Techie IT
२०८२ असार ३, मंगलबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियपाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई अर्को ठूलो झट्का

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई अर्को ठूलो झट्का


एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान भ्रष्टाचारको नयाँ मुद्दामा फसेका छन् । यस्तो अवस्थामा उनलाई जेलबाट छिट्टै निस्कन गाह्रो हुने भएको छ ।

तोशाखान भ्रष्टाचार मुद्दामा इमरान खान यसअघि नै जेलमा छन् ।

पाकिस्तानमा आगामी फेब्रुअरीमा आम निर्वाचन हुँदैछ । यस्तो बेला इमरानविरुद्ध नयाँ मुद्दा दायर गर्नु उनका लागि ठूलो झट्का भन्दा कम नभएको मिडिया रिपोर्टमा उल्लेख छ ।

पाकिस्तानको एक उत्तरदायित्व अदालतले शुक्रबार जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खान र उनकी श्रीमतीसहित अन्य संदिग्धहरूविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

नेशनल एकाउन्टेबिलिटी ब्यूरो (एनएबी) का डेपुटी प्रोसिक्युटर जनरल मुजफ्फर अब्बासी र अनुसन्धान अधिकारी उमर नदीमले इस्लामावादको उत्तरदायित्व अदालतमा मुद्दा दायर गरेका थिए।

यस मामिलामा पाकिस्तान तहरीक ए इन्साफ (पीटीआई) पार्टीका प्रमुख खान (७१), उनकी पत्नी बुशरा बीबी, उनका साथी फरहत शेहजादी उर्फ ​​फराह गोगी, पीटीआई नेता जुल्फी बुखारी, शेहजाद सहित कुल आठ जनालाई आरोपी बनाइएको छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

नेपालले पहिलो पटक बंगलादेशलाई बिजुली बेच्न थाल्यो

काठमाडौं । नेपालले पहिलो पटक बंगलादेशलाई ४० मेगावाट विद्युत् व्यावसायिक रूपमा निर्यात शुुरु गरेको छ । अहिले उत्पादित विद्युतले स्वदेशमा

रूसी राष्ट्रपति पुटिन र अमेरिकी राष्ट्रपति ट्रम्पबीच फोनवार्ता

एजेन्सी । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग कुराकानी गरेका छन । मध्यपूर्वमा विकसित घटनाक्रमबारे दुई नेताबीच कुराकानी

इजरायलद्वारा इरानमाथि आक्रमण शुुरु

एजेन्सी । इजरायलले इरानविरुद्ध आक्रमण थालेको छ । आक्रमणको निशाना इरानको परमाणु कार्यक्रम र लामो दूरीको मिसाइल क्षमतालाई बनाएको छ

अमेरिकाको लस एन्जल्समा प्रदर्शन झन चर्कियो

एजेन्सी । अमेरिकी राज्य क्यालिफोर्नियाका गभर्नर गेभिन नुस्सामले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध मुद्दा हाल्ने बताएका छन । क्यालिफोर्नियाको लस एन्जलस

अमेरिकामा नेपाली आप्रवासीलाई दिँदै आएको टीपीएस सुविधा खारेज

एजेन्सी । अमेरिकी ट्रम्प प्रशासनले नेपाली आप्रवासीलाई दिँदै आएको टेम्पररी प्रोटेक्टेड स्ट्याटस (टीपीएस) सुविधा २०२५ अगस्ट ५ मा अन्त्य हुने

ट्रम्पद्वारा विश्वका १२ देशका नागरिकलाई अमेरिका यात्रा गर्न प्रतिबन्ध

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वका १२ देशका नागरिकलाई अमेरिका यात्रा गर्न प्रतिबन्ध लगाउने घोषणापत्रमा हस्ताक्षर गरेका छन् ।

Techie IT