Techie IT
२०८२ असार २, सोमबार
NepaliPatra logo
गृहपृष्ठनेपालफुङ्लिङमा शनिवार बिहानै एक घरमा आगलागी

फुङ्लिङमा शनिवार बिहानै एक घरमा आगलागी


ताप्लेजुङ , ताप्लेजुङको सदरमुकामस्थित फुङ्लिङ नगरपालिकामा शनिवार बिहानै एक घरमा आगलागी भएको छ । सदरमुकाम बजारनजिक फुङ्लिङ नगरपालिका–५ उकाली पानी टोलमा एक घरमा आगलागी भएको हो ।

आगलागीबाट स्थानीय लालबहादुर गुरुङको ढुङ्गा, माटो र जस्तापाताको प्रयोग गरिएको मतान घर जलेर नष्ट भएको छ । सो आगलागीबाट घरभित्र भएको खाद्यान्न, भाँडा वर्तन, लत्ता कपडा लगायतका सम्पूर्ण सामग्री जलेर नष्ट भएको स्थानीयले बताएका छन् । जिल्ला समन्वय समितिका सदस्यसमेत रहनुभएका स्थानीय विष्णु तिवारीका अनुसार गुरुङको दुई वटामध्ये एउटा घर जलेर नष्ट भएको हो ।

बिहान करिब ७ः४५ बजेतिर घरमा अचानक आगलागी भएको र सँगै रहेको अर्को घर भने तत्काल स्थानीय बासी जुटेर बचाउन सफल भएको उहाँको भनाइ छ । घरमा लागेको आगो फुङ्लिङ नगरपालिकाको दमकल ९वारुणयन्त्र०सहित स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको उपस्थितिमा नियन्त्रण लिएको हो । स्थानीयका अनुसार सो घरमा केही परिवार भाडामा बस्दै आएका थिए ।

यता स्थानीय बासीले भने घर जलिसकेपछि मात्र दमकल पुगेकाले घरमा भएको सामानहरू जोगाउन नसकिएको बताएका छन् । आगलागीको कारण पनि खुलि नसकेको ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक राजन लिम्बूले जानकारी दिए । प्रनाउ लिम्बूका अनुसार आगो नियन्त्रणमा आइसकेकाले क्षतिको विवरण सङ्कलनको कार्य सुरु भएको छ । विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने स्थानीयले अनुमान गरेका छन् । रासस




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

खेती गर्ने समयमा यो वर्ष पनि रासायनिक मल अभाव

काठमाडौं । खेती गर्ने समयमा यो वर्ष पनि किसानले मल अभाव झेल्नुपरेको छ । बर्खे धान रोपाइँ र मकै खेतीका

हेवा खोलामा बेलिब्रिज खस्दा घाइते भएका ३ जना मजदुरको मृत्यु

पाँचथर । पाँचथरको हेवा खोलामा बन्दै गरेको बेलिब्रिज खस्दा घाइते भएका ३ जना मजदुरको मृत्यु भएको छ। मेची राजमार्गस्थित पाँचथरको

अत्यधिक गर्मी बढेपछि बेलौरीमा दुई दिन विद्यालय बिदा

कञ्चनपुर । बेलौरी नगरपालिकाले अत्यधिक गर्मी बढेपछि दुई दिन विद्यालय बिदा दिने निर्णय गरेको छ । गर्मीका कारण शिक्षक, विद्यार्थी

म्याग्दीको विकट गाउँ पात्लेका १२२ घरपरिवारलाई खानेपानी सुविधा

म्याग्दी । मालिका गाउँपालिका–३ पात्लेमा ‘एक घर, एक धारा’ को सुविधा पुगेको छ । ६५ लाख ५७ हजार दुई सय

म्याग्दीको डाडागाउँमा ‘एक घर, एक धारा’

म्याग्दी । मालिका गाउँपालिका–३ मा एक करोड १० लाखको लागतमा निर्माण भएको डाडागाउँ बोक्रे खानेपानी, सरसफाइ तथा स्वच्छता आयोजनाबाट दुई

अमेरिकामा नेपाली आप्रवासीलाई दिँदै आएको टीपीएस सुविधा खारेज

एजेन्सी । अमेरिकी ट्रम्प प्रशासनले नेपाली आप्रवासीलाई दिँदै आएको टेम्पररी प्रोटेक्टेड स्ट्याटस (टीपीएस) सुविधा २०२५ अगस्ट ५ मा अन्त्य हुने

Techie IT