Techie IT
२०८२ भदौ २०, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनबार्सेलोनामा छायाँकन गरिएको ‘के भयो तिमीलाई’ सार्वजनिक

बार्सेलोनामा छायाँकन गरिएको ‘के भयो तिमीलाई’ सार्वजनिक


काठमाडौँ। गायक जितेन लेप्चाको नयाँ सांगीतिक कोसेली ‘के भयो तिमीलाई’ सार्वजनिक भएको छ।

सेण्टिमेण्टल भर्सनको गीतमा शब्द, संगीत डेकेन्द्र श्रेष्ठको रहेको छ। यस गीतलाई श्याम महर्जनले संगीत संयोजन गरेका हुन्। युरोपको अति रमणिय ठाऊ बार्सेलोना सिटीमा भिडियोको सम्पूर्ण छायाँकन भएको हो।

म्युजिक भिडियोमा बिनोद गुरुङ र समी गुरुङको अभिनय रहेको छ।

गीतको भिडियोलाई सुरज मैनालीको छायाँकन, सम्पादन र निर्देशनमा तयार पारिएको हो।

यसअघि यो गीत फिमेल भर्सनमा सिजाशु श्रेष्ठको स्वरमा समेत सार्वजनिक भैसकेको छ। गायक लेप्चा एक समयका चर्चित गायक हुन्।

उनको स्वरमा रहेको ‘तिमीले साथ’ बोलको गीत दर्शक स्रोता माझ लोकप्रिय छ।

यसअघि गीतकार श्रेष्ठको शब्द संगीतमा रहेको तिमीले साथ, आँखा वरिपरी, निष्ठुरी, के भयो तिमीलाई, ुतिमी पनि एक्लैु लगायात थुप्रै म्युजिक भिडियोहरु सार्वजनिक भैसकेका छन्।

नयाँ म्युजिक भिडियो गीतकार तथा संगीतकार डेकेन्द्र श्रेष्ठको आधिकारिक युट्युव च्यानल डेकेन्द्र प्रडक्सनमार्फत भिडियो सार्वजनिक गरिएको हो।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

बल्छी धुर्बेले सुरु गरे चलचित्र ‘गोबर गणेश’को छायांकन

काठमाडौं । चलचित्र ‘गोबर गणेश’को शुभमुहूर्त गरिएको छ । काठमाडौंको म्हेपी मन्दिर परिसरमा आज चलचित्रको शुभमुहूर्त गरिएको हो । शुभमुहूर्तमा

चलचित्र ‘जनै हराएको मान्छे: सम्बन्धका धागाहरू’मा जनै कसरी हराउँछ ?

काठमाडौं । भदौ ६ गते रिलिज हुने चलचित्र ‘जनै हराएको मान्छे :सम्बन्धका धागाहरू’को कथामा के छ भन्नेमा धेरैलाई चासो छ

‘शिवांश : च्याप्टर–१’को छायांकन सम्पन्न

काठमाडौँ । चलचित्र ‘शिवांश : च्याप्टर–१’को छायांकन सम्पन्न भएको छ । जेठको पहिलो साता पोखराको लामाचौर स्थित अकला मन्दिरमा पूजा

‘रियाल रिङ्गेट’को बिदेसिएका युवाको चित्कार बोल्ने गीत ‘आमा’ सार्वजनिक

काठमाडौँ । यही श्रावण १६ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘रियाल रिङ्गेट’ को नयाँ गीत ‘आमा’ सार्वजनिक भएको

‘अभिमन्यु : च्याप्टर १’को मोसन टिजर सार्वजनिक

काठमाडौँ । चलचित्र ‘अभिमन्यु : च्याप्टर १’को मोसन टिजर सार्वजनिक भएको छ । निर्माणपक्षले मंगलबार मोसन टिजर सार्वजनिक गरेको हो

मौलिक तीज गीत ‘श्रीमानज्यू’ विमोचन

काठमाडौं । गायिका कविता अर्यालको तीज गीत ‘श्रीमानज्यू’ विमोचन गरिएको छ । राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको आयोजनामा नारी सशक्तिकरणको भाव

Techie IT