Techie IT
२०८१ जेठ ३, बिहीबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिसरकार पूरै असफल भइसक्योः केपी ओली

सरकार पूरै असफल भइसक्योः केपी ओली


बागलुङ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान गठबन्धन सरकार पूरै असफल भइसकेको जिकिर गरेका छन्। गठबन्धनलाई पूरै असफलता भोग्दा पनि लज्जाबोध नभएको भन्दै पूर्व प्रधानमन्त्री ओलीले सरकारले देशलाई बन्धक बनाएको आरोप लगाए।

पार्टी केन्द्रीय समितिको आयोजनामा तय गरिएको मध्यपहाडी लोकमार्ग केन्द्रित झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिको लागि संकल्प यात्राअन्तर्गत बागलुङ बजारमा आयोजित सन्देश सभामा बोल्दै अध्यक्ष ओलीले सरकार र गठबन्धनप्रति त्यस्तो आरोप लगाएका हुन्।

‘कसरी बसिरहेको छ सरकार, अचम्म लाग्दो कुरो छ’, ओलीले भने, ‘तै पनि यस्तो सरकार चलिरहेको छ, अथवा सरकार हुँ भनेर बसिरहेको छ।’,

देशको अहिलेको अवस्थालाई एमाले बाहेक अन्य राजनीतिक दलले उद्धार गर्न नसक्ने ओलीको भनाई थियो। उनले सरकारले राष्ट्रघाती काम गरेर विकास रोक्दै देशको स्वाधीनता पनि कमजोर बनाएको थप आरोप पनि लगाए।

अहिलेको सरकार देशको भूमिबारे बोल्न नसक्ने अवस्थामा रहेको पनि ओलीको आरोप थियो। अहिले राष्ट्रियताको रक्षा गर्न, राष्ट्रलाई आत्मनिर्भर अर्थतन्त्रसहित अघि बढाउन आवश्यक रहेको उनले बताए। ‘त्यो गर्न राष्ट्रिय शक्ति आवश्यक पर्छ, राष्ट्रिय शक्ति नेपाली जनताको बिचबाट निस्किनु पर्दछ, अरूबाट निस्किने होइन, नेपाली जनता भ्रम, अन्योलमा पर्नु हुँदैन, राष्ट्रिय शक्तिको रूपमा उभिनु पर्दछ, देश हितको पक्षमा उभिनु पर्दछ, शान्तिको पक्षमा, सुशासनको पक्षमा, विकासको पक्षमा उभिन सक्नु पर्दछ’, ओलीले भने।

चटकेहरुले अनेक चटक गर्न सक्ने भन्दै उनले त्यसको भर नपर्न आग्रह गरे। एमाले गलत ढङ्गले होइन सही हिसाबले राजनीति र देशको विकास, समृद्धिका काममा लाग्नु पर्छ भन्ने मान्यता राख्ने पार्टी भएको उनले बताए।

झुलाघाटबाट अभियान सुरु भएको आठौँ दिन टोली बागलुङ आइपुगेको छ। एमाले अध्यक्ष ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू युवराज ज्ञवाली, रामबहादुर थापा, विष्णु पौडेल, सुरेन्द्र पाण्डे, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, सचिवहरू, स्थायी कमिटी, पोलिटब्युरो, केन्द्रीय कमिटी सदस्यहरू, प्रदेश कमिटी लगायतलाई बागलुङमा स्वागत गरिएको छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

पेट्रोलको मूल्य प्रति लिटर ७ रुपैयाँ घटेर कारोबार

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले पेट्रोलमा प्रति लिटर ७ रुपैयाँ र डिजेल तथा

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिने

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज विश्वासको मत लिने भएका छन् । विश्वासको मत लिने प्रयोजनका लागि प्रदेश

आज प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौँ । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहीबार बिहान ११ बजेका लागि बोलाइएको छ । प्रमुख प्रतिपक्ष

पाल्पामा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु

काठमाडौँ । पाल्पामा बोलेरो जिप दुर्घटना हुँदा एक जना बालकसहित दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य १३ जना

दीपेन्द्र टी–२० वरीयताको शीर्ष १० मा परे

काठमाडौँ । नेपालका अलराउण्डर दीपेन्द्रसिंह ऐरी अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को टी–२० अलराउण्डर वरीयतातर्फ शीर्ष १० मा परेका छन् ।

क्रिकेटर सन्दीप लामिछाने निर्दाेष ठहर

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाएका छन् । उच्च अदालत पाटनले आज क्रिकेटर लामिछानेलाई बलात्कार मुद्दामा निर्दाेष

Techie IT