Techie IT
२०८२ वैशाख २३, मंगलबार
NepaliPatra logo
गृहपृष्ठखेलआर्मीलाई हराउँदै मधेस प्रदेशले जित्यो केपी ओली कपको उपाधि

आर्मीलाई हराउँदै मधेस प्रदेशले जित्यो केपी ओली कपको उपाधि


काठमाडौँ। केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताको उपाधि मधेस प्रदेशले जितेको छ। पोखरामा भएको प्रतियोगिताको फाइनलमा त्रिभुवन आर्मीलाई ११ रनले पराजित गर्दै मधेस प्रदेशले उपाधि जितेको हो।

मधेस प्रदेशले दिएको एक सय ३६ रनको लक्ष्य पछ्याउने क्रममा आर्मीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै एक सय २४ रन मात्रै बनायो। आर्मीका कप्तान विनोद भण्डारीले सर्वाधिक ३२ रन बनाए। मधेस प्रदेशका हरिशंकर साहले सर्वाधिक चार विकेट लिए।

यस्तै, प्रदीप पासवानले दुई तथा प्रतिक यादवले एक विकेट लिए। त्यसअघि पोखरा रङ्गशालामा टस जितेर पहिला ब्याटिङ गरेको मधेस प्रदेशले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा एक सय ३५ रन बनाएको थियो। मधेस प्रदेशका लागि विशाल पटेलले सर्वाधिक ४९ रन बनाए। आर्मीका शाहब आलम र विकेक यादवले समान तीनरतीन विकेट लिए।

सोमपाल कामी र बसिर अहम्मदले एक–एक विकेट लिए। उपाधि विजेता मधेस प्रदेशले ५ लाख र उपविजेता आर्मीले २ लाख ५० हजार रुपैयाँ प्राप्त गरेका छन्। प्रतियोगितामा ७ प्रदेशका ७ वटा टिम, विभागीय टिमहरू नेपाल पुलिस, नेपाल आर्मी, एपीएफ र मदन भण्डारी स्पोर्ट्स एकेडेमीको रातो र निलो गरी १२ टिमको सहभागिता थियो।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

ललितपुर सिटी लगातार दोस्रोपटक नेपाल सुपर लिग च्याम्पियन

काठमाडौँ । ललितपुर सिटी एफसी लगातार दोस्रोपटक नेपाल सुपर लिग (एनएसएल)को च्याम्पियन बनेको छ । ललितपुर तेस्रो संस्करणको फाइनलमा शनिबार

एन्फा कप फुटबल प्रतियोगिता नहुने

काठमाडाैँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आयोजना गर्ने भनेको लिग कम नकआउट फुटबल प्रतियोगिता एन्फा कप नहुने भएको छ

ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस काठमाडौंमा

काठमाडौं । विश्वकप विजेता ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस काठमाडौं आइपुगेका छन् । उनी नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनका

वैशाख ५ गते नेपाल आउने भए रोबर्टो कार्लोस

काठमाडाैँ । ब्राजिल फुटबलका महान् खेलाडी रोबर्टो कार्लोस आउँदो बैशाख ५ गते नेपाल आउने भएका छन् । नेपाल सुपर लिग

हङकङमा हुने चार देशीय क्रिकेट शृङ्खलाको खेल तालिका सार्वजनिक

काठमाडाैँ । हङकङमा हुने चार देश सम्मिलित टी–२० क्रिकेट श्रृंखलाको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का

आर्मीलाई हराउँदै राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफलाई

काठमाडाैँ । राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफ फुटबल क्लबले जितेको छ । चितवनकाे भरतपुरमा रहेको कृष्णपुर मैदानमा भएको फाइनलमा

Techie IT