Techie IT
२०८१ वैशाख २५, मंगलबार
NepaliPatra logo
गृहपृष्ठखेलरुतुराज गायकवाडले टी–२० क्रिकेटमा बनाए कीर्तिमान

रुतुराज गायकवाडले टी–२० क्रिकेटमा बनाए कीर्तिमान


एजेन्सी । भारतीय टोलीका ओपनर रुतुराज गायकवाडले शुक्रबार अष्ट्रेलियाविरुद्ध रायपुरमा भएको चौथो टी–२० अन्तर्राष्ट्रिय खेलमा ठूलो उपलब्धि हासिल गरेका छन् । गायकवाडले चौथो टी–२० मा ३ चौका र एक छक्काको मद्दतमा २८ बलमा ३२ रन बनाए ।

योसँगै रुतुराज गायकवाड टी–२० क्रिकेटमा सबैभन्दा छिटो ४ हजार रन पूरा गर्ने भारतीय ब्याट्सम्यान बनेका छन् । गायकवाड भन्दा पहिले यो कीर्तिमान केएल राहुलको नाममा थियो ।

गायकवाडले ११६ इनिङ्समा ४ हजार रन पुरा गरेका थिए भने राहुलले ११७ इनिङ्समा यो आँकडा पूरा गरेका थिए ।

वेस्ट इन्डिजका दिग्गज ब्याट्सम्यान क्रिस गेलले टी–२० क्रिकेटमा सबैभन्दा कम इनिङ्समा ४००० रन पूरा गर्ने कीर्तिमान बनाएका छन् । युनिभर्स बोस भनेर चिनिने गेलले मात्र १०७ इनिङ्समा ४ हजार रनको आँकडा पार गरेका थिए ।

गेलपछि अस्ट्रेलियाका पूर्व ब्याट्सम्यान शन मार्स (११३), पाकिस्तानका पूर्व कप्तान बाबर आजम (११५)र न्यूजिल्याण्डका ओपनर डेभन कोनवे (११६) रहेका छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

विश्वकप खेल्ने नेपाली क्रिकेट टिम अमेरिका पुग्यो

काठमाडौँ । आइसीसी टि२० विश्वकप २०२४ खेल्ने नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली अमेरिका पुगेको छ । विश्वकपको तयारीका लागि नेपाली

कर्पोरेट सुपर सिक्सेस सिजन-७ को तयारी पूरा

काठमाडौँ । आइतबारदेखि सुरु हुने तीनदिने कर्पोरेट सुपर सिक्सेस सिजन–७ को तयारी पूरा भएको छ । आयोजकद्वय एसएस एभेन्ट्स प्राली

वेस्ट इन्डिज ‘ए’ ले १ खेलअघि नै शृङ्खला जित्याे

काठमाडाैँ । वेस्ट इन्डिज ‘ए’ सँगकाे टी–२० क्रिकेट शृङ्खलाकाे चाैथाे खेलमा नेपाल २८ रनले पराजित भएकाे छ । वेस्ट इन्डिज

एआईपीएस एसियाको कंग्रेस नेपालमा हुने

काठमाडौँ । एसियाली खेलकुद पत्रकार महासंघ (एआईपीएस एसिया)को २५औँ कंग्रेस आउँदो भदौ अन्तिम हप्ता नेपालमा हुने भएको छ । स्पेनको

वेस्ट इन्डिज ‘ए’ ले दियाे नेपाललाई २१० रनकाे लक्ष्य

काठमाडौँ । टी– २० क्रिकेट शृङ्खलाको चौथो खेलमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई २१० रनको लक्ष्य दिएको छ । कीर्तिपुरको

नेपालविरुद्ध पहिले ब्याटिङ गर्दै वेस्ट इन्डिज ‘ए’

काठमाडौँ । वेस्ट इन्डिज ‘ए’ र नेपालबीचको पाँच खेलको टी– २० सिरिजको चौंथो खेलमा पनि वेस्ट इन्डिज ‘ए’ ले टस

Techie IT