Techie IT
२०८२ असार २, सोमबार
NepaliPatra logo
गृहपृष्ठस्वास्थ्यग्रान्डी अस्पतालद्वारा सात हजार बिरामीलाई आइसियु सेवा

ग्रान्डी अस्पतालद्वारा सात हजार बिरामीलाई आइसियु सेवा


काठमाडौँ । ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल, धापासीले सात हजार एक सय ५६ बिरामीलाई आइसियु (सघन उपचार कक्ष) मार्फत स्वास्थ्य सेवा प्रदान गरेको छ । ग्रान्डीले सन् २०१३ जुनदेखि बिरामीलाई आइसियु सेवा प्रदान गर्न लागेको हो ।

आइसियु सेवा प्रदान गरेको १० वर्ष पूरा भएको अवसरमा शुक्रबार आयोजित कार्यक्रममा अस्पतालका आइसियु शाखा प्रमुख डा सुवास आचार्यले आइसियु सेवा प्रदान गरिएका मध्ये छ हजार एक सय १४ बिरामीलाई बचाउन सफल भएको जानकारी दिए । आइसियुमा भर्ना हुने बिरामीमा ५७ प्रतिशत पुरुष र ४३ प्रतिशत महिला रहेका थिए ।

कोरोना महामारीका समयमा ग्रान्डीले सात सय ४३ बिरामीलाई आइसियुमार्फत सेवा प्रदान गरेको थियो । “झण्डै ८० प्रतिशत बिरामीलाई बचाउन सफल भयौँ”, उनले भने । ग्रान्डीले गत वर्षदेखि चिकित्सा शिक्षा आयोगबाट आइसियु फेलोसिपसमेत प्रदान गर्दै आएको छ ।

कार्यक्रममा अस्पतालका अध्यक्ष इञ्जिनियर दीपक कुँवरले नेपालमै अन्तर्राष्ट्रिय स्तरको विशिष्टीकृत स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले ग्रान्डी अस्पताल स्थापना गरिएको बताए । सबैको साथ, सहयोग र समर्थनका कारण ग्रान्डीले नेपालको स्वास्थ्य सेवाको क्षेत्रमा ठूलो फड्को मार्न सफल भएको उनको भनाइ थियो ।

निजी क्षेत्रको लगानीमा २०६९ पुस १९ गते स्थापना भएको ग्रान्डीले ३० भन्दा बढी विधामा बिरामीको उपचार गर्दैआएको अस्पतालले जनाएको छ । ग्रान्डीले हाल ३० शय्यामार्फत बिरामीलाई आइसियु सेवा प्रदान गर्दै आएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

पर्साको नारायणी अस्पतालमा विद्युत् सेवा अवरुद्ध हुँदा मोबाइलको लाइट बालेर…

पर्सा । पर्साको नारायणी अस्पतालमा विद्युत् सेवा अवरुद्ध हुँदा मोबाइलको लाइट बालेर बिरामीको उपचार गरिएको छ । अति संवेदनशील मानिने

धूमपान तथा सुर्तीजन्य पदार्थको लत त्याग्न चाहनेका लागि ‘हेल्पलाइन’ सेवा

काठमाडाैँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले धूमपान तथा सुर्तीजन्य पदार्थको लत त्याग्न चाहनेका लागि ‘हेल्पलाइन’ सेवा सञ्चालनमा ल्याएको छ ।

विश्व स्वास्थ्य सङ्गठनद्वारा ऐतिहासिक महामारी सम्झौता स्वीकृत

एजेन्सी । संयुक्त राष्ट्रसङ्घीय स्वास्थ्य एजेन्सी विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले कोभिड नाइन्टिन सङ्कटबाट उत्पन्न भएको तीन वर्षभन्दा बढीको वार्तापछि

मानसिक स्वास्थ्य समस्या सम्बोधन गर्न जनशक्ति थप्ने तयारी: स्वास्थ्य मन्त्री…

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मानसिक स्वास्थ्यका समस्या समाधानमा क्रियाशिल संघ संस्थाहरुबीच काममा दोहोरोपना हटाउन तथा सहकार्य बढाउन पहल

शिशिर स्मृति सम्मान डा. सुमन कर्माचार्यलाई

बर्दिवास । ३०औँ राष्ट्रिय छन्द दिवसको अवसरमा शिशिर घिमिरे स्मृति प्रतिष्ठानले बहुभाषिक कविता वाचन, स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम

चैत्र महिनामा ११ सङ्घीय अस्पतालमा सेवा थप तथा विस्तार

काठमाडाैँ । देशका ११ सङ्घीय अस्पतालले चैत्र महिनाभित्र सेवा थप तथा विस्तार गरेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गएको

Techie IT