८२ असार ४, बुधबार
NepaliPatra logo
गृहपृष्ठनेपालप्रधानमन्त्रीलाई लिएर जहाज दुबई उड्दा विमानस्थलमै छुटे ३१ यात्रु

प्रधानमन्त्रीलाई लिएर जहाज दुबई उड्दा विमानस्थलमै छुटे ३१ यात्रु


काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई लिएर जहाज दुबईमा उड्दा ३१ जना यात्रु विमानस्थलमै छुटेका छन्। दुबईमा बिहीबार सुरु हुन लागेको (कोप–२८) मा भाग लिन बुधवार राति प्रधानमन्त्री दुबई प्रस्थान हुँदा ३१ यात्रु त्रिभुवन विमानस्थलमै छुटेका हुन्।

दुबईको नियमित उडान तालिका २ घण्टा अघि सार्दा टिकट काटेका यात्रु विमानस्थलमै छुटेका हुन्। काठमाडौँ देखि दुबई जाने जहाजको उडान तालिका साढे ११ बजेको भनिए पनि गएराति साढे ९ बजे नै त्रिभुवन विमानस्थलबाट विमान उडेको थियो।

प्रधानमन्त्री प्रचण्डले नै सम्बोधन गर्ने कोप २८ मा सहभागी हुन जान लागेका प्रज्वल विक्रम रानाले भने, ‘प्रधानमन्त्री जाने कारण २ घण्टाअघि उडान तालिका सरेको रहेछ,’ उनले भने, ‘नेपाल एयरलाइन्सले यात्रुलाई जानकारी नै नदिदाँ धेरै जना छुटेका छन्।’

साथै, रानाले आफू साढे ८ बजे विमानस्थलमा पुग्दा बोडिङ गर्ने ठाउँमा कर्मचारी नै नभएको दाबी गरेका छन्। ३१ जनालाई नेपाल एयरलाइन्सले होटलमा लगेर राखेको छ। बिहीबार विभिन्न उडान मार्फत् उनीहरुलाई दुवई पठाउने नेपाल एयरलाइन्सले जानकारी दिएको छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

मध्यपूर्वको तनावले इजरालयमा रहेका नेपाली प्रभावित

काठमाडौं । सरकारले पछिल्लो केही दिन यता मध्यपूर्वमा तनाव बढ्दै गएपछि उक्त क्षेत्रमा कार्यरत नेपाली कामदार तथा नागरिकलाई सुरक्षित राख्ने

मेयर र उपमेयरबीचको विवादले तनावग्रस्त धरान उपमहानगरपालिका

धरान । धरान उपमहानगरपालिकामा नगर प्रमुख हर्क साम्पाङ र उपप्रमुख अइनविक्रम बेघाबीचको विवाद चुलिँदै गएको छ । दुई जनाप्रतिनिधिको बिबादले

खेती गर्ने समयमा यो वर्ष पनि रासायनिक मल अभाव

काठमाडौं । खेती गर्ने समयमा यो वर्ष पनि किसानले मल अभाव झेल्नुपरेको छ । बर्खे धान रोपाइँ र मकै खेतीका

हेवा खोलामा बेलिब्रिज खस्दा घाइते भएका ३ जना मजदुरको मृत्यु

पाँचथर । पाँचथरको हेवा खोलामा बन्दै गरेको बेलिब्रिज खस्दा घाइते भएका ३ जना मजदुरको मृत्यु भएको छ। मेची राजमार्गस्थित पाँचथरको

अत्यधिक गर्मी बढेपछि बेलौरीमा दुई दिन विद्यालय बिदा

कञ्चनपुर । बेलौरी नगरपालिकाले अत्यधिक गर्मी बढेपछि दुई दिन विद्यालय बिदा दिने निर्णय गरेको छ । गर्मीका कारण शिक्षक, विद्यार्थी

म्याग्दीको विकट गाउँ पात्लेका १२२ घरपरिवारलाई खानेपानी सुविधा

म्याग्दी । मालिका गाउँपालिका–३ पात्लेमा ‘एक घर, एक धारा’ को सुविधा पुगेको छ । ६५ लाख ५७ हजार दुई सय

Techie IT